Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन् २०२२ः अस्ट्रेलियाली राजनीतिलाई फर्केर हेर्दा

Anthony Albanese

Anthony Albanese Source: SBS

सङ्घीय चुनाव, नयाँ प्रधानमन्त्री, विदेश नीति, कोभिड–१९ प्रतिको प्रतिक्रिया लगायत मुलुक भित्र र बाहिरका कुराहरूले राजनीतिक क्षेत्रलाई यस वर्ष चर्चामा राखिराख्यो। यस वर्ष राजनीतिका कुन-कुन पक्षमा चर्चामा रहे त? अस्ट्रेलियाली राजनीतिलाई एक पटक फर्केर हेरौँ।


Published

Updated

By Stephanie Corsetti

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


सङ्घीय चुनाव, नयाँ प्रधानमन्त्री, विदेश नीति, कोभिड–१९ प्रतिको प्रतिक्रिया लगायत मुलुक भित्र र बाहिरका कुराहरूले राजनीतिक क्षेत्रलाई यस वर्ष चर्चामा राखिराख्यो। यस वर्ष राजनीतिका कुन-कुन पक्षमा चर्चामा रहे त? अस्ट्रेलियाली राजनीतिलाई एक पटक फर्केर हेरौँ।


यसो त राजनीति समाचारमा पहिलो हेडलाइन बनिरहन्छ तर यस पटक अस्ट्रेलियामा भएको सङ्घीय निर्वाचन, कोभिड–१९ नीति, नयाँ प्रधानमन्त्री लगायतका विषयले गर्दा आम मानिसको चासो राजनीति प्रति बढी नै पुगेको देखिन्छ ।

नोभाक जोकोभिचको भिसा रद्द

वर्षको सुरुमै अस्ट्रेलियन ओपनको खेललाई लिएर आम मानिसको ध्यान राजनीति तर्फ तानियो।

अस्ट्रेलियन ओपनका पर्खाइमा रहेका खेल प्रशंसकहरूलाई राजनीतिले तब तान्यो जब खेलमा भाग लिनका लागि अस्ट्रेलिया आएका विश्व टेनिसका स्टार खेलाडी नोभाक जोकोभिचको भिसा सरकारले रद्द गर्‍यो।

अस्ट्रेलियन ओपनमा भाग लिन आएका जोकोभिचको भिसा खोप नलगाएका कारण रद्द गर्ने निर्णय भएपछि, उनले अध्यागमन मन्त्रीको निर्णय विरुद्धमा मुद्दा दर्ता गराए।

जोकोभिचको पक्षमा अदालती निर्णय नआएको भए पनि अस्ट्रेलियाली राजनीतिमा यसले खुबै चर्चा कमायो।

यस घटना पछि तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाली कढा सीमाका बारेमा सबैलाई एउटै कानून लाग्ने बताएका थिए।

”खोपका बारेमा पर्याप्त प्रमाण छैन भने अर्को विमानमा उनलाई घर पठाइनेछ,“ पूर्व प्रधानमन्त्री स्कट मोरिसनले तत्कालीन समयमा भनेका थिए।

टुर्नामेन्ट सुरु हुनु अगावै जोकोभिचलाई उनको देश डिर्पोट गरिएको भए पनि सन् २०२३ को अस्ट्रेलियन ओपनको खेलमा भने उनी आउन पाउने भएका छन्।

Serbian tennis star Novak Djokovic.
Source: EPA, AAP / EPA, AAP / Ali Haider

सरकारले कोभिड–१९ लाई लिएर जनाएको प्रतिक्रिया र स्कट मोरीसनका गोप्य मन्त्रालयको चर्चा

कोभिड–१९ लाई लिएर अस्ट्रेलियाले चालेका कढा कदम र पछिल्लो समय आइसोलेसनको नियममा समेत परिवर्तन गरिनुले अस्ट्रेलियामा कोभिड–१९ लाई लिएर बनाइएका प्रबन्ध र नियमहरूमा सरकारी दृष्टिकोणलाई पनि यस वर्ष निकै चासोका रूपमा हेरिएको छ।

यस बाहेक स्वास्थ्य सङ्कट जारी रहँदा, तत्कालीन प्रधानमन्त्री स्कट मोरीसनले विभिन्न मन्त्रालयमा आफूलाई सक्रिय बनाउनु पनि निकै विवादित बन्यो र यसले आम मानिसको ध्यान खिच्न सफल भयो।

एल्बनिजी नेतृत्वमा बनेको नयाँ सरकारले मोरिसनको कदम प्रति अनुसन्धान सुरु गरेपछि पूर्व प्रधानमन्त्रीले कोभिड–१९ प्रतिक्रियाका क्रममा दबाबमा रहेकाले आफूले त्यसो गर्नु परेको बताएका छन्।

विभिन्न मन्त्रालयमा उपस्थिति जनाउने स्कट मोरीसनको कदमका बारेमा अनुसन्धान गरेको जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीले आफूलाई गोप्य रूपमा मन्त्रालयमा राख्नका लागि योजना बनाएको भए पनि त्यो सफल भने नभएको पत्ता लगाएको थियो।

यता सङ्घीय निर्वाचनको प्रचार प्रसारमा रहेका बेला एन्थोनि एल्बनिजी कोभिड-१९ सङ्क्रमित बन्नुले पनि राजीनितिक वृत्तमा खुबै चर्चा कमायो।

यसै गरी लिबरलका तर्फबाट वारिङ्गा क्षेत्रलाई प्रतिनिधित्व गर्दै उठेकी क्याथरीन डेभिसको ट्रान्सजेन्डर महिलाका बारेमा दिएको प्रतिक्रियाले पनि राजनीतिक क्षेत्रमा चर्चा कमायो।

उनको यही प्रतिक्रिया, चुनावमा हार पनि बेर्होनुको कारण पनि बन्यो।

यता चुनावकै बेला नेशनल प्रेस क्लबमा पत्रकार सम्मेलनका दौरान ग्रिन्सका नेता एडम व्यान्टलाई एक पत्रकारले तलब सम्बन्धी सूचकाङ्क, वेज प्राइस इन्डेक्सका बारेमा प्रश्न सोध्दा पत्रकारसँग झर्किए पछि चर्चामा आए।

यता प्रधानमन्त्रीका रूपमा शपथ लिएसँगै एन्थोनि एल्बानिजीले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको प्रयत्नलाई बढवा दिए।

“मैले सरकारको नेतृत्व लिएसँगै अमेरिका, जापान र भारतको नेतृत्वले स्वागत गरेको छ, ती सम्बन्धहरूलाई प्रगाढ बनाउन म लागि पर्नेछु,” उनले तत्कालीन समयमा भनेका थिए।

Treasurer Scott Morrison
Australia's Treasurer Scott Morrison Source: AAP

युक्रेन, बाढी र संसद् भित्रको विसङ्गति

यस बाहेक युक्रेनमाथि रूसले गरेको आक्रमण पछि अस्ट्रेलिया सरकारले गरेको सहयोगको प्रतिबद्धता र निरन्तरताले पनि राजनीतिमा चर्चा पाइरह्यो।

यस बाहेक बेलायती महारानी एलिजाबेथ द्धितियाको निधन, अन्त्येष्टिमा प्रधानमन्त्रीको उपस्थिति र सार्वजनिक बिदा पनि चर्चामा रह्यो।

बर्सभरि नै बाढीले देशभर प्रभावित पर्दा सरकारको ध्यान राहत वितरण र उद्धारमा गएको देखिन्थ्यो।

यस बाहेक लिबरल दलकी पूर्व कर्मचारी व्रिट्नी हिगीन्सको बलात्कारको आरोप र संसद् भित्र देखिएका विसंगीतका बारेमा पनि राजनीतिक वृतमा वर्षभर चर्च भइरह्यो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now