“एबोरिजिनल भनेको यहाँ आएर आफ्नो देश नर्फिकीएका होइनन् र ?”
मन्जील हाम्रो प्रश्न पछि एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर समुदायबारे त्यति धेरै जानकार नभएको बताउँछन् ।
त्यसो त अस्ट्रेलियामा बसोबास गर्ने अधिकास नेपाली समुदायका सदस्यहरूले अस्ट्रेलियाका आदिवासी समुदायका बारेमा धेरै सुनेको तर उनीहरू सँग भेटघाट वा कुरा कानी भने नभएको प्रतिक्रिया दिएका छन् ।
अस्ट्रेलियाको गैर आदिवासी समुदायका सदस्यमा पनि अस्ट्रेलियाका आदिवासी सदस्यहरू सँगको सम्बन्ध कम रहेको देखिन्छ । तथ्याङकहरुले पनि अस्ट्रेलियाली समुदायका केवल ३० प्रतिशत मानिसहरू मात्रै आदिवासी समुदाय सँग घुलमिल हुने गरेको देखाउँछ ।
तथ्याङ्कले ८६ प्रतिशत गैर आदिवासीहरू आदिवासीहरू सँगको सम्बन्ध महत्त्वपूर्ण रहेको धारणा राख्छन् भने ९६ प्रतिशत आदिवासी भने आम मानिस सँगको सम्बन्धलाई निकै महत्त्वले हेर्ने गर्दछन् ।

एसबीएस नेपालीसँग प्रतिक्रिया दिने क्रममा नेपाली समुदायका अधिकास सदस्यहरूले अस्ट्रेलियाको पहिलो बासिन्दा “एबोरिजिनल” र “टोरेस स्ट्रेट आईल्याण्डर” भएको बारेमा पढेको वा सुनेको तर उनीहरू सँग भेटघाट र कुराकानी भने नभएको बताएका छन् ।
समुदायकी एक सदस्य सोनिया भन्छिन् “अस्ट्रेलियाको पहिलो नागरिक उनीहरू नै हुन् भन्ने सुनेको हो त्यो भन्दा बढी जानकारी छैन ।”
पछिल्लो समय अस्ट्रेलिया भित्रिएका अधिकास आप्रवासीहरूमा यहाँका पहिलो बासिन्दा को हुन भन्ने बारेमा ज्ञानको कमी छ ।

यसो त मिडिया मार्फत आदिवासीका बारेमा सुनेकाहरू भन्दा आदिवासी सँगको प्रत्यक्ष अनुभव भएका वा उनीहरूका बारेमा अध्ययन गरेकाहरू आदिवासी सँगको सम्बन्धका बारेमा बढी महत्त्व राख्ने अध्ययन रिर्पोटहरुले देखाउँछ ।

नेपाली समुदायमा व्यापार व्यवसाय गरिरहेकाहरू भने उनीहरू सँग प्रत्यक्ष सम्पर्कमा रहेको बताउँछन् ।
रकडेलमा हिसीला ग्रोसरी सञ्चालन गरी रहेका सञ्जीव खड्गी एबोरिजिनल र आइल्याण्डरहरु आफ्नो पसलमा आउने र भेटघाट भई राख्ने गरेको बताउँछन् । तर उनीहरूका बारेमा त्यति धेरै ज्ञान नभएको भने उनी स्विकार्छन् ।
५० हजार वर्ष भन्दा लामो इतिहास बोकेका आदिवासीहरूले अस्ट्रेलियाको कुल जनसङ्ख्याको २ दशमलव ५ प्रतिशत हिस्सा ओगट्छन् ।

राष्ट्रिय नाइडोक सप्ताह (८ - १५ नभेम्बर २०२०) मा आदिवासी र टोरेसस्ट्रेट आइल्याण्डर मानिसहरुको इतिहास, संस्कृति र सफलताहरु माथि ध्यान केन्द्रित गरिन्छ। नाइडोक सप्ताह अन्तर्गत एसबीएस र एनआइटीभी मा प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरुबारे जानकारीका लागि यहाँ हेनुहोस्। नाइडोक सप्ताह र यस वर्षको लागि यस सप्ताहको शीर्षकबारे जानकारीको लागि आधिकारिक वेबसाइटमा जानुहोस्। #NAIDOC2020 #AlwaysWasAlwaysWillBe






