तास्नीम चोपडा अर्डर अफ अस्ट्रेलिया पदक प्राप्त गर्ने लेखिका हुन् साथै उनले बहु संस्कृतिका पक्षमा वकालत पनि गर्छिन्।
र उनलाई आफ्नो नस्ल र धर्मका कारण एक्लाइएको अनुभव रहेको छ।
"मेरो अन्तर्वार्ता लिइएको एक समाचार रिपोर्टका लागि एक फोटोग्राफरसँग काम गरिरहेको थिएँ।"
उनि सम्झन्छिन्,"उनले आफ्नो क्यामरा तल झारेर फोटोको लागि मैले घाँटीमा बेरेर लगाएको स्कार्फ माथि सारेर मुख ढाकेर आँखा मात्र देखाउन भनिन् र म अझै पनि सम्झिन्छु मैले किन त्यस्तो गर्ने भनेर छक्क परेको।"
उनी पेसागत जगतमा एक मुसलमान महिला हुन् तर कार्यक्षेत्रमा पनि... उनी विश्वास गर्छिन् कुनै एक पृष्ठभूमिको व्यक्तिलाई निश्चित दृष्टिकोणले मात्र हेर्ने चलन अहिले पनि रहेको छ।

"विभिन्न क्षेत्रका समकक्षीहरूसँग बस्दा जब अन्यहरूको बारेमा प्रश्न आउँछ सबैले आफ्नो टाउको म तर्फ घुमाउँछन्, म चाहिँ अश्वेतहरूसँग सम्बन्धित सबै कुराको राजदूत नै भएको जस्तो।" उनि भन्छिन्।
विविधता सम्बन्धी सल्लाहकार चोपडा जस्तै अन्य धेरै प्रभावशाली अस्ट्रेलियालीहरूले प्रणालीगत नश्लवादलाई अन्त्य गर्ने अभियानमा सहभागिता जनाउँदै छन्।
पुरा रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियामा जातिवादलाई अन्त्य गर्ने अभियानहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
रेस डिस्क्रीमिनेसन कमिस्नर चिन टान संस्कृति भित्रका नीति तथा कार्यक्रम त्यस्तै राजनीतिक र सामाजिक संस्थाहरूले नस्लको हिसाबले विभेद गर्ने कार्यलाई बढावा दिने वा परिवर्तन गर्न नखोज्नुलाई प्रणालीगत नश्लवाद भनेर व्याख्या गर्छन्।
अस्ट्रेलियाली मानव अधिकार आयोगद्वारा सञ्चालन गर्न लागिएको अभियान एक निश्चित समूह लक्षित बनाइएको छ।
टान भन्छन्, "यो सम्पूर्ण अस्ट्रेलियालीहरूको लागि आह्वान गरिएको हो जसले जातिवादको अनुभव गरेका छैनन्।"
उनीहरूले यस अभियानमा सहभागिता जनाउँदा जातिवादको प्रभावका बारेमा बुझ्दै समुदायहरूलाई प्रभावकारी ढङ्गबाट सहयोग प्रदान गर्न सक्ने उनको भनाइ छ।
आदिवासी आमा र मोडल केयार्नी ल्याम्बले पनि रङ्गभेदी व्यवहार भोगेको बताएकी छिन्।

"धेरै पटक ओ हो आदिवासी व्यक्तिले आफ्नो जीवनमा केही गरेको देख्दा एकदम राम्रो लाग्यो भन्ने गरेको मैले सुन्ने गरेको छु।"
उक्त अभियानलाई मङ्गलवारबाट वेबसाइटमा पनि राखिँदै छ।
रेसिज्म: इट स्टप्स् विद मि नाम दिइएको वेबसाइटमा सम्पूर्ण अभियानमा संलग्न रहेका अभियन्ताहरूको कथाहरू बाँडिने छ।
यसलाई कहिले पनि यस्तो विभेदको सामना नगरेकाहरूबाट पहिचान गरिने, स्विकारिने र कार्यान्वयन गरिनेमा आशा गरिएको छ।






