SKIP TO MAIN CONTENT

डिजिटल प्रविधिसम्बन्धी काममा महिला उपस्थिति बढाउन सहकार्य

Women in coding
Source: SBS

कोडिङबारे महिलाहरूलाई शिक्षा दिने र यस क्षेत्रमा राम्रो करिअर बनाउन सहयोगहरू उपलब्ध गराउने प्रयास भइरहेको छ।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

कोडिङबारे महिलाहरूलाई शिक्षा दिने र यस क्षेत्रमा राम्रो करिअर बनाउन सहयोगहरू उपलब्ध गराउने प्रयास भइरहेको छ।


डिजिटल प्रविधिमा द्रुत गतिमा विकास भई रहेको छ।

तर कार्यक्षेत्रमा महिलाहरूको उपस्थिति भने कम रहेको छ।

डिजिटल प्रविधिको क्षेत्रमा केन्द्रमा हुन्छ, कोडिङ। 

कम्प्युटरको भाषा वा कोडबारे दक्खल भएका महिलाहरूका लागी अवसरहरूले पर्खी रहेका छन्।

पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्तै भन्छिन्, कोड लाइक अ गर्ल सामाजिक उद्यमकी प्रमुख कार्यकारी अधिकृत एली वाट्सन।

"हामीलाई थाहा छ कि यो डेभलपरहरूको बजार हो। उनीहरूले आफ्नो मूल्य तोक्न सक्छन्, उनीहरूलाई चाहिएको सहजता माग्न सक्छन् किनभने कम्पनीहरू त्यस्ता प्रतिभाको खोजीमा छन्।"

अस्ट्रेलियन कम्प्युटर सोसाइटीका अनुसार अस्ट्रेलियाको प्रविधि सम्बन्धी कार्य बलमा २९ प्रतिशत मात्र महिला छन्।

प्रत्येक वर्ष यस क्षेत्रमा महिलाहरू प्रवेश गर्ने क्रम एक प्रतिशत भन्दा कम अर्थात् ०.७५ प्रतिशत मात्र रहेको छ।

सूचना प्रविधि विषयमा पढाइ गर्ने पाँच जना मध्ये एक महिला हुने गरेका छन्।

तर परम्परागत रूपमा पुरुषहरू हाबी रहेको यो क्षेत्रमा रोजगारीका लागी विविध मार्गहरू खुल्दै छन्।

भिक्टोरिया सरकारले कोड लाइक अ गर्ल सँग सहकार्य गर्दै पाँच जनालाई सरकारी कार्यालयहरूमा तलब सहितको इन्टर्नसिप गराउने घोषणा गरेको छ।

राज्यका सरकारी सेवा मन्त्री ड्यानी पियर्सनले विविधताले भरिएको कार्यक्षेत्र नै बलियो हुने धारणा राखेका छन्।

"यदि हामीले कुनै पनि कारणले यी २१ औँ शताब्दीका जागिरहरूबाट महिलाहरूलाई वञ्चित गर्‍यौँ भने लैङ्गिक ज्याला अन्तरलाई मेट्न सक्दैनौँ। "

उक्त कार्यक्रमले सरकारी सेवामा रहेका महिलाहरूलाई कोड लाइक अ गर्लको चार महिनाको गहन पाठ्यक्रम उपलब्ध गराइने छ, जसले कोडिङको कुनै अनुभव नभएका सहभागीलाई पनि कनिष्ठ वेब डेभलपर बनाउने छ।

९ वर्ष सम्म घरमै बसेकी आम जेन विले मारिओ टेक्नोलोजी कम्पनीहरूमा कदम राख्न सङ्घर्ष गरिरहेकी थिइन्।

"अनि मैले कामको खोजी गर्न थाले। तर केही पनि हात लागेन। कहिलेकहीँ पहिलो अवसर पाउनु नै धेरै गाह्रो हुन्छ। त्यसैले त्यो नै सबैभन्दा ठुलो अड्चन थियो।"

कोड लाइक अ गर्लले उपलब्ध गराएको इन्टर्नसिप पश्चात् फिलिपिन्सबाट अस्ट्रेलिया आएकी मारिओ काम पाउन सफल भइन्।

"यसमा हुने लचकता नै मेरो बिचारमा सबैभन्दा महत्त्वपूर्ण भाग हो। किनभने मैले चाहेको जुनसुकै समयमा पनि मैले मेरो छोरीहरूलाई हेर्न सक्छु। म पूर्णतया घरबाटै काम गर्छु।"

फेशन उद्योगमा काम गरेकी क्लेर रोचलाई कोडिङ आफ्नो बसको कुरा होइन जस्तो लाग्थ्यो।

"मैले त यो पनि सोचेको थिएँ कि यो अङ्क गणितसँग सम्बन्धित हुन्छ, जुन विषयमा म त्यति बलियो छु जस्तो मलाई लाग्दैन। त्यसैले सुरुमा त्यो अलि डर लाग्ने किसिमकै थियो।"

दश हप्ताको अनलाइन कोडिङको पढाइले उनमा नयाँ सोच ल्यायो।

पहिले "सुख्खा" लाग्ने कोडिङ अहिले उनलाई निकै "कूल" लाग्छ। "म त छक्कै परे यो कति धेरै कलात्मक छ भनेर (थाहा पाए पछि)"

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now