Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ग्लेन ह्वीट्लीको निधनबाट अस्ट्रेलियाको साङ्गीतिक क्षेत्र शोकमा

One of the pioneers of the Australian music industry, Glenn Wheatley has died at the age of 74.

One of the pioneers of the Australian music industry, Glenn Wheatley has died at the age of 74. Source: AAP

कोभिड-१९ का कारण देखिएका स्वास्थ्य जटिलताका कारण ज्यान गुमाएका व्यवसायी र अस्ट्रेलियाली साङ्गीतिक उद्योगका एक महत्त्वपूर्ण हस्ती ग्लेन ह्वीट्लीको योगदानहरूलाई स्मरण गरिएको छ।


Published

By Gareth Boreham

Source: SBS




Share this with family and friends


कोभिड-१९ का कारण देखिएका स्वास्थ्य जटिलताका कारण ज्यान गुमाएका व्यवसायी र अस्ट्रेलियाली साङ्गीतिक उद्योगका एक महत्त्वपूर्ण हस्ती ग्लेन ह्वीट्लीको योगदानहरूलाई स्मरण गरिएको छ।


केही समय अगाडी मात्र उनको  'बिकज आइ लव यु' बोलको अस्ट्रेलियाली क्लासिक, आवाजहरूको सङ्ग्रह गर्ने नेशनल साउन्ड आर्काइवमा कालजयी बनेको उत्सव मनाएका थिए।

सन् २०२० को नोभेम्बरमा एसबीएस सँग कुरा गर्दै  साङ्गीतिक क्षेत्रलाई महामारीका कारण पुगेको चोटबाट बाहिर निकाल्न सहयोग गर्न आफू निकै उत्सुक रहेको बताएका थिए।

"हामी बाहिर निस्किएर काम गर्न निकै आतुर छौँ। म अझै यो उद्योगमा निकै संलग्न छु, यसको प्रत्येक मिनेटको मलाई माया लाग्छ र अहिले नै कम सक्रिय हुने मेरो कुनै सोचाइ छैन।"

तर अफसोच ! उनको जीवन कोभिड-१९ ले खोस्यो।

(L-R) Ted Lethborg, Glenn Wheatley and Russell Morris perform Because I Love You at the funeral service of The Masters Apprentices singer Jim Keays in 2014.
(L-R) Ted Lethborg, Glenn Wheatley and Russell Morris Source: AAP

उनले आफ्नो करियरको सुरुवात मास्टर्स अप्रन्टिसेसमा बेस गिटारिस्ट रूपमा गरेका थिए र पछि उनी सङ्गीत उद्यमीका रूपमा स्थापित भए।

उनले सन् १९७५ मा ह्वीट्ली अर्गनाइजेसनको स्थापना गरेपछि पहिलो पटक लिटल रिभर ब्यान्डको व्यवस्थापन गरे।

गायक ग्लेन शर्रीकले एबिसीमा कुरा गर्दै ह्वीट्लीले आफूले लिने पारिश्रमिकको निकै सम्मान गर्थे भनेका छन्।

"उनले रोयल्टी दरलाई बढाउन सङ्घर्ष गरे र त्यो, सङ्घर्षरत सङ्गीतकर्मीहरूले राम्रो कमाइ गरुन् भनेर थियो। र उनी जस्तै मानिसका कारण अहिले यो क्षेत्र रहर मात्र नभएर उद्योग भएको छ।"

अस्ट्रेलियाली गायिका तथा गीतकार डेल्टा गूड्रमलाई भेट्टाउनु र अगाडी ल्याउनु उनका लागी सबैभन्दा गर्व गर्ने उपलब्धि मध्ये थियो।

तर ह्वीट्लीको व्यावसायिक जीवनमा असर पार्ने भनेको उनले भोग्नु परेको कानुनी र आर्थिक चुनौतीहरू हुन्।

१९८० औँ दशकको अन्त्यतिर उनले मेलबर्नको नाइट क्लब 'आइवी' मा दशौँ लाख डलर हालेका थिए, जुन अहिले सञ्चालनमा रहेको छैन। पछि उनले आफ्नो उक्त निर्णयलाई सबैभन्दा खराब र खर्चिलो निर्णय भनी व्याख्या गरेका थिए।

WHEATLEY
Source: AAP

त्यसपछि विकेनबी प्रोजेक्ट आयो, जुन एक महत्त्वपूर्ण कर छली सम्बन्धी अनुसन्धान थियो र उक्त अनुसन्धानमा उनी  सन् २००७ मा दोषी करार गरिए । 

उनले  ३ लाख डलर भन्दा बढीको कर छली गरेको फैसला गर्दै १५ महिनाको जेल सजाय सुनाइयो। तर त्यस अवस्थाबाट उनी झन् दृढ भएर बाहिर आए, साङ्गीतिक उद्योगको एक महत्त्वपूर्ण व्यक्तिको भूमिकालाई निरन्तरता दिन।

 

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले उनको उपलब्धिहरूलाई लिएर देश भर कृतज्ञता प्रकट गरिनु पर्ने बताएका छन्।

उनले ह्वीट्लीको मृत्यु भएकोमा दुख मान्ने भन्दा उनको उपलब्धिहरूमा गर्व गरिनु पर्ने बताएका छन्।

"ग्लेन ह्वीट्ली जस्ता व्यक्तिहरू नभएको भए अस्ट्रेलियाली र त्यसमा भिक्टोरियाली सङ्गीत क्षेत्रको परिदृश्य आजको जस्तो बलियो हुने थिएन। त्यसैले उनी र उनको परिवारले यस बारे गर्व गर्नुपर्छ।"

ह्वीट्लीका श्रीमती र तिन सन्तान रहेका छन्। उनीहरूले ह्वीट्लीले माया गर्ने साङ्गीतिक क्षेत्रका लागी अझै धेरै गर्न बाँकी थियो भनेका छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now