Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाभर आज कोरोनाको शून्य सङ्क्रमण, अस्ट्रेलियन ओपन सँग जोडिएका मामला बढे

Cleaning staff are seen outside the View Hotel in Melbourne, one of the sites where Australian Open players and their entourage are quarantining.

Cleaning staff are seen outside the View Hotel in Melbourne, one of the sites where Australian Open players and their entourage are quarantining. Source: AAP

आज अस्ट्रेलिया भर सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेनन् यद्यपि अस्ट्रेलियन ओपन सँग सम्बन्धित तिन व्यक्तिमा भने कोरोनाको बेलायती संस्करण पुष्टि भएको छ ।


Published

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


आज अस्ट्रेलिया भर सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेनन् यद्यपि अस्ट्रेलियन ओपन सँग सम्बन्धित तिन व्यक्तिमा भने कोरोनाको बेलायती संस्करण पुष्टि भएको छ ।


अस्ट्रेलिया भर आज सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेनन् ।

यद्यपि विदेशबाट फर्किएर अस्ट्रेलियाका विभिन्न राज्यमा होटलक्वारीनटीनमा बसेका ७ व्यक्तिमा भने कोरोना पुष्टि भएको छ ।

भिक्टोरियामा तिन,वेस्टर्न अस्ट्रेलिया दुई र न्यु साउथ वेल्स र नदर्न टेराटेरी एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भिक्टोरिया लगातार १८ दिन सम्म कोरोना सङ्क्रमण रहन सफल भएको छ ।

जसको परिणाम राज्यका कोरोना प्रतिबन्धहरू केही खुकुलो पारिएका छन् ।

Mtu afanyiwa kipimo cha coronavirus, katika kituo cha vipimo cha fukwe ya Bondi Beach.
Mtu afanyiwa kipimo cha coronavirus, katika kituo cha vipimo cha fukwe ya Bondi Beach. Source: AAP

शनिवार देखि लागु हुने गरी घर भित्र हुने जमघटको सङ्ख्यालाई १५ बाट बढाएर तिस पुर्‍याइएको छ ।

यसै गरी भिक्टोरियाले न्यु साउथ वेल्सका सबैजसो क्षेत्रका लागि आफ्नो सीमा खोलेको छ ।

शनिवार भिक्टोरियामा अस्ट्रेलियन टेनिस खेल सँग सम्बन्धित एक २० बिर्षीया एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो भने आज कुल तिन मानिसमा

कोरोनाको बेलायती सङ्क्रमण फेला परेको हो ।

तर ती चारै व्यक्ति खेलाडी भने होइनन् ।

हाल उक्त खेल सँग सम्बधीत ९ सय ७० जना मानिसहरू क्वारीनटीनमा राखिएका छन् भने १० जनामा सक्रिय सङ्क्रमण रहेको छ ।

यता न्यु साउथ वेल्समा आज सामुदायिक सङ्क्रमणका कुनै मामला फेला परेनन् यद्यपि दक्षिण पश्चिम क्षेत्र लिभरपुल र ग्लेनफिल्डमा भने ढलको पानीमा कोरोनाका अंशहरू भेटिएका छन् ।

न्यु साउथ वेल्समा फोहोर पानीका सङ्क्रमणको अनुसन्धान गर्ने कार्यक्रम अन्तर्गत सो क्षेत्रमा कोरोनाको अंश भेटिएको हो ।

स्वास्थ्य अधिकारीहरूले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसलाई लक्षणहरूमा ध्यान दिन र जाँच गराउन अनुरोध गरेका छन् ।

यस अघि केमीला र अर्वनमा पनि ढलको फोहर पानीमा कोरोनाको अंश फेला परेको थियो ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now