SKIP TO MAIN CONTENT

२० लाख वर्ष पुरानो खोपडी मानव जातिको विकास क्रमको अध्ययनमा महत्त्वपूर्ण हुने

A two million-year-old skull of discovered in South Africa’s Cradle of Humankind.
A two million-year-old skull of discovered in South Africa’s Cradle of Humankind. Source: Supplied

अस्ट्रेलियाली अन्बेशषकहरुले नेतृत्व गरेको टोलीले २० लाख वर्ष पुरानो खोपडी फेला पारेका छन् । पेलीयाएन्थ्रोपोलोजीस्ट अर्थात् जीवाश्म विज्ञानमा अनुसन्धान गरिरहेको एक टोलीले अफ्रिकाको जोहानसवर्ग नजिक रहेको एक स्थानमा उक्त खोपडी फेला पारेका हुन् ।


Published

Updated

By Rachel Cary

Presented by SBS Nepali, Krishna Pokharel

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाली अन्बेशषकहरुले नेतृत्व गरेको टोलीले २० लाख वर्ष पुरानो खोपडी फेला पारेका छन् । पेलीयाएन्थ्रोपोलोजीस्ट अर्थात् जीवाश्म विज्ञानमा अनुसन्धान गरिरहेको एक टोलीले अफ्रिकाको जोहानसवर्ग नजिक रहेको एक स्थानमा उक्त खोपडी फेला पारेका हुन् ।



समावेश विषय

  • अफ्रिकामा भेटियो २० लाख वर्ष पुरानो खोपडी
  • मानव जातिको विकास क्रमको अध्ययनमा नया उपल्ब्धी हुने
  • मानवका विभिन्न प्रजाति एकै स्थानमा रहने गरेको अनुसन्धानले देखायो

मानव प्रजातिको “कसिन स्पेसिस ”अर्थात् नजिकका आफन्त भनेर भनिएको उक्त जीवको खोपडीले मानव जातिका भिन्ना भिन्नै दुइ प्रकारका प्रजाति एकै स्थानमा रहने गरेको फेला पारेको छ ।

दक्षिण अफ्रिकामा अन्वेषणका क्रममा माटो खोतल्दै जाँदा अस्ट्रेलियाली बिद्याथीले एउटा यस्तो असाधारण खोपडी फेला पारिन जुन सामान्य भन्दा फरक थियो र यसको जानकारी उनले तुरुन्तै आफ्नो सुपरभाइजर डाक्टर एन्जीलिन लिसलाइसमक्ष राखिन् ।

“जब मैले यसलाई देखे मेरो सास रोकियो, जब मैले यसका दाँत र तालुको केही भाग सफा गरे यो बस्तु के थियो भन्ने स्पष्ट भयो ” उनले भनिन् ।

मानव प्रजातिको “कसिन स्पेसिस ”अर्थात् नजिकका आफन्त भनेर भनिएको उक्त जीवको खोपडीले मानव जातिका भिन्ना भिन्नै दुई प्रकारका प्रजाति एकै स्थानमा रहने गरेको फेला पारेको छ ।

Remains of homo erectus stone tools being excavated from mounds in the Arabian Peninsula.
Source: ANU; News Corp

भेटिएको खोपडी ”प्यारनथ्रोपस रुबस्टस”को रहेको पत्ता लाग्यो जसलाई विज्ञानले मानव जाति “होमो इरक्टस” को मिल्दो जुल्दो जीवमा रूपमा व्याख्या गरेको छ ।

जब मैले यसलाई देखे मेरो सास रोकियो, जब मैले यसका दाँत र तालुको केही भाग सफा गरे यो बस्तु के थियो भन्ने स्पष्ट भयो

ला ट्रोव बिश्वबिद्यालयको उक्त टोलीले दुवै प्रजातिको खोपडी एकै स्थानमा फेला पारेको हो ।

उक्त अनुसन्धान टोलीमा रहेका जेसि मार्टीन भन्छन् “ यी दुई प्रजातिका मानवको जिवास्मा ६ मिटरको दुरीमा फेला परेको छ,यसको अर्थ २० लाख वर्ष अघि हाम्रा पुर्खाहरू एकै स्थानमा अन्य प्रजाति सँगै रहँदै आएका थिए । र समय सँगै उनीहरूमा ठुलो परिवर्तन देखियो, एउटा प्रजातिमा दिमागको मात्रा बढ्दै गयो भने अर्को प्रजातिमा दातको स्वरूप बढ्दै गयो र दिमागको आकार भने घट्दै गयो ।”

फेला परे पनि यसको सम्पूर्ण उत्खननका डाक्टर लीसको टोलीलाई लागि पाच दिन लाग्यो ।

र यसलाई पूर्णता दिने जिम्मेवारी अर्का सहकर्मी मार्टीनलाई दिइयो । २० लाख वर्ष अगाडीको निकै कमजोर अवस्थामा रहेको उक्त जिवाश्मालाई विभिन्न सामाग्रीहरूको प्रयोग गरी बाहिर निकालियो ।

दुई प्रजातिका मानवको जिवास्मा ६ मिटरको दुरीमा फेला परेको छ,यसको अर्थ २० लाख वर्ष अघि हाम्रा पुर्खाहरू एकै स्थानमा अन्य प्रजाति सँगै रहँदै आएका थिए

उक्त खोपडी सन् २०१८ मा फेला पारिएको हो, यद्यपि यसको गम्भीर अध्ययन पछि यसको महत्त्वको जानकारी भने गत मङलबार गराइएको छ ।

मार्टिन भन्छन् यस्तो खोज असाधारण र दुर्लभ मानिन्छन् । यो नै यस प्रजातिको प्रारम्भिक र सबै भन्दा सुरक्षित नमुना हो । र यसले अन्वेषकहरूलाई विकास क्रमका अन्य खोजहरूका लागि मद्दत पुर्‍याउँछ ।

डाक्टर लिस भन्छिन् “यसका विषयमा अन्य संयौ खोज पत्रहरू बाहिरिनेछन् , यस बाहेक हामी पुन:अर्को वर्ष उक्त स्थानमा गएर खोजी गर्नेछौ,यति बेला प्रश्नहरू धेरै छन् र यसका केही उत्तरहरू आगामी केही वर्षमा फेला पर्नेछन् ”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now