Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून

New paper jobs and careers page.

अस्ट्रेलियाको बेरोजगारी दर घट्ने क्रमले निरन्तरता पाइराखेको छ। जुलाई महिनामा यो घटेर ३.४ प्रतिशतमा पुग्यो जुन दर सन् १९७४ अगस्ट महिना यताकै सबैभन्दा न्यून हो।


Published

Updated

By Claire Slattery

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको बेरोजगारी दर घट्ने क्रमले निरन्तरता पाइराखेको छ। जुलाई महिनामा यो घटेर ३.४ प्रतिशतमा पुग्यो जुन दर सन् १९७४ अगस्ट महिना यताकै सबैभन्दा न्यून हो।


अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)को श्रमिकहरू सम्बन्धी तथ्याङ्कका अनुसार अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४८ वर्ष यताकै सबैभन्दा न्यून भएको छ।

सङ्घीय रोजगार मन्त्री टोनी बर्कले उक्त रोजगारी सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए।

"अपर्याप्त रोजगारी घटेको छ, युवा बेरोजगारी घटेको छ। बेरोजगारी ३.५ प्रतिशतबाट अहिले ३.४ प्रतिशत रहेको छ। ३.४ प्रतिशत, यो बेरोजगारी दर सन् १९७४ यताकै सबैभन्दा न्यून हो।"

तथ्याङ्क विभागले जुलाई महिनामा रिक्त रोजगारीका अवसरको तुलनामा बेरोजगार मानिसहरू कम रहेको बताएको छ।

युवा बेरोजगारी दर अहिलेसम्मकै सबैभन्दा कम अर्थात् सात प्रतिशत रहेको छ।

तर यहाँ के असामान्य रहेको छ भने, त्यही महिनामा अस्ट्रेलियाको रोजगारी दरमा पनि ४१ हजार जनाले कमी रहेको देखिएको छ। यो सङ्ख्या प्रक्षेपण गरिएको २५ हजारको वृद्धि भन्दा धेरै कम हो।

यो रोजगारी दरमा आएको कमी गत वर्षको अक्टोबर महिना पछि पहिलो पटक देखिएको हो।

सर्वेक्षणमा सहभागिताको दरमा पनि कमी आएको छ।

तर अस्ट्रेलियाली तथ्याङ्क विभाग भन्छ यो तथ्याङ्कलाई कोभिड-१९ र अन्य रोगहरूका कारण कामदारहरूको अनुपस्थितका कारण भएको भनेर व्याख्या गर्न सकिन्छ। र सर्वेक्षण विद्यालयहरू बिदा हुने समयमा परेको विभागको भनाइ छ।

मन्त्री टोनी बर्कले भने, "काम गरेको घण्टामा पनि १ करोड ५६ लाखले कमी आएको छ जसले गर्दा जम्मा काम गरिएको घण्टा घटेर १८ करोडमा पुगेको छ। तर यो मुख्य गरी लक्षण हो, साँच्चिकै अर्थमा, यो जाडो याममा कोभिड-१९ र इन्फ्लुएन्जाको।"

एएमपीकी वरिष्ठ अर्थविद् डायना मोसिना भन्छिन् बेरोजगारी दर घट्ने क्रम अझै रोकिने सम्भावना कम रहेको छ।

उनले अनुमान गरेकी छिन् कि बेरोजगारी दर घट्ने क्रमले निरन्तरता पाएर वर्षको अन्त्यसम्ममा कम्तीमा ३.२ प्रतिशतसम्म झर्न सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उक्त आँकडाले अस्ट्रेलियाको अर्थतन्त्रका बारेमा के भन्छ त?

अधिकांश अर्थशास्त्रीहरू भन्छन् यसले देशको श्रम बजार अत्यधिक सीमित रहेको देखाउँछ।

मोसिना भन्छिन् यी तथ्याङ्कले आगामी महिना हुने राष्ट्रिय रोजगारी र सिप सम्बन्धी सम्मेलन नेशनल जब्स एन्ड स्किल्स सम्मिटमा कामदार अभावलाई सम्बोधन गर्न थप दबाब दिएको छ।

"र आजको तथ्याङ्कले सिपहरूको अभाव र सीमित श्रमिक बजारलाई सहयोग गर्न सम्भावित रूपमा माइग्रेसनलाई बढाउनु पर्ने आवश्यकता देखाउँछ।"

सङ्घीय विपक्षी रोजगार प्रवक्ता मिखाइलिया क्याश भन्छिन् बेरोजगारी सम्बन्धी तथ्याङ्कको हेडलाइन राम्रो देखिए पनि, यसको पछाडिको आँकडाले सतर्कताको घण्टी बजाएको छ।

साना व्यवसायहरूले कामदार अभावबारे दिएको प्रतिक्रियाको बारेमा बोल्दै उनले भनिन्, "उनीहरू श्रमिकसम्मको पहुँच बनाउन सङ्घर्षरत रहेका छन् र वास्तवमा उनीहरूले केही सिफ्टहरू माया मार्नु पर्ने र केहीको हकमा त उनीहरूको ढोका नै बन्द गर्नु पर्ने भएको छ।"

उनले दिग्गज र पेन्सनमा रहेकाहरूलाई अतिरिक्त एक दिन पेन्सनमा असर नपर्ने गरी काम गर्न सक्ने गठबन्धनको नीतिका बारेमा बताएकी छिन्।

मुद्रास्फीति तुलनामा अस्ट्रेलियाको पारिश्रमिक वृद्धि पछाडि परिरहेको तथ्याङ्क सार्वजनिक भएको एक दिन पछि एबीएसको यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

मन्त्री बर्क भन्छन् कम बेरोजगारी दरले पारिश्रमिक वृद्धि गराउनु पर्ने हो, तर प्रणालीमा नै केही खराबी रहेको छ।

उनले सरकारले इन्टरप्राइजेज बार्गेनिङ अग्रीमेन्ट प्रणालीको समीक्षा गर्ने र सो विषय आगामी रोजगारी र सिप सम्बन्धी सम्मेलनको एजेन्डा हुने सङ्केत गरेका छन्।

साथै एबीएसद्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा यस वर्षको मे महिनासम्ममा औसत साप्ताहिक ज्याला र तलब आर्जनमा १.९ प्रतिशतको वृद्धि आउँदै १ हजार ७ सय ६९ डलर र ८० सेन्ट पुगेको छ।

तर लैङ्गिकताका हिसाबले पारिश्रमिकको फरक नोभेम्बर भन्दा १३.८ प्रतिशतले बढेर गत मे महिनामा १४.१ प्रतिशत पुगेको छ।

मे महिना सम्मको छ महिनाको समयमा अस्ट्रेलियाली पुरुषहरूको औसत साप्ताहिक आय महिलाहरूको तुलनामा २ सय ६३ डलरले बढी छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now