Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अमेरिकी चेतावनीका बिच पनि प्रधानमन्त्री एल्बनिजीद्वारा अकस सम्झौताको बचाउ

ANTHONY ALBANESE GEELONG VISIT

Prime Minister, Anthony Albanese (right) and Deputy Prime Minister, Richard Marles are seen at a doorstop in Geelong, Saturday, January 7, 2023. Source: AAP / JULIAN SMITH/AAPIMAGE

अस्ट्रेलिया यति बेला परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीहरू अमेरिका र बेलायतबाट ल्याउने योजनाको घोषणा गर्ने तयारीमा रहेको छ। दुई अमेरिकी सेनेटरहरूले राष्ट्रपति जो बाइडेन समक्ष अकस सम्झौताले देशको पनडुब्बी निर्माण उद्योगलाई गम्भीर हानी पुर्‍याउने भन्दै सचेत गराएको खुलासा हुँदा प्रधानमन्त्री एन्थनी एल्बनिजी तथा तथा रक्षा मन्त्री रिचार्ड मार्ल्सले अस्ट्रेलिया र अमेरिकाबिचको सम्बन्ध बलियो नै रहेको बताएका छन्।


Published

Updated

By Marcus Megalokonomos

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलिया यति बेला परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीहरू अमेरिका र बेलायतबाट ल्याउने योजनाको घोषणा गर्ने तयारीमा रहेको छ। दुई अमेरिकी सेनेटरहरूले राष्ट्रपति जो बाइडेन समक्ष अकस सम्झौताले देशको पनडुब्बी निर्माण उद्योगलाई गम्भीर हानी पुर्‍याउने भन्दै सचेत गराएको खुलासा हुँदा प्रधानमन्त्री एन्थनी एल्बनिजी तथा तथा रक्षा मन्त्री रिचार्ड मार्ल्सले अस्ट्रेलिया र अमेरिकाबिचको सम्बन्ध बलियो नै रहेको बताएका छन्।


सङ्घीय सरकारले फेरी पनि परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीहरू सम्बन्धी अकस सम्झौताको बचाउ गरेको छ।

अकस अस्ट्रेलिया, अमेरिका र बेलायतबिच भएको त्रिपक्षीय रक्षा सम्झौता हो।

पछिल्लो समयमा अमेरिकी दुई सेनेटरहरूले पनडुब्बीहरू उपलब्ध गराउने मागहरूका कारण अमेरिकी पनडुब्बी उद्योग टुट्ने बिन्दुसम्म पुग्न सक्ने भन्दै सचेत गराएको पत्र सार्वजनिक भएको छ।

जिलङ्गमा प्रधानमन्त्री एन्थनी एल्बनिजी र उपप्रधान तथा रक्षा मन्त्री रिचार्ड मार्ल्सले सन् २०२३ को पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन्।

जसमा दुवैले यस वर्ष सरकारका प्राथमिकतामा परेका विषयहरूलाई अगाडी सारेका छन् - महँगीको सामना, आदिवासीहरूलाई संविधानमा पहिचान गर्ने, प्यासिफिक छिमेकीहरूसँगको सम्बन्ध बलियो बनाउने र राष्ट्रिय सुरक्षा।

"… हामीले अमेरिका र बेलायतसँगको अकस सम्बन्धलाई अगाडी बढाउनु पर्छ जसमा राष्ट्रिय सुरक्षाका लागि पनडुब्बीहरूको विकास पनि रहेको छ।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सन् २०२१ को सेप्टेम्बरमा पहिलो पटक घोषणा गरिएको अकस सम्झौता डगमगाउने मार्गमा गएको थियो, जब दुई उच्च अमेरिकी सेनेटरहरूले राष्ट्रपति जो बाइडेलाई अमेरिकी पनडुब्बी उद्योगलाई तनावमा पार्ने वर्तमान अवस्थालाई हटाउन तथ्यहरूको सही मूल्याङ्कन गरिनु पर्ने भन्दै सचेत गराएको पत्र सार्वजनिक भयो।

प्रधानमन्त्री एल्बनिजी र रक्षा मन्त्री रिचार्ड मार्ल्सले बाइडेन सरकारसँग आफूहरूको सम्बन्ध निकै सकारात्मक भएकोमा जोड दिएका छन्।

मन्त्री मार्ल्सले भने, "अमेरिका र बेलायतले यो (पनडुब्बी सम्बन्धी सम्झौता) गर्नु पछाडिको एक कारण भनेको अस्ट्रेलियाले यस्तो सामर्थ्य राख्नुमा उनीहरूको पनि रणनीतिक हित रहेको छ।"

स्थानीय क्षेत्रलाई पनि तयार बनाउने कार्य गरिरहँदा अस्ट्रेलियाली अमेरिका र बेलायतसँगको सम्झौतामा आफ्नो तर्फबाट औद्योगिक सहयोग प्रदान गर्ने मन्त्री मार्ल्सले बताए।

जसमा अस्ट्रेलियाका विश्वविद्यालयहरूका आणविक प्रविधिका विज्ञहरूसँग मिलेर काम गर्ने पनि रहेको छ।

साथै निर्माण कार्यका लागि आवश्यक श्रमिकहरूलाई पनि तयार राखिने उनको भनाइ छ।

अस्ट्रेलिया आफ्नो पुरानो डिजेलबाट चल्ने पनडुब्बीहरूलाई हटाउन आवश्यक भएको बताउँछ।

पूर्व मोरिसन सरकारले विवादित रूपमा ९० अर्ब डलरको फ्रान्ससँगको सम्झौता त्याग्दै अमेरिका र बेलायतसँग आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू ल्याउने नयाँ सम्झौता गरेको थियो।

स्काई न्युजसँग कुरा गर्दै नेशनलस् सेनेटर ब्रिजेट मकेञ्जिले अकस सम्झौतालाई अगाडी बढाउने बारे सम्बोधन गरिएको पत्रका बारेमा विपक्षीको दृष्टिकोण प्रस्तुत गरेकी छिन्।

"मलाई लाग्छ अकस सम्झौता ऐतिहासिक सम्झौता हो। र आगामी दशकहरूमा हाम्रो क्षेत्रमा देखिने विश्वव्यापी तनावपूर्ण अवस्थामा यसले हामी तीन राष्ट्रहरूलाई सहयोग पुर्‍याउने छ।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now