Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा पीआर पाउने प्रक्रिया सजिलो र छरितो बनाउनु पर्ने माग बढ्दो

Skilled migrants

Representational image of skilled migrant. Source: Getty images

अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्।


सिपयुक्त आप्रवासीहरूलाई सजिलोसँग पीआरको व्यवस्था गर्नुपर्ने लगायत थप सुविधाहरू दिएर अस्ट्रेलिया आउन आकर्षित वातावरण बनाइदिन पनि व्यावसायीहरूले सङ्घीय सरकार समक्ष माग गरेका हुन्।

कोभिड-१९ प्रतिबन्धहरू हटेपछि सिड्नी लगायत देशका प्रमुख शहरहरूमा कार्यालय गएरै काम गर्ने मानिसहरूको भिड बढेको छ।

यसै कारण मध्य सिड्नीमा रहेको रेने बल्टोभको कपाल काट्ने पसलमा पनि ग्राहकहरू बढेका छन्।

तर उनी भन्छिन् कि महामारी पूर्व कामदारहरूको सङ्ख्या जति थियो, हाल उनको पसलमा त्योभन्दा आधा मात्र कर्मचारीहरू छन् र माग अनुरूप सेवा प्रदान गर्न उनलाई हम्मे-हम्मे भइरहेको छ।

"सबैजना कामदारहरूका लागी हानथाप गरिरहेका छन्, कपाल काट्ने व्यवसायको लागि त कामदारको चरम अभाव छ," उनले भनिन्।

गत वर्ष मात्र पाँच जना सिपयुक्त कामदारहरू गुमाएको कुरा सुनाउँदै उनी भन्छिन् कि ती कामदारहरू अस्ट्रेलियाले लामो समयसम्म लकडाउन जारी राख्दा आफ्नै देश फर्किएका थिए।

पुरा रिपोर्ट सुन्नुहोस्:अस्ट्रेलियामा पीआर पाउने प्रक्रिया सजिलो र छरितो बनाउनु पर्ने माग बढ्दो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोभेम्बरमा अन्तर्राष्ट्रिय सीमा खुलेको भए पनि धेरै सिपयुक्त कामदारहरू अस्ट्रेलिया फर्कन बाँकी नै रहेको छ।

सरकारको नयाँ आँकडाले पछिल्ला पाँच महिनामा २३ हजार मात्र अस्थायी सिपयुक्त भिसा वाहकहरू अस्ट्रेलिया आएको देखाएको छ।

बल्टोभले भनिन्, "मलाई अस्ट्रेलिया बिस्तारै खुल्छ भन्ने त थाहा थियो तर यति बिस्तारै होला भनेर चाहिँ सोचेको थिइँन।"

Renee Baltov
Renee Baltov says she is struggling to keep up with growing demand. Source: SBS-Cassandra Bain

इनेस विल्क्स अस्ट्रेलियाली उद्योग समूहका प्रमुख कार्यकारी हुन् र उनी भन्छन्, "रोजगारदाताहरूलाई श्रमिक र चाहिएको सिपको अभावका कारण व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भइरहेको छ।"

कामदार अभाव कम गर्न सरल र द्रुत सीपयुक्त भिसा आवेदन प्रक्रियाको आवश्यकतामा जोड दिँदै उनी भन्छन्, "हामीले यो (भिसा आवेदन) प्रक्रियालाई सरल र छिटो बनाउने बाटो पहिल्याउनु पर्छ साथै यसलाई यति महँगो पनि बनाइनु हुँदैन।"

अनि, सङ्घीय निर्वाचनका लागी चुनावी अभियानहरू जोडतोडले अगाडी बढिरहँदा साना व्यवसायहरूले राजनीतिक दलहरूलाई थप सहायता प्रदान गर्न गुहार गरिरहेका छन्।

अस्ट्रेलियाको साना व्यवसाय सङ्घहरूको परिषद्की प्रमुख कार्यकारी एलेक्सी बोयड सीपयुक्त कामदारहरूको अभावका कारण धेरै व्यवसायहरूको विकास र विस्तारमा सुस्तता छाउने बताउँछिन्।

उता मेलबर्नमा अध्यागमन वकिल रहेका बेन वाट भने विदेशी पर्यटक र कामदारहरूका लागी अस्ट्रेलियाले विश्वका अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिरहेको बताउँदै रोजगारी मार्फत पीआर प्रदान गर्ने योजनाहरू सरकारले लागू गर्नुपर्नेमा जोड दिन्छन्।

सरकारले सन् २०२२-२३ को लागी स्थायी आप्रवासनका लागी १ लाख ६० हजारको सीमितता राखेको छ। साथै सरकारका अनुसार 'सीपयुक्त भिसाले कुल आप्रवासन कार्यक्रमको दुई तिहाइ स्थान ओगट्छ जसका लागी १ लाख ९ हजार ९ सय स्थानहरू रहेका छन्।'

विपक्षी पार्टीले आफ्नो नयाँ अध्यागमन नीति चाडै घोषणा गर्ने बताई रहेको छ। तर यस अगाडी नै उसले स्थायी आप्रवासनमाथि  समर्थन देखाई सकेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now