Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चर्चित आदिवासी कलाकार डेभिड डाल्थिङ्गु अब सम्झनामा मात्रै

David Dalaithngu and his humpy at Tank Creek in Arhnem Land in 2002.

David and his humpy at Tank Creek in Arhnem Land in 2002. Source: AAP Image/Rod McGuirk

५० वर्षभन्दा बढी अस्ट्रेलियाली सिनेमा जगतमा छाएका आदिवासीय कलाकार डेभिड डाल्थिङ्गुको साउथ अस्ट्रेलियामा केही दिन अघि निधन भएको छ। उनैको सम्झनामा एक रिपोर्ट।


Published

Updated

Source: SBS




Share this with family and friends


५० वर्षभन्दा बढी अस्ट्रेलियाली सिनेमा जगतमा छाएका आदिवासीय कलाकार डेभिड डाल्थिङ्गुको साउथ अस्ट्रेलियामा केही दिन अघि निधन भएको छ। उनैको सम्झनामा एक रिपोर्ट।


अठसट्ठी वर्षका योल्नू आदिवासी समुदायका उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।

आफ्नो कलाकारिताबाट अस्ट्रेलियाली दर्शक माझ गहिरो छाप छोड्न सफल डाल्थिङ्गुलाई हजारौँले श्रद्धाञ्जली दिएका छन्।

रामन्जिङ आर्नेम ल्यान्डमा हुर्के बढेका डेभिड डाल्थिङ्गु एएमले दशकौँ अस्ट्रेलियाको महान् कलाकारका रूपमा आफ्ना दर्शकहरूलाई मनोरञ्जन दिए।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एक माझिएका कलाकार हुनुका साथै उनी एक सांस्कृतिक नर्तक, गायक र चित्रकलामा पोख्त थिए।

सन् १९७१ मा आएको "वकअबाउट" नामक चलचित्रबाट उनको सफलताका दिनहरू अगाडी बढे।

योथु यीन्डीकी वित्याना मारिकाले एनआईटिभीसँग बोल्दै आफूले पहिलो पटक यी दिग्गज आदिवासी कलाकारलाई भेटेको  सम्झिदै भन्छन् कि डाल्थिङ्गुले आफ्नो कलाकारिताबाट थुप्रैलाई प्रेरित गरे।

A compilation of David
Take a look back at some of David Dalaithngu's iconic performances on film. Source: Supplied

कान चलचित्र महोत्सवमा पुरस्कृत भएपछि त विदेशमा समेत उनी चर्चित हुन पुगे।

यसै गरी महारानीको जन्मोत्सवका बेला दिइने राष्ट्रिय पुरस्कार उनले सन् उन्नाइस सय सतासीमा पाएका थिए भने सन् २०१९ मा नेडक लाईफटाइम अचिभमेन्ट अवर्डबाट डेभिड डाल्थिङ्गुलाई सम्मानित गरिएको थियो।

उनका छोरीहरू माकिया मक्लाफलिन र फिबी मार्सलले डालिथङ्गुको प्रतिनिधित्व गर्दै उक्त सम्मान ग्रहण गरेका थिए।

उनका अन्य बहुचर्चित सिनेमाहरूमा दी ट्राकर, र्‍याबिट प्रुफ फेन्स र क्रकोडाइल डअन्डी पर्छन्।

यस्तै, स्टर्म बोइ पनि उनको निकै सम्झन लायक चलचित्र हो। 

आदिवासी महिला तथा कला नेतृ रोह्नडा रोबर्ट्स भन्छिन् कि डेभिड डाल्थिङगुले आफ्नो संस्कृतिको खुब प्रचार गरे।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now