SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा लागु पदार्थ दुर्व्यसनी: सहायता कसरी लिने ?

Drug Abuse
CHATENAY, FRANCE - FEBRUARY 25: Different drugs are displayed which may be used when doping with EPO on February 25, 2015 in Chatenay, France. Source: Frederic T Stevens/Getty Images

अस्ट्रेलियामा २० मध्ये १ मृत्यु मादक पदार्थ वा अवैध औषधिका कारण हुने गरेको खुलेको छ। जसमा ५ मध्ये एक वयस्कले जोखिमको स्तरमा मद्यपान गर्ने गरेको पाइएको छ। र १६ प्रतिशत जनसङ्ख्याले गएको वर्ष अवैध औषधि प्रयोग गरेका थिए।


Published

Updated

By SBS Nepali

Source: SBS


Skip to podcast episode content

अस्ट्रेलियामा २० मध्ये १ मृत्यु मादक पदार्थ वा अवैध औषधिका कारण हुने गरेको खुलेको छ। जसमा ५ मध्ये एक वयस्कले जोखिमको स्तरमा मद्यपान गर्ने गरेको पाइएको छ। र १६ प्रतिशत जनसङ्ख्याले गएको वर्ष अवैध औषधि प्रयोग गरेका थिए।


जुलिओले  १८ वर्षीय युवा अवस्थाको रमाइलो लिने क्रममा पहिलो पटक लागु पदार्थ सेवन गरेका थिए। तर त्यति बेला उनलाई लागेको थिएन कि मेथाफेटामिनको त्यो लतसँगको लडाई १३ वर्ष सम्म लम्बिने छ।

उनी भन्छन्, "कस्तो हुन्छ भन्ने जिज्ञासा थियो र रमाइलो मात्र लिन चाहेको थिए।"

सबैको हकमा लागु औषध र मद्यपानको प्रयोग लत कै रूपमा विकसित हुने हुँदैन।

तर जुलिओका अनुसार आफ्नो इच्छा शक्ति र भावनालाई नियन्त्रण गर्न नसक्दा मानिसहरू हानिकारक पदार्थ को लतमा फस्छन्।

लागू औषधको प्रयोग गर्न थालेको १० वर्ष पछि झन्डै आफ्नो ज्यान नै गुमाउने अवस्थामा पुगे पछि मात्र उनले आफूलाई सहायता चाहिएको अनुभव गरेका थिए।

"अवस्थालाई अस्वीकार गर्नुले यो अवस्थामा ठुलो भूमिका खेल्छ, र तपाईँ आफूलाई मन लाग्यो भने जहिले पनि छोड्न सकिहाल्छु नि जस्तो लाग्छ, म पनि यही अवस्थाबाट आएको हो।"

सांस्कृतिक र भाषिक रूपमा विविधता भएको अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने हानिकारक पदार्थहरूमा स्वास्थ्य आवश्यकता बिना नै सेवन गरिने औषधिहरू हुन्।  

बहुसांस्कृतिक पृष्ठभूमिका जनसङ्ख्याको ३.४ प्रतिशतले यो हिस्सा ओगटेका छन्।

र अर्को धेरै प्रयोग हुने लागु पदार्थमा गाँजा पर्दछ जसको ३.३ प्रतिशत प्रयोग कर्ताहरू रहेका छन्।

 

होवा न्युगेन दक्षिण अस्ट्रेलियाको सामुदायिक पहुँच र सेवा (CASSA) का परामर्शदाता हुन्। उनी भन्छिन् मानिसहरूले लागु औषध एक समारोह अथवा सामाजिक रूपमा घुलमिल हुन कुनै एक उत्सवमा खाने गर्छन् तर यदि त्यसलाई नियमित सेवन गर्न थाल्यो भने दुर्व्यसनीमा फसिन्छ।

"धेरै मानिसहरू आनन्द लिन, समस्याहरूको सामना गर्न, हिम्मत जुटाउन अथवा ऊर्जा पाउन आगू औषध प्रयोग गर्ने गर्दछन्। यो समाजमा रहेको एउटा समूहभित्र आफूलाई पार्न विशेष गरी प्राथमिक भाषा अङ्ग्रेजी नभएकाहरूले, पिडा बिर्सन, मानसिक समस्याका कारणले, पारिवारिक समस्या र सांस्कृतिक तालमेल नमिल्नाले पनि लागू औषधको दुर्व्यासनीमा फसेको पाइन्छ।"

अनुसन्धानका अनुसार २०१६ मा अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग गरिएका लागु औषधहरूमा पहिलो नम्बरमा गाँजा रहेको थियो भने क्रमशः: कोकेन र मेथाफेटामिन दोस्रो र तेस्रो स्थानमा रहेका थिए।

तर अस्ट्रेलियामा मानिसहरू लागू पदार्थमा भन्दा मादक पदार्थमा बढी निर्भर रहेको देखिएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर को पछिल्लो खोजमा ५.४ प्रतिशत भाषिक र सांस्कृतिक विविधता भएको समुदायका मानिसहरू प्रत्येक दिन दुई भन्दा बढी सामान्य मापदण्डको परिमाणमा मद्यपान गर्दछन् भने यस्तो गर्नेमा प्राथमिक भाषा अङ्ग्रेजी भएकाहरू १८.६ प्रतिशत रहेका छन्।

होवा न्युगेन भन्छिन् राष्ट्रिय सल्लाह दिशानिर्देश अनुरूप मद्यपान गर्नु यो समस्याबाट जोगिने उपाय मध्ये एक हो।

आफूलाई यस्तो समस्या भएको भनेर स्विकार्न र यसलाई समाधान गर्ने प्रयास गर्न धेरै साहस चाहिन्छ।

त्यसैले न्युगेन सल्लाह दिन्छिन् कि आफूले चिनेको वा आफूले माया गर्ने मानिसहरूलाई दोष दिने वा नकारात्मक शब्दहरू भन्दा पनि 'मलाई चिन्तित बनाएको छ, पछिल्लो समयमा मैले तिमीमा केही परिवर्तन देखेको छु' भनेर कुराकानीको सुरुवात गर्न सकिन्छ।

एक वर्ष फिलिपिन्सको सुधार केन्द्रमा बिताए पछि एक दशक लामो दुर्व्यसनीबाट बाहिर आएका जुलिओ अहिले एडीलेडमा रहेर लागु औषध र मादक पदार्थ दुर्व्यसनीमा फसेकाहरूलाई सहयोग गर्छन्।

यदि तपाईँले पनि लागु औषध वा मद्यपान दुर्व्यसनीको समस्या भोग्नु भएको छ भने फेमिली ड्रग सपोर्ट को २४ घण्टे निःशुल्क परामर्श हेल्पलाईनको नम्बर १३००३६८१८६ मा फोन गर्न सक्नुहुन्छ।

अथवा आफ्नो जी पी सँग कुरा गरेर उपलब्ध सेवाहरूका बारेमा जानकारी लिन सक्नु हुन्छ।

साथै तपाइले दोभासे सेवा पनि लिन सक्नु हुन्छ १३१४५० मा डायल गरेर यो निःशुल्क सेवा लिन सक्नु हुन्छ।

आफ्नो राज्यमा सहयोगको लागि Alcohol and Drug Information Service को वेबसाइटमा जानु होस।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now