Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया र भारतबिचको शैक्षिक योग्यता मान्यतालाई बढाइने

International students

अस्ट्रेलिया र भारतका शिक्षा मन्त्रीहरूबिच दुई देशको शैक्षिक योग्यतालाई मान्यता दिने परिधिलाई बढाइने सहमति भएको छ।


Published

Updated

By Emma Kellaway

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलिया र भारतका शिक्षा मन्त्रीहरूबिच दुई देशको शैक्षिक योग्यतालाई मान्यता दिने परिधिलाई बढाइने सहमति भएको छ।


अस्ट्रेलियाका कारखानाहरूमा कोही एक जनाले आफ्नो योग्यता र दक्षताभन्दा तल्लो स्तरको काम गरिरहेको भेट्टाउने सम्भावना रहन्छ।

वास्तवमा अस्ट्रेलियामा रहेका झन्डै चार भागको एक भाग स्थायी सिपयुक्त आप्रवासीहरूले आफ्नो दक्षताभन्दा कम स्तरको काम गरिरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

हस्लीन् सिंह राख्रा एक निर्माण सम्बन्धी क्षेत्रमा इन्जिनियरिङ टेक्नोलोजिस्टका रूपमा कार्यरत छन्।

उनी भन्छन् आफ्नो योग्यतासँग सुहाउँदो काम भेट्टाउन उनलाई केही समय लागेको थियो।

"मैले सुरुवातमा मेसिन अपरेटर, मेकानिकल इन्जिनियर हुँदै अन्ततः इन्जिनियरिङ टेक्नोलोजिस्टका रूपमा काम गरेँ।"

"मैले यसरी काम परिवर्तन गरिरहँदा पनि उनीहरूले म ओभर क्वालिफाइड बताए र त्यस्तो बलियो शैक्षिक पृष्ठभूमि भएको व्यक्ति उनीहरूलाई चाहिएको थिएन।"
हस्लीन् सिंह राख्रा

अस्ट्रेलियाका शिक्षा मन्त्रिले भारतीय समकक्षीलाई सिड्नीमा भेट्ने क्रममा सो समस्या उच्च प्राथमिकतामा रहेको थियो।

दुवै नेताहरूले यो वर्षको अन्त्यसम्ममा निश्चित केही शैक्षिक योग्यताहरूलाई दुवै देशमा समान मान्यता दिइने योजनालाई अन्तिम रूप दिने पुष्टि गरे।

भारतीय शिक्षा मन्त्री श्री धर्मेन्द्र प्रधानले भने, "म खुसी छु, यो वर्षको अन्त्यसम्ममा हामी दुवै राष्ट्रहरूले प्रमाणपत्रहरू, शैक्षिक विषयहरूलाई मान्यता दिनेमा सहमति गर्दै छौँ। "

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मन्त्री प्रधानले उक्त अवसरमा अस्ट्रेलियामा अध्ययनको लागि आउन चाहने विद्यार्थीहरूको भिसा प्रक्रियामा भइरहेको ढिलाइका बारेमा समेत आफ्नो चिन्ता राखेका थिए।

"धेरै विद्यार्थीहरूले आफ्नो शैक्षिक फी र बिमा रकम तिरिसकेका छन् र उनीहरू अस्ट्रेलिया आउने पर्खाइमा रहेका छन्।"

Promotional image by QLD Government for international students
QLD Government's promotional image for international students Source: Getty / Getty Images

अस्ट्रेलियाली शिक्षा मन्त्री जेसन क्लेयरले ब्याक लगको चिन्ताहरूलाई सम्बोधन गर्न केही कामहरू अगाडी बढी रहेको बताएका छन्।

"भिसा प्रक्रियालाई द्रुत गतिमा अगाडी बढाउन गृह मामिला विभागले थप १ सय ४० कर्मचारीहरूलाई काममा राखेको छ। जुनमा भन्दा जुलाईमा दोब्बर बढी भारतीय विद्यार्थीहरूको भिसाहरू प्रक्रियामा गएको देखेका छौँ।"

भिसा प्रक्रियाले पूर्णता नपाइ चाङ लाग्ने वा ब्याक लगका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र प्रभाव परेको छैन।

१० लाख मानिसहरू मध्ये अनुमानित तिन भाग भिसा प्रक्रिया पुरा हुने प्रतीक्षामा रहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now