Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा महंगो बासस्थानसँग जोडिएको घरबार विहिनताको समस्या

homeless man sleeping in the street, Freiburg, Feb. 14, 2018 | usage worldwide

Homeless man sleeping in the street. Source: AAP

पछिल्लो जनगणना अनुसार अस्ट्रेलियामा ११ हजार ६ सय जना स्थाई घर विहिन रहेको देखिएको छ।यो संख्या सन् २०११ भन्दा १४ प्रतिशतले वृद्धि भएको हो। महंगो बासस्थानका कारण देखिएको यो समस्या समाधानका लागि कुनै राष्ट्रिय योजना नहुदा सकारात्मक आशा राख्ने ठाउ पनि देखिएको छैन।


Published

Updated

By Audrey Bourget

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


पछिल्लो जनगणना अनुसार अस्ट्रेलियामा ११ हजार ६ सय जना स्थाई घर विहिन रहेको देखिएको छ।यो संख्या सन् २०११ भन्दा १४ प्रतिशतले वृद्धि भएको हो। महंगो बासस्थानका कारण देखिएको यो समस्या समाधानका लागि कुनै राष्ट्रिय योजना नहुदा सकारात्मक आशा राख्ने ठाउ पनि देखिएको छैन।


घरबार विहिनहुनुका पछाडी विभिन्न कारणहरु रहेपनि सबैभन्दा टड्कारो समस्या भनेको महंगो आवास नै हो। जेनी स्मिथ घरबार विहिनहरुको काउन्सिलकि प्रमुख तथा होमलेसनेस अस्ट्रेलिया कि पदाधिकारी हुन्।उनि भन्छिन अस्ट्रेलियामा सस्तो आवास बनाउनेतर्फ कुनै राष्ट्रिय योजना छैन।

"आप्रवासीहरुले अस्ट्रेलियामा आफ्नो बसोबासका निमित्त थप् तनाबहरुबाट गुज्रनु पर्दछ, जस्तै भाषा, संस्कृति तथा शिक्षासंगको अनुकुलन। उनीहरु मध्ये कतिपयलाई बहालवालाहरुको अधिकार तथा घरधनीहरुबाट हुन सक्ने शोषणका बिषयमा पर्याप्त जानकारी हुदैन।"

"हामीकहाँ न्युन आय भएकाहरुलाई पनि बासस्थानको व्यस्था गर्ने सरकारी योजना छैन। सरकारले सामाजिक आवास दिने व्यवस्थाबाट आफ्नो हात हटाइसकेको छ। यस्तो अवस्थामा जब उक्त ब्यबस्था सरकारले फर्काउने छ त्यतिखेर धेरै ढिला भैसकेको हुनेछ। घरबार विहिनहरुको संख्या निरन्तर तिब्र गतिमा बढी रहनेछ"

उनका अनुसार घरबार विहिन हुने अवस्थाका लागि घरेलु हिंसा तथा महँगो बासस्थान जस्ता कारकहरु बढी जिम्मेबार हुन्छन न कि व्यक्तिगत कमजोरीहरु। 

मिशन अस्ट्रेलियाकी न्यु साउथ वेल्स राज्यकि नेत्री डा. इभेलीन ट्याड्रोस आप्रबाशिहरु निकै ठुलो संख्यामा यो समस्याबाट प्रभावित भएका छन्। सस्तो आवास पाउन संघर्षरत उनीहरुले त्यस संगै अन्य समस्याहरुको पनि सामना गर्नु पर्नेमा डा. ट्याड्रोस जोड दिन्छिन। 

"उनीहरुले अस्ट्रेलियामा आफ्नो बसोबासका निमित्त थप् तनाबहरुबाट गुज्रनु पर्दछ, जस्तै भाषा, संस्कृति तथा शिक्षासंगको अनुकुलन। उनीहरु मध्ये कतिपयलाई बहालवालाहरुको अधिकार तथा घरधनीहरुबाट हुन सक्ने शोषणका बिषयमा पर्याप्त जानकारी हुदैन।"

यति तपाइहरु पनि घरबार विहिन हुनसक्ने परिस्थितिमा हुनुहुन्छ अथवा बासस्थान विहिन भइसक्नु भएको छ भने केहि सहायता लिन उपायहरु छन्।

Restaurant reopening Sydney's largest soup kitchen for the homeless which reopened in the inner-west after a renovation, Tuesday, Sept. 8, 2015. Ashfield's 25-year-old restaurant was refurbished to enable more meals to be served to Sydney's disadvantaged.
Source: AAP

केहि संस्थाहरुले तपाइलाई घरधनीसंग सम्झौता गर्न मद्दत गर्नेछन, आपतकालीन आवास र तातो खाने कुराहरुको व्यवस्था गरिदिने छन्।

प्रत्येक राज्यमा आ-आफ्नै प्रणालीहरु हुन्छन।

अंग्रेजी बाहेक अन्य भाषामा बोल्न चाहनेहरुका लागि पनि दोभासे तथा अनुवादकहरुको पनि ब्यबस्था हुने ट्याड्रोस बताउँछिन्।

जेनी स्मिथ शिरमाथि छानो पाएका भाग्यमानीहरुले सर्बप्रथम दयालु ब्यबहार देखाएर समस्यामा परेकालाई सहयोग गर्न सक्ने सुझाउँछिन्।

'फिल्दी रिच एण्ड होमलेस'को दोश्रो शृंखला मंगलबार१४, बुधबार १५ र बिहिबार १६ अगस्टमा एसबीएसमा राति८:३०बजे प्रसारण हुदैछ। साथमा बिहीबारको तेस्रो भाग सकिने बित्तिकै स्टुडियोबाट एउटा बिशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ। 

'फिल्दी रिच एण्ड होमलेस' कार्यक्रमले इन्दारिता र सहानुभूतिका साथ बास्तबमा घरबारबिहिन हुदा अस्ट्रेलियामा कस्तो हुन्छ भन्ने बुझ्न खोज्दछ। साथै, यस कार्यक्रमले प्राय छाँयामा परेको समाजको यो हिस्सालाई अगाडी ल्याउने गर्दछ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now