Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अकस विरोधी प्रदर्शनहरू सुरु हुँदा लेबर भित्रैबाट पनि आलोचना

AUKUS USS ASHVILLE TOUR

National flags of the Australia, Great Britain and the USA are seen in front of the USS Asheville, a Los Angeles-class nuclear powered fast attack submarine during a tour of HMAS Stirling in Perth, Thursday, March 16, 2023. AAP Image/Richard Wainwright) NO ARCHIVING Source: AAP / RICHARD WAINWRIGHT/AAPIMAGE

परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीहरूबारेको अकस सम्झौतामा अस्ट्रेलियाको सहभागितालाई लिएर सार्वजनिक विरोध प्रदर्शनहरू हुन थालेका छन्। यसै सप्ताह अन्त्यमा मेलबर्नमा अभियन्ताहरूले सरकारलाई सम्झौता फिर्ता लिन आग्रह गरेका छन्। साथै पार्टी कै वरिष्ठ नेता पल कीटिङले पनि सम्झौताको आलोचना गरेपछि लेबरका परम्परागत समर्थकहरूबाट थप असन्तुष्टि व्यक्त भएको छ।


Published

By Claire Slattery, Claudia Farhart

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीहरूबारेको अकस सम्झौतामा अस्ट्रेलियाको सहभागितालाई लिएर सार्वजनिक विरोध प्रदर्शनहरू हुन थालेका छन्। यसै सप्ताह अन्त्यमा मेलबर्नमा अभियन्ताहरूले सरकारलाई सम्झौता फिर्ता लिन आग्रह गरेका छन्। साथै पार्टी कै वरिष्ठ नेता पल कीटिङले पनि सम्झौताको आलोचना गरेपछि लेबरका परम्परागत समर्थकहरूबाट थप असन्तुष्टि व्यक्त भएको छ।


युद्ध विरोधी अभियन्ताहरूले अकस गठबन्धन र यसका कारण हुने खर्चको विरोधमा मेलबर्नमा प्रदर्शन गरेका छन्।

यो प्रदर्शन त सुरुवात मात्र हो। यस पछि शृङ्खलाबद्ध रूपमा देशभर अकस विरोधी प्रदर्शनहरूको योजना बनाइएको छ।

उनीहरूको आपत्ति यस सम्झौतालाई लिएर धेरै कुराहरूमा रहेका छन्।

प्रदर्शनमा सहभागी भएका केहीले सम्झौताले देशलाई झन् असुरक्षित बनाएको बताएका छन् भने कोही यसलाई फजुल खर्चका रूपमा हेर्छन्।

"यो त पैसाको बरबादी हो।"

"यसले अस्ट्रेलियालाई सुरक्षित बनाउने होइन थप असुरक्षित बनाउँछ।"

"यसका एक मात्र विजेता भनेका हतियार निर्माण कम्पनीहरू हुन्।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

डेभ स्वीनी अस्ट्रेलियन कन्जरभेसन फाउन्डेसनमा आबद्ध परमाणु विरोधी अभियन्ता हुन्।

उनी भन्छन् अकस अस्ट्रेलियाको रक्षा र विदेश नीतिहरूको इतिहासमा नै सबैभन्दा धेरै प्रभाव पार्ने निर्णय हो जुन सर्वसाधारणहरूसँग परामर्श नै नगरी लिइएको थियो।

"यसले क्षेत्रीय तनाव बढाउँछ। यसले हाम्रो देशलाई निशानामा पार्छ। हामीलाई युद्धसँग लड्ने योजनामा बाँध्छ। र यति खर्चिलो छ कि उक्त पैसालाई मानव तथा वातावरणसँग सम्बन्धित तत्काल पुरा गर्नु पर्ने आवश्यकता भएका क्षेत्रमा प्रयोग गर्न सकिन्थ्यो।"

विशेष गरी पूर्व प्रधान मन्त्री पल कीटिङले सम्झौताको आलोचना गरेपछि लेबर भित्रै पनि यो सम्झौतालाई लिएर असन्तुष्टि व्यक्त हुने क्रम बढ्दो छ।

३ खर्ब ६० अर्बले हामीले आठ वटा पनडुब्बीहरू ल्याउँदै छौँ। यो त इतिहासकै सबैभन्दा खराब सम्झौता हुनु पर्छ।
पल कीटिङ

अकसलाई लिएर सामुन्द्रिक क्षेत्रलाई हेर्ने युनियनका नेताहरूले पनि विरोध जनाएका छन् साथै केभिन रड र जुलिया गिलार्ड समयका मन्त्री पिटर ग्यारेट पनि यसबाट असन्तुष्ट छन्।

एक लामो वक्तव्यको शीर्षक नै 'अकस दुर्गन्धित छ, र यो भनाइ पनि पर्याप्त छैन' भन्ने राखेका ग्यारेटले अकस गठबन्धनलाई "अस्ट्रेलियाली सरकारले लिएको सबैभन्दा महँगो र जोखिम युक्त कदम" को संज्ञा दिएका छन्।

उक्त वक्तव्यलाई लिएर साउथ अस्ट्रेलियाका लेबर प्रिमियर पिटर मलिनास्कसले प्रतिक्रिया जनाएका छन्।

AUKUS
AUKUS Source: AP / U.S. Navy via AP

मलिनास्कस अहिले बेलायतमा रहेको पनडुब्बी निर्माण हुने भवनहरूको अवलोकन गरिरहेका छन् जसको नक्कल उनकै राज्यमा निर्माण गरिनेछ।

"अकसको पनडुब्बीहरू सम्बन्धी कार्यक्रम भनेको हाम्रो सार्वभौमता र क्षमतामा गरिएको लगानी हो- अरूलाई सुम्पन होइन।"

तर सर्वसाधारण र लेबर पार्टी भित्रैबाट पनि यो गठबन्धनको आलोचना गरिँदा विपक्षीको भने समर्थन रहेको छ।

जोन ब्लाक्स्ल्यान्ड अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अन्तर्राष्ट्रिय सुरक्षा तथा गुप्तचर सम्बन्धी विषयका प्राध्यापक हुन्।

उनी भन्छन् अकस अस्ट्रेलियाको समग्र रक्षा र सुरक्षाका दृष्टिले आवश्यक रहेको छ।

"अकसले हामीलाई परिभाषित गर्न दिनु हुँदैन।"

र अकसको विरोध गर्नेहरूले मुख्य कुरा नै छुटाएको उनको भनाइ छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now