फेरी अर्को एयासिड आक्रमणको घटना
राजधानीमै बुधबार एकजना श्रीमानले आफ्नै श्रीमतीलाई एसिड छ्यापेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान सुरु गरेकोछ।
एसिड आक्रमणमा परेकी ती २० वर्षिय युवतिको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्।
घटना बारे प्रकाश पार्दै वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले भने, "श्रीमान र श्रीमती छुट्टै बसि रहेको केहि समय भएको रहेछ। श्रीमानले श्रीमती बसेको डेरा बाहिर बोलाएर नियोजित रुपमै एसिड छ्यापेको देखिन्छ। ती व्यक्तिलाई हामीले पक्राउ गरे र थप अनुसन्धानका लागि राखेका छौं।"
एसिडबाट ती युवतीको अनुहार, हात र शरिरका विभिन्न अंग जलेको बताइएको छ। उनको उपचार भइरहेको छ। प्रहरीका अनुसार गएका पाँच वर्षमा एयासिड आक्रमण सम्बन्धी १५ वटा मुद्धा दायर भएका छन् जसमध्ये १२ वटामा महिला पीडित भएका छन्।
पछिल्लो समय एसिड आक्रमणको घटना बढ्दै गएको जनाकारहरु बताउँछन्। यसका बारे आधा दशकभन्दा अघि यस्तै घटनाको सिकार बनेकी एक जना पीडित विन्दबाशिनी कंशाकार भन्छिन्,'' नेपालमा एसिड सजिलै पाइन्छ त्यसैले यसको दुरुपयोग भइरहेकोछ। अर्को कुरा एसिड आक्रमण गर्ने व्यक्तिलाई दिइने सजाय पनि कम छ।''
अफ्रिकाबाट उद्धार
यो सातापनि नेपाली युवतिहरुलाई वदेशबाट उद्धार गरिएको छ। काम गर्न भनी अफ्रिकी देश पुर्याएर बेचिएका १६ जना महिलाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्।
प्रहरीका अनुसार केन्याबाट १२ र मलाबीबाट चार युवतीको उद्धार गरिएको हो। ती युवतीहरुलाई हाल सेफ हाउसमा राखिएको र इन्टरपोलको सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको बताइएको छ।
बैदेशिक रोजागरिको नाममा पछिल्लो समय देखिएको यस्तो नयाँ ट्रेन्डबारे बेचबिखन विरुद्ध काम गरिरहेको एउटा संस्था माइती नेपालका अध्ययक्ष विश्वराम खड्का भन्छन्,"धेरै दिदीबिहनीहरु विदेशमा काम गर्न जान चाहनु हुन्छ।
यहाँभन्दा राम्रो कामइ हुनु भएकोले उहाँहरु आकर्षित गरेको छ। तर त्यहाँ पुगेपछि धेरैजना समस्यामा पर्ने गर्नु हुन्छ। हामी विगतमा पनि "
विगतमा पनि केन्या र युगान्डाका डान्सबारबाट नेपाली युवतीको उद्धार गरिसकिएको छ।

कामीरिता शेर्पाको विश्व किर्तिमान
प्राख्यात हिमाल आरोही कामीरिता शेर्पाले आफ्नै किर्तिमान तोढ्दै २३औं पटक सगरमाथा आरोहण गरेका छन्। शेर्पा यहि सिसन फेरी सगरमाथा चढ्ने तयारीमा छन्।
सन् २०१९को वसन्त ऋतुको हिमाल आरोहण सुरु भएसैगै उनले नयाँ किर्तिमान बनाएका हुन्।
यहि साता १ सय ५० जनाले सगरमाथा आरोहण गरेको पर्यटन मन्त्रालयले जनाएको छ। सगरमाथा आरोहणका लागि ३ सय ७८ आरोही आधार शिविर पुगेको अधिकारीहरुले बताएका छन्।

चीनको "बेल्ट रोड" योजनामा नेपालको संलग्नता प्रति अमेरिकी चासो
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई मा नेपालको संलग्नता प्रति अमेरिकारले चासो देखाएको छ।नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिलाबारेका कार्यवाहक अमेरिकि उपविदेशमन्त्री डेभिड रान्जले यस्तो प्रतिक्रिया दिएका हुन्।
बिआरआईबारे आफूले अध्ययन गरेको र त्यसबारे आशावादी नतिजा फेला नपरेको संचारकर्मीहरुसंकव भेटघाटमा उनले बताएका हुन्।यस्तै अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास गर्दै छ। नेपाली सेनाका अनुसार मे १९ देखि पोखरामा उक्त कार्यक्रम गरिन लागेको हो।
वपत्का बेला गर्ने उद्धार सम्बन्धि संयुक्त तालिम गरिन लागेको हो। जसमा बेलायत, क्यानडा, थाइल्याणड, जापान, मलेसिया, भारत,श्रीलंका,पाकिस्तान, मालदिभ्स,इजरालय चीन पनि समावेश हुँदैछन्।
सरकारको आर्थिक योजनाबारे बढ्दो प्रश्न
सरकारले आफ्नै हिसाबाले तथ्याङ्क प्रस्तुत गर्ने गरेको कुरा संसदमा उठेको लामो समय भइसक्यो। नेकपाको सरकार गठन भएलगत्तै अर्थतन्त्र धरासायी भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले स्वेतपत्र जारी गरेका थिए।
तर त्यस बहत प्रयोग भएका तथ्याङ्क र नयाँ सकराले आएपछिका आर्थिक सूचकांङ्कमा के कति परिवर्तन आयो भनी कांग्रेस सरकारका पाल अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बजेट अघीको छलफलका बेला संसदमा प्रश्न उठाए।
यस्तै अन्य सासंदले पनि प्रधानमन्त्रीले ने समयमा समयमा संसदमा प्रस्तुन गर्ने गरेको आर्थिक सूचकाँक प्रति पनि प्रश्न उठ्ने गरेको छ। यहि साता आगामि आर्थिक वर्षको बजेट अघि संसदमा भएको प्रि बजेट छलफलका क्रममा अर्थमन्त्री खतिवडाले त्यस्ता जिज्ञासाका उत्तर दिँदै भने।

नेपाली जुडो खेलाडीहरु माथि प्रतिबन्ध
नेपाल जुडोसंघले व्यावहारीक प्रशिक्षाका लागि हँगेरी गएर फिर्ता नआएका प्रशिक्षक तथा १२औं साथका पदाधिकारी रमेश महर्जनलाई कार्वाही स्वरुप १० वर्षको प्रतिबन्ध लगाएको जनाएको छ।
यस्तै अर्की साथ स्वाणधारी जुडो खेलाडी फुलुलाह्मु खत्रीलाई सन् २०२०को टोकियो ओलम्पिकसम्मका लागि प्रतिबन्ध लगाएको छ।
ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत जापानमा विशेष प्रशिक्षणमा पठाइएकी फुपुले सम्बन्धित निकायलाई कुनै जनाकारी नदिइकनै कोर्स पुरा नगरी फर्केको भन्दै उनलाई कारबाही गरिएको हो।
यसैबीच नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुदको लोगो तथा मस्कट खेलकुद मन्त्रालयले सार्वजनिक गरेको छ। मस्कटमा पश्चिम नेपालमा पाइने लोपोन्मुख जनावर कृष्णसारको तस्विर प्रयोग गरिएको छ।
नेपाली बालकलाई कोरिया लग्नलागेको आरोपमा पक्राउ
नेपाली बच्चालाई आफ्नो भन्दै कोरिया लान लागेकी एक जना कोरियाली नागरिक पक्राउ परेकी छन्।
४३ वर्षिय नारा किनले पोखरा बस्ने एक दम्पत्तिको बच्चालाई आफ्नो भन्दै लैजान लागेको अधिकारीहरुले बताएका छन्। उनले ती बच्चाको कोरियाको पासर्पोट बनाएर भिसकाका लागि अध्ययागमन विभाग पुगेपछि प्रहरीले जनाएको छ।
प्रधानमन्त्री ओलीको भिएतनाम र कम्बोडिया भ्रमण
प्रधानमन्त्री केपि शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन्। फर्के लगत्तै विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दे उनले पूर्वि एसियाका यी दुई मुलुकको भ्रमण फलदायक रहेको बताए।
यस्तै पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले संसदमा अमर्यादित शब्न नबोलेको बताए।
संघीय संसदका सासंदहरुले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि पाइरहेको पाँच करोडलाई १० पुर्याउनु पर्न माग राखिरहेकै बेला प्रदेशमा पनि यस्तो माग आएको छ।
अभिलेखबाट आफ्ना नभइ विपक्षी दलका सासंदहरुको शब्द हटाइएको बताए।





