बसोबास र आप्रवासन सम्बन्धी यो शृङ्खलामा ऐतिहासिक नीति र अन्यायले निरन्तर रूपमा आदिवासी अस्ट्रेलियालीहरू माथि कसरी असर गरिरहेको छ भन्ने बारे उल्लेख गरिएको छ।
यदि तपाई आदिवासी पुरुष हुनुहुन्छ भने तपाईँ अहिले जेलमा रहेको वा विगतमा केही समय तपाईंले जेलमा बिताएको हुने सम्भावना गैर आदिवासीहरूको तुलनामा झन्डै १७ प्रतिशत बढी रहेको छ।
र यसमा तपाईँले उच्च आत्महत्या दर ,आघात र दैनिक भेदभावका उदाहरणहरूलाई समावेश गर्नु हुन्छ भने यसले तपाईँलाई एक चिन्ताजनक तथ्याङ्क प्रस्तुत गर्दछ।
यही जानकारी प्रत्येक चार वर्षमा प्रकाशित गरिने आदिवासी हानिको अन्त्य गर्ने सम्बन्धी उत्पादकत्व आयोगको रिपोर्टमा पनि रहेका छन्।
उत्पादकत्व आयोगमा आयुक्त रहेका रोमली मोकक भन्छन्, “यो रिपोट यस मुलुकमा आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूको भलाइका लागि व्यापक रिपोट हो,र यसको मुख्य उद्देश्य उनीहरूमा सुधार आइरहेको छ कि छैन भनी जाँच गरी आवश्यक सुधारहरूका बारेमा जानकारी गराउने हो।”
उक्त रिर्पोटले स्वास्थ्य, शिक्षा, प्रारम्भिक बाल विकास र न्याय लगायतका क्षेत्रको जाँच गर्दछ ।

आयुक्त मोकाक भन्छन्, रिर्पोटले ५२ वटा सूचकाङ्कहरूको प्रयोग गर्दै सांस्कृतिक सन्दर्भ, भाषा,सामुदायिक विकटता र पारिवारिक संरचना र ती विषयवस्तु बिच रहने सम्बन्धबारे चित्रण गर्दछ।
सन् २०२० को उक्त रिर्पोटमा प्रारम्भिक बाल विकास, विद्यालय शिक्षा र शिशु मृत्युदरमा कमी लगायतका क्षेत्रमा सुधार भएको देखाइएको छ ।
तर यसमा गहिरो चिन्ताका क्षेत्रहरूका बारेमा पनि उल्लेख गरिएका छन् जस मध्ये गृह स्याहार बाट बाहिर जाने बालबालिकाहरूको सङ्ख्या पनि रहेको छ।
तथ्याङ्कले आदिवासी र टोरेस स्ट्रेट आईल्याडर बालबालिकालाई परिवार र आफन्तबाट टाढा राखिनु र उनीहरू हिरासत र जेलमा समय बिताउने बिच प्रत्यक्ष सम्बन्ध रहेको पनि देखाएको छ।
एसबीएस अन्तर्गत रहेको आदिवासी टेलिभिजन सेवा एनआईटिभी द्वारा तयार पारिएको इनकार्सरेसन नेशन नामक वृत्तचित्र कि निर्माता हुन् हेलेन मोरिसन।
उनी भन्छिन्, “विश्व भरनै जेलमा बन्दी रहेका मानिसहरूको सङ्ख्यालाई हेर्ने हो भने, प्रति व्यक्तिको प्रतिशत अनुसार आदिवासी अस्ट्रेलियालीहरूको उपस्थिति सबै भन्दा उच्च मध्येको रहेको छ।
"संसारमै कैदीहरूको प्रतिशतलाई हेर्ने हो भने पहिलो राष्ट्रका मानिसहरूको सङ्ख्या निकै उच्च रहेको छ, सन् १९९१ मा जेलमा भएका आदिवासी मृत्यु सम्बन्धी अध्ययन गर्न शाही आयोगको स्थापना पछि जेलमा रहेका मानिसहरूको सङ्ख्यामा आदिवासी मानिसहरूको प्रतिशत सङ्ख्या १४ बाट बढेर २८ प्रतिशत पुगेको छ।”
उनको भनाइमा यसले आदिवासीहरू जेलमा रहँदा वार्षिक रूपमा अस्ट्रेलियालाई करिब ८ अर्ब डलरको भार पर्न जान्छ ।
औपनिवेशीकरणको समयमा रहेका मनोवृत्ति र नीतिहरू र हाल आदिवासी र टोरेस स्ट्रेट आईल्याण्डर मानिसहरूले सामना गर्नुपरेका प्रणालीगत असमानता बिच प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ।
भूमि र संस्कृति गुमाइएको देखि, ज्याला चोरी र हिंसा जस्ता विगतका व्यवहारले गरिबी र अन्य असमानताका उदाहरणलाई एक बाट अर्को पुस्ता सम्म जारी राखिरहेको रोमली मोकाक बताउँछिन्।

उनका अनुसार वर्तमानमा बाँचिरहेका मानिसहरूको अनुभव अतिताका उत्पादन रहेकोबारे बुझ्न जरुरी रहेको छ।
सन् १९१० देखि १९७० को दशकमा बालबालिकाहरू उनीहरूको परिवारबाट जबरजस्ती अलग्याइएका थिए, र सरकारी नीतिहरूले आदिवासी सांस्कृतिक जरालाई पहिचान गर्न इन्कार गरेका थिए।
यस्ता कार्यले आदिवासी बाल बालिकाहरू पश्चिमाहरूको समाजमा घुलमिल हुने हुन्छन् भन्ने विचार रहेको थियो जसका कारण ती बालबालिकाहरूलाई अहिले स्टोलेन जेनेरेसन अर्थात् चोरी भएको पुस्ताका रूपमा चिनिन्छ।
वर्तमान समयमा पनि चोरिएका भनिएका पुस्ताका वा आफूबाट आफ्ना सन्तान हटाइएका आदिवासी अस्ट्रेलियालीहरू जीवित रहेका छन् ।
यी मानिसहरूलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गरिनुका साथै, उनीहरूको तलब चोरी गरिएका, सार्वजनिक स्थलहरूमा प्रवेश निषेध गरिएका, स्वास्थ्य स्याहार र मताधिकार प्रदान नगरिएका मानिसहरू अझै रहेका छन्।
यस्ता अन्यायका उदाहरणहरू हाल जेलमा रहेका आदिवासी अस्ट्रेलियालीहरूको सङ्ख्याले पनि प्रस्ट पार्ने बताउँछिन् हेलेन मोरिसन।
उनी भन्छिन् यी अन्याय र भेदभावहरूले आदिवासी कैदीहरूको सङ्ख्यामा ठुलो प्रभाव पारेको छ ।
यो प्रस्तुती अडियोमा पनि उपलब्ध छ: null यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
आज भन्दा २० वर्ष पहिले लगभग ४ हजार आदिवासी वयस्कहरू विभिन्न जेलहरूमा रहेका थिए भने अहिले उक्त सङ्ख्या लगभग १२ हजार पुगेको छ ।
यो दर गैर आदिवासीको भन्दा लगभग १२ गुना बढी र वयस्क अस्ट्रेलियालीहरूको हकमा यो २२ गुना बढी हो ।
यी तथ्याङ्कहरूले हेलनलाई "इनकार्सरेशन नेशन" नामक वृत्तचित्र निर्माण गर्न आफू प्रोत्साहित गरेको हो।
“मलाई लाग्छ कि यो समय सत्य बोल्ने समय हो, हाम्रो अतीतको गहिरो बुझाइका लागि हो,दर्शकहरूले आदिवासी कैदीको विगत र हाम्रा पहिलो मुलुकका मानिसहरूको भोगाइकालाई बुझ्नका लागि हो । ”
हाल धेरै मानिसहरू अतीतका अन्यायहरूलाई खुला रूपमा स्वीकार गर्ने राष्ट्रका रूपमा अस्ट्रेलिया स्थापना भएको हेर्न चाहेका छन् र हेलेन मोरिसन भन्छिन् सामाजिक असमानताको समाधान गर्ने काम गाह्रो हुनु पर्दैन ।
“क्लोजिङ्क द ग्याप ” सुधारको एक माध्यम हो, जसबाट सरकारले आदिवासी एवम् गैर आदिवासी बिचको स्वास्थ्य एवम् जीवन समान पार्नका लागि एक प्रतिबद्धता गरेको छ ।
“क्लोजिङ्क द ग्याप ” अन्तर्गतको कार्यक्रमका साथ आदिवासी, टोरेस स्ट्रेट आईल्याडर र सरकारका सबै निकाय बिच साझा निर्णय लिनेमा केन्द्रित रहेको छ ।
यदि तपाई वा तपाईँले चिनेको कसैलाई सहयोगको आवश्यकता परेको छ भने लाइफलाइनमा १३ ११ १४ मा सम्पर्क गर्न सक्नुहुन्छ वा बियन्ड ब्लुलाई १३०० २२४ ६३६ मा सम्पर्क गर्नुहोस् ।
सम्बन्धित सामाग्री:

नेडक सप्ताह: तपाईँ नजिकै रहेका आदिवासीय महत्त्व बोकेका स्थानहरू














