अस्ट्रेलियाका लागि राजदूतको पदमा सरकार द्वारा महेश दाहालको नाम सिफारिस र यार्सागुम्बा टप्ने सिजन सुरु भएसंगै त्यहाँ विभन्न कारणले ८ जनाको मृत्यु भएको प्रहरी भनाइ। गए ७ दिनका प्रमुख नेपाल समाचार।
चारदेशका लागि राजदूत सिफारिस
सरकारले केहि चारदेशका लागि राजदूत पदका लागि सिफारिस गरेको छ। सरकारले कतार, स्पेन, बङ्गलादेश र अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको हो।
बिहिवार बसेको मन्त्रीपरिषदले उक्त निर्णय गरेको एक जना मन्त्रीले बताए।
उनका अनुसार कतारका लागि नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेश दाहाल, बङ्गलादेशका लागि वंशिधर मिश्र र स्पेनका लागि दावाफुटी शेर्पाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरिएको छ।
यार्सा टिप्न गएका ८ जनाको मृत्यो
यार्सागुम्बा टप्ने सिजन सुरु भएसंगै त्यहाँ विभन्न कारणले ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार अधिकाशंको लेक लागेका कारण मृत्यु भएको छ। यस्तै केहिको भने लडेर मृत्यु भएको पनि बताइएको छ।
हावाहुरीमा परि दुईको मृत्यु
बिहिवार राति सुदूरपश्चिम कैलाली र कन्चनपुरमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको अधिकारीहरुले बताएङ्का छन। झण्डै सवा सात बजे आएको हुरी आधा घण्टा जति चलेको थियो।
कैलीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार ७० जना भन्दा बढी घाइते भए। पछिल्लो समय नेपालमा मानिसको ज्यानै जाने गरि शक्तिशाली हावाहुरी चल्ने क्रम बढेको देखिन्छ।
केहि समयअघि बारा, पर्सा र नवलपुरमा पनि यस्तै शक्तिशाली हावाहुरी आएको थियो। मौसम विज्ञहरुले भने यसलाई वर्खा याम शुरु हुनु अघिको समयमा हुने स्वाभाविक प्रक्रिया नै रहेको बताएका छन्।

लोकसेवाको विज्ञापन बारे विवाद
लोकसेवा आयोगले करिब ५१५ स्थानीय तहका लागि करिब ९ हजारभन्दा बढी कर्मचारीका लागि विज्ञपान खुला गरे यता उक्त विषयले देशभर चर्चा भइरहेको छ।
यसको विरोध सुरुमा प्रदेश २बाट भयो र अहिले संघीय संसदको प्रतिनिधिसभा र सत्तापक्षकै नेताहरुबाट पनि यो संविधानले कल्पाना गरेको समावेशी नीति विपरित भएको भन्दै आलोचना भइरहेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टिका नेता लक्ष्मण लाल कर्णले उक्त कदम संविधानको मर्म विपरित रहेको बताए र त्यसलाई सच्याउन समेत आग्रह गरे।
मन्त्रीपरिषदले विभिन्न नियुक्ति गर्दा पनि समावेशिताको भावना अनुरुप नगरेको र सरकारले गठन गरेका विभिन्न संवैधानिक अंगहरुले पनि संघीयता र समावेशिताको मर्म विपरित गरेको उनले आरोप लगाए।
"सरकारले संविधानको पालना नगर्ने, उसका विभिन्न संवैधानिक आयोगहरुले पनि पालना गर्न नपर्ने के यो जनताले मात्र पालना गर्नुपर्ने हो," संसदमा उनले प्रश्न गरे।
यस्तै संसदको राज्य व्यवस्थ समितिमा पनि उक्त विषयले चर्चा पायो। जसमा सत्तारुढ दलकी नेतृ पम्फा भुषालले आवश्यक्ता भन्दा ठूलो संख्यामा कर्मचारी भर्ना गर्न नहुने बताइन्।
लोक सेवा आयोगले भने कर्मचारी समायोजन विधेयक २०७५मा प्रदेश लोकसेवा आयोग गठन नभएको अवस्थामा स्थानीय तहले संघीय सरकार मार्फत गरिदिने भन्ने प्रावधान अनुरुपनै विज्ञापन निकालेको जनाएको छ।
यसैबीच आयोगले विज्ञापन निकालेको १० दिनभित्र झण्डै ५० हजारले अनलाई मार्फत आवेदन दिएका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
प्रानमन्त्री रोजगार कार्यक्रमको शुक्रबारदेखि सुरुवात भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको चारवटै नगरपालिकामा एकै पटक उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।
उक्त समारोहमा उनले अब कामको खोजीमा विदेश जाने शिलसिलाको अन्त्य हुने पनि बताए। "युवालाई स्वदेशमै रोजगार सृजना गर्ने काममा युवा लागि परेको छ," उनले भने।

प्रधानमन्त्रीको युरोप भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली शनिवार युरोप भ्रमणा निस्केका छन्। उनले बेलायत, फ्रान्स र स्विजरल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
'' पाइपलाइनको काम सक्न महिना दिन''
नेपाल-भारत पाइपलाइनको निर्माणको काम अन्तिम चरणमा पुगेको अधिकारीहरुले बताएका छन्।
पेट्रोल, डिजेल र हवाइ इन्धन ल्याउन मिल्ने उक्त पाइपलाइनको निर्माण कार्य सकिनै लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए, "करिब महिना दिनमा पाइपलाइन निर्माणको काम सकिने छ।"
भारतको मोहतरीदेखिन नेपालको अमलेखगन्जसम्मा उक्त पाइपलाइन निर्माण गर्न लागिएको हो।
निर्माणकाम सकिएपनि सुरुमा पाइपलाइन मार्फत डिजेलमात्र ल्याइने अधिकारीहरुले बताएका छन्। निगमको इन्धन भण्डारण क्षमता कम भएकाले सुरुमा पाइमलाइन मार्फत अन्य इन्धन नल्याइने पौडेलले बताए।
शिक्षिकाको कुटाइका कारण हातै भाँचियो
रोल्पाको एउटा विद्यालयमा शिक्षिकाबाट भएको कुटपिटका कारण पाँच जना विद्यार्थीको हाँत भाँचिएको भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
विद्यार्थीहरु ढिलो विद्यालय पुगेको भन्दै ती शिक्षिकाले उनीहरुलाई पिटेको बताइएको छ। ती शिक्षिका विरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको जनाएको छ।
प्रहरीका अनुसार रोल्पास्थित रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयीकी शिक्षिका लक्ष्मी पुन विरुद्ध अभद्र व्यवहार सम्बन्धि मुद्धा चालउने तयारी भइरहेको छ।




