Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

यो वर्ष अस्ट्रेलियाको भिसा नियममा हुने परिवर्तनबाट तपाईँलाई कस्तो प्रभाव पर्न सक्छ त?

Niraj Shrestha Nepali Immigration Conveyancing Agent Sydney

Niraj Shrestha speaks to SBS Nepali on the latest visa changes. Source: Supplied/Pixabay CCO

सरकारी योजनामा आगामी वर्षका लागि स्थायी भिसाका करिब १६०,००० स्थानहरू उपलब्ध रहेको बताइँदै गर्दा महामारीका बेला अस्ट्रेलियामा बसेर काम गरी रहेका अस्थायी भिसावाहकहरू नै प्राथमिकतामा पर्न सक्ने सम्भावना देखिएको छ। यसै सन्दर्भमा हामीले सिड्नीका एक अध्यागमन सल्लाहकार नीरज श्रेष्ठसँग कुराकानी गरेका छौं।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


सरकारी योजनामा आगामी वर्षका लागि स्थायी भिसाका करिब १६०,००० स्थानहरू उपलब्ध रहेको बताइँदै गर्दा महामारीका बेला अस्ट्रेलियामा बसेर काम गरी रहेका अस्थायी भिसावाहकहरू नै प्राथमिकतामा पर्न सक्ने सम्भावना देखिएको छ। यसै सन्दर्भमा हामीले सिड्नीका एक अध्यागमन सल्लाहकार नीरज श्रेष्ठसँग कुराकानी गरेका छौं।


कोभिड–१९ पछिको आर्थिक पुनर्स्थापनाको प्रयासको एक भागका रूपमा अस्ट्रेलियाले सन् २०२२मा  आप्रवासी कार्यक्रमहरूमा केही परिवर्तन गर्दै छ।

सीमा बन्दा कारण अस्ट्रेलियामा बसाइसराइ गरेर आउने मानिसहरूको सङ्ख्यामा व्यापक रूपमा घटेपछि अध्यागमन कार्यक्रममा केही फेरबदल हुने बताइएको हो।

श्रेष्ठसँगको कुराकानी सुन्नुहोस् यो वर्ष अस्ट्रेलियाको भिसा नियममा हुने परिवर्तनबाट तपाईँलाई कस्तो प्रभाव पर्न सक्छ त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सङ्घीय ट्रेजरीले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनका अनुसार सन् २०२१/२२ मा करिब ४१ हजारले नकारात्मक रहने अनुमान गरिएको बसाइसराइको दर सन् २०२२/२३ मा भने अनुमान गरे भन्दा दोब्बर बढेर १ लाख ८० हजारमा पुग्ने आसा व्यक्त गरिएको छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यहाँ व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो अध्यागमन एजेन्ट वा अध्यागमन विभागलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now