कोरोनाभाइरस अन्तर्गतका सामाजिक दूरीका नियमहरु पालना गर्न भनि सङ्घीय र राज्य सरकारहरु द्वारा आग्रह गरिदा अस्ट्रेलियाका विभिन्न सहरहरुमा "ब्ल्याक लाइभ्स म्याटर" नाम दिइएको प्रदर्शन आयोजना भएका छन्।
संयुक्त राज्यमा भएको एक अफ्रिकी अमेरिकी पुरुष जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको मृत्यु पछि, अस्ट्रेलियामा पनि ठुलो संख्यामा आदिवासी समुदायका सदस्यहरुको प्रहरी हिरासतको क्रममा मृत्यु भएकोबारे ध्यानाकर्षण हुनुपर्ने शनिवार आयोजित प्रदर्शनका सहभागीहरुको माग रहेको थियो।
२० हजार भन्दा बढीको संख्यामा मानिसहरुको उपस्थितिका साथ् सिड्नी, मेलबर्न, ब्रिसबेन र एडिलेड लगायत केहि साना सहरहरुमा पनि र्याली आयोजना भएका थिए।
कोरोनाभाइरसको महामारीको क्रममा यस्ता प्रदर्शनमा सहभागी भएकाहरु 'लापरवाही' रहेको अर्थ मन्त्री मथियास कोर्म्यानले बताएका छन्।
तर विपक्षी लेबर पार्टीकि आदिवासी मामिला सम्बन्धि छायाँ मन्त्री लिन्डा बर्नीले चाहिं लिबरल सभासदको उक्त भनाइले उनि आदिवासी समस्याबारे कति अन्जान रहेको प्रष्ट पार्ने बताएकी छन्।
थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।





