SKIP TO MAIN CONTENT

उपराष्ट्रपती पदका लागि कमला ह्यारीसको मनोनयन 'अमेरिकन ड्रीम' को पुष्टि?

Kamala Harris Mahendra Lawoti
Dr. Mahendra Lawoti on Kamala Harris being chosen the running mate of Democratic presidential nominee Joe Biden. Source: AAP (Kamala Harris) and Mahendra Lawoti's Facebook

अमेरिकी इतिहासमै पहिलो पटक राष्ट्रपतीय चुनावको लागि मनोनित हुने अफ्रिकी अमेरिकी र दक्षिण एसियाली पृष्ठभूमिकी महिला बनेकी कमला ह्यारिसले के "अमेरिकन ड्रीम" को मान्यतालाई प्रमाणित गरेकी हुन् त? वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक डा. महेन्द्र लावतीको विचार यस्तो छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अमेरिकी इतिहासमै पहिलो पटक राष्ट्रपतीय चुनावको लागि मनोनित हुने अफ्रिकी अमेरिकी र दक्षिण एसियाली पृष्ठभूमिकी महिला बनेकी कमला ह्यारिसले के "अमेरिकन ड्रीम" को मान्यतालाई प्रमाणित गरेकी हुन् त? वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक डा. महेन्द्र लावतीको विचार यस्तो छ।


नोभेम्बरको आम निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स - थप चार वर्षको लागि सत्तामा फर्किने छन् कि छैनन् भन्नेबारे निर्णय गर्ने छ

र उक्त चुनावमा ट्रम्प र पेन्सको कार्यकाल अन्त्य गर्ने प्रयास गर्ने छन् - पूर्व उपराष्ट्रपति - जो बाइडेन र कमला ह्यारीसले।

राष्ट्रपति चुनावको लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार घोषित हुन बाइडेन विरुद्ध उठेकी ५५ वर्षीय ह्यारीसलाई अहिले बाइडेनले आफ्ना उप-राष्ट्रपति बनाउने घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल मार्फत आफ्नो निर्णयबारे घोषणा गर्दै बाइडेनले कमला ह्यारीस, उनकै शब्दमा, "आम मानिसका लागि एक निडर लडाकु" रहेको बताएका छन्।

डेमोक्र्याटिक पार्टीको तर्फ बाट उप-राष्ट्रपति पदका लागि ह्यारीसलाई उम्मेदवार बनाउने निर्णयको पूर्व राष्ट्रपति द्वय बराक ओबामा र बिल क्लिन्टनदेखि डोनाल्ड ट्रम्पद्वारा पराजित हिलारी क्लिन्टनले पनि स्वागत गरेकी छन्।

कमला ह्यारिसको उम्मेदवारी बारे प्रतिक्रिया दिँदै, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अचम्म भएको बताएका छन्।

डा. महेन्द्र लावतीसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now