डेढ शताब्दी पछि झुल्किएको हङ्रायो चरा
नेपालमा १७० वर्ष पहिले अभिलेखमा रहेको तर त्यसपछि भने कहीँ कतै नदेखिएको हङ्रायो चराको तस्बिर एक चराविद्ले खिचे पछि निकै चर्चा कमाएको थियो।
रुफस नेक्ड हर्नबिल भिन्ने उक्त चारा फोटोग्राफर देवेन्द्र खरेलले इलाममा खिचेका थिए। उक्त चरालाई सन् १८२९ मा ब्रायन हटनले हज्सनले नेपालमा भेटेर अभिलेख गरेका थिए।
भारत लगायत एसियाली मुलुकमा पाइने भएता पनि नेपालबाट लोपोन्मुख भएको मानिएको उक्त चरा पुन देखिदा नेपालको प्रकृति र जैविक विविधताका लागि राम्रो समाचार भएको हामीसँगको कुराकानीमा जैविक विविधता विश्लेषक कमल मादेनले बताएका थिए।
नारायणहिटीमा रेस्टुरेन्ट बन्ने कुराको विरोध
नेपालको चर्चित व्यापारिक समूह बतासले नारायणहिटीको जग्गामा भाडामा लिएर रेस्टुरेन्ट सञ्चालन गर्ने विषयले सन् २०२२ केही महिना निकै चर्चा कमायो।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले उसलाई तुरुन्त रोक्न र त्यस सम्बन्धी कागजात मन्त्रालय बुझाउन आदेश दिएपछि, दरबार सङ्ग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काको सम्बन्धमा छानबिन समिति बनाइएको थियो।

बतास समूह अन्तर्गतको बीपीएस लिजिङ्ग एन्ड म्यानेजमेन्टले सङ्ग्रहालय भित्र रेस्टुरेन्ट बनाउने ठेक्का निकै कम मूल्यमा पाएको थियो।
क्रिप्टोकरेन्सी कारोबार निषेधित, विदेशबाट जाने पनि समातिने डर
विश्वका अन्य विभिन्न मुलुकमा जस्तै नेपाल भित्रैबाट बिना अनुमति क्रिप्टोकरेन्सीमा लगानी हुन थालेपछि, सन् २०२२ को फेब्रुअरीमा नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीको कारोबारलाई निषेधित गरेको थियो।
राष्ट्र बैकको उक्त कदमले नेपालमा बस्ने नेपाली, विदेशी नागरिक, र विदेशमा बस्ने नेपालीलाई समेत प्रभाव पार्ने बताएपछि विदेशमा बसेर क्रिप्टोमा लगानी गरेका नेपालीहरू समेत सशङ्कित बनेका थिए।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्टले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा उक्त मुद्रालाई तत्कालका लागि पूर्ण प्रतिबन्ध लगाइएपछि पछि आफ्नै डिजिटल मुद्रा प्रयोगमा ल्याउने बारेमा अध्ययन गरिने डाक्टर भट्टले बताएका थिए।
नेपाल सरकारको खोप नीति र जनताले पाएको कष्ट
नेपाल सरकारले जनवरी महिनादेखि सरकारी सेवा सुविधा प्राप्त गर्नका लागि कोरोनाभाइरस खोप लगाएको अनिवार्य प्रमाण पेस गर्नु पर्ने आम सर्वसाधारणले सरकारी कार्यालय भित्र जान र सुविधा प्राप्त गर्न निकै सङ्घर्ष गर्नु परेको थियो।
अन्तर्जातीय विवाह गरेर श्रीमानले छाडेकी सिराहाकी दुर्गादेवीले आफ्ना श्रीमान् विरुद्ध मुद्दा लड्दै गर्दा खोप कार्ड नभई अदालत परिसर भित्र छिनै नदिएको समाचार हामीले प्रस्तुत गरेका थियौ।
कोरोना खोप कार्ड नभएका मानिसहरूलाई सरकारी निकाय, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, विमानस्थल र बैङ्क जस्ता स्थानमा जानका लागि खोप लगाएको प्रमाणपत्रलाई अनिवार्य गरिएको थियो।
चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्ता पक्षीय गठबन्धनले गत फेब्रुअरीमा महा अभियोग दर्ता गरेपछि नेपालको राजनीति र कानुनी क्षेत्रमा निकै चर्चा हुन पुग्यो।
भ्रष्टाचार र न्यायपालिकामा विचलन लगायतका आरोप लगाएर सर्वोच्च अदालतका न्यायाधीशहरूले उनी विरुद्ध आन्दोलन गदै आइरहेका थिए।
विवादास्पद निर्णयहरू गरेको भन्दै नेपाली कङ्ग्रेस, माओवादी, र नेकपा एकीकृत समाजवादी पार्टीले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रकाश सपुतको गीत विवादमा
सन् २०२२ मा चर्चाको शिखरमा रहेका गायक प्रकाश सपूतको पिर नामको एक गीतले नेपालमा विवादमा पर्यो।
माओवादी जनयुद्धमा भाग लिएका केही मानिसहरूको कथामा तैयार पारिएको भिडियोमा केही बिदेसिएको, केही देहव्यापारमा लागेको र केहीले आर्थिक रूपमा सङ्घर्ष गरिरहेको देखाइएपछि माओवादीका भातृ सङ्गठनहरूले यसको विरोध गरेका थिए।
एमसीसीको विरोध र प्रतिनिधिसभाबाट यसको पारित
संयुक्त राज्य अमेरिकाको एमसीसी भनिने मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत ६० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने विषयले सन् २०२२ को पहिलो महिना नेपालको राजनीति निकै तात्यो।
सडक र सदनमा यसका विरोध र समर्थनमा स्वरहरू सुनिए।
सन् २०१९ देखि नै संसद्मा विचाराधीन अवस्थामा रहेर विवादमा रही आएको एमसीसी अन्ततः माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा आन्तरिक समझदारी गरेपछि, फेब्रुअरी २७ तारिखमा प्रतिनिधिसभाबाट एमसीसी पारित भएको थियो।
अर्थमन्त्री जर्नादन शर्माले एमसीसी माथि छलफलको प्रस्ताव सांसदमा गरेका थिए।
अमेरिकाले फेब्रुअरी २८ तारिखसम्म प्रस्ताव पारित अन्तिम समय दिएकोमा एक दिन सांसदले उक्त प्रस्ताव पारित गरेको थियो।
टाइफाइड विरुद्धको खोप अभियानको सुरुवात
नेपालमा पहिलो पटक अप्रिलदेखि मे महिनाका बिचमा टाइफाइड विरुद्धको खोप अभियानको सुरुवात गरेको थियो।
पन्ध्र महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप अभियानमा सरिक भएका थिए।
नेपालमा बर्सेनि ४ लाख ५० हजार भन्दा बढी मानिसहरू टाइफाइडबाट सङ्क्रमित हुने गरेका छन्।
नेपाल सरकारले १२ वटा अन्य खोप नियमित दिने गरेको भए तापनि टाइफाइडको खोप भने यसमा परेको थिएन।
नेपालमा आर्थिक सङ्कट र गभर्नरको निलम्बन
रुस र युक्रेनको द्वन्द्व सुरु भएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा विभिन्न शङ्का उपशङ्काहरू उब्जिए।
श्रीलङ्का आर्थिक रूपमा टाट पल्टेका समाचारहरू आउँदा नेपालमा पनि यस्तै अवस्थामा पुग्न थालेको हल्लाहरू सुनिएका थिए।
त्यसै समयमा नेपाल राष्ट्र बैङ्कका गभर्नरको निलम्बन र विदेशबाट विलासिताका सामानमा रोक लगाउने सरकारले निर्णय गरेको थियो।
यद्यपि अर्थ मन्त्रालयले भने अवस्था सामान्य रहेको र नेपालले सतर्कता मात्रै अपनाएको बताएको थियो। पछि गभर्नर माथिको छानबिन प्रक्रियालाई खारेज गरी निलम्बन फिर्ता लिएको थियो।
स्थानीय सरकारको निर्वाचन र काठमाडौँका बालेन शाहको उदय
नेपालमा अप्रिल महिनामा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ, धरान लगायतका केही स्थानमा अप्रत्याशित नतिजा आएको थियो।
काठमाडौँमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदका लागि उठेका र्याप गायक समेत रहेका बालेन शाहले मेयर पदमा जित हासिल गरेका थिए धरानमा पनि नगर प्रमुखका रूपमा हर्क साम्पाङ्ग विजयी बनेका थिए।
बाढी, पहिरो, हैजा र डेङ्गु
नेपालका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण यस बर्ष पनि थुप्रै मानिसहरूले ज्यान गुमाउन पुगेका छन्।
काठमाडौँ छिर्ने मुख्य नाकामा पहिरो जाँदा, मानिसहरूलाई आवतजावतमा अप्ठेरो परेको छ भने काठमाडौँ लगायतका विभिन्न जिल्लाहरूमा हैजाको प्रकोपका कारण मानिसहरू बिरामी परेका छन्।
गर्मी महिना सुरु भएपछि लाम खुट्टेबाट सर्ने रोग डेङ्गुका कारण ७७ वटै जिल्लामा मानिसहरू बिरामी परेका छन्।
उपचार नपाएका कतिपयको मानिसले ज्यान गुमाएका छन्।
सङ्घीय निर्वाचनसँगै स्वतन्त्र पार्टीको उदय
स्थानीय निर्वाचनमा बालेन्द्र शाहको जितले धेरै स्वतन्त्र उम्मेदवारहरूलाई हौसाएको देखियो।
टेलिभिजन पत्रकारका रूपमा चर्चा कमाएका रवि लामिछानेले पत्रकारिता छाड्दै राजनीतिमा होमिएपछि व्यापक समर्थन प्राप्त गरे।

उनी निर्वाचित बनेको चितवन क्षेत्र नम्बर २ बाट ४९,२६१ मत ल्याउन सफल भए। उनका प्रतिस्पर्धी एमालेका कृष्ण भक्त पोखरेलले १४,६४९ मत र अर्का प्रतिस्पर्धी काँग्रेसका उमेश श्रेष्ठले १५०९९ मत ल्याएका थिए।
उनको दलबाट प्रत्यक्ष तर्फ ७ जनाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका थिए।
प्रचण्डको नेतृत्वमा रहेको पछिल्लो सरकारमा लामिछानेले उपप्रधानमन्त्री र गृह मन्त्रीको भूमिका निभाउँदै छन्।




