Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा तापक्रम बढ्दा खेल क्षेत्र प्रभावित बन्ने

NBA All Star Game

NBA All Star Game, Lebron James shoots over Giannis Antetokounmpo Source: Getty

सन् २०४० सम्म पुग्दा सिड्नी र मेलर्वनको तापक्रम ५० डिग्री सम्म पुग्ने अनुमान गरिएको छ जसको प्रत्यक्ष असर खेल क्षेत्रमा देखिनेछ ।


Published

Updated

By Abby Dinham

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


सन् २०४० सम्म पुग्दा सिड्नी र मेलर्वनको तापक्रम ५० डिग्री सम्म पुग्ने अनुमान गरिएको छ जसको प्रत्यक्ष असर खेल क्षेत्रमा देखिनेछ ।


अस्ट्रेलियाली खेल जगतका स्टार खेलाडीहरू जलवायु परिवर्तनको मुद्दामा आफ्नो समर्थन जनाउँदै गइरहेका छन् ।

रग्बी युनियनका डेभिड पुकोक जलवायु परिवर्तनले अस्ट्रेलियाको खेल क्षेत्रलाई असर गरिसकेको बताउँछन् ।

“अस्ट्रेलियाली खेल क्षेत्र नराम्ररी प्रभावमा परिसक्यो ।”

यता पौडी खेलका अर्का स्टार खेलाडी ब्रोन्टे क्याम्बेलको भनाई पनि उस्तै छ ।

क्रिकेट जगतका स्टार प्याट कुमिन्स यो जलवायु परिवर्तनको दौडलाई जित्नु पर्ने धारणा राख्छन् ।

क्लाईमेट काउन्सिल अस्ट्रेलियाले गरेको अनुमानका अनुसार सन् २०४० सम्म सिड्नी र मेलर्वनमा अत्यधिक हिट वेभका कारण तापमान ५० डिग्री पुग्नेछ जसको प्रत्यक्ष असर खेल जगतलाई पर्ने छ ।

क्लाईमेट काउन्सिलकी प्रमुख एमेन्डा म्याकेन्जी भन्छिन् यसको लागि कुनै तैयारीहरू थालिएका छैनन् ।

सन् २०१४ मा गर्मीका कारण थुप्रै खेलहरू रद्द गरिए कैयन खेलाडी र करिब एक हजार दर्शकहरूलाई हिट स्ट्रोकका कारण उपचार गर्नु पर्ने अवस्था आयो ।

सन् २०१९, अस्ट्रेलियाको सबैभन्दा गर्मी भएको वर्षका रूपमा दर्ता भएको थियो ,जहाँ वर्षका ३० दिन भन्दा बढी ३९ डिग्रीको हाराहारीमा रहेका थिए ।

अस्ट्रेलियाकी पूर्व नेट बलकी खेलाडी सार्नी नोर्डार खेलहरूलाई तापक्रम अनुकूल बनाउन सुरु गरिसकिएको बताउँछिन् ।

खेलका प्रशिक्षणहरूलाई पछि सार्ने र खेलका दौरान लामा ब्रेकहरू लिन थालिएका छन् ।

Internacional
Source: Sport Club Internacional

रिर्पोटहरु भन्छन् दशकको अन्तिम वर्ष अर्थात् सन् २०१९ सबैभन्दा गर्मीको वर्षको रूपमा रहर्‍यो तर भविष्यमा यही वर्ष चिसो वर्षका रूपमा पनि गनिन सक्छ ।

क्लाईमेट काउन्सिलकी एमान्डा म्याकेनजीज भन्छिन विश्वव्यापी उत्सर्जन जारी रहे डँडेलो जस्ता आगलागीका घटनामा वृद्धि हुनेछन् ।

यो सँग अस्ट्रेलियन खेल तालिकाहरूमा पनि व्यापक परिर्वतनहरु गरिनु पर्नेछ ।

जसमा गर्मी मौसममा तय भएका खेलहरू अन्य मौसममा सारिनु वा खेलहरू रातिको समयमा गरिनु हो ।

यसले करिब ५० खर्ब डलरको उद्योगलाई खतरामा पारेको छ ।

Adelaide residents try and cool off at Glenelg Beach, with the state set to suffer through another heat wave.
Adelaide residents try and cool off at Glenelg Beach, with the state set to suffer through another heat wave. Source: AAP

सार्नी नोडार भन्छीन गर्मी मौसममा अस्ट्रेलियामा खेलहरू आयोजना भए, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरू खेल खेल्नका लागि यहाँ नआउन सक्छन् ।

क्लाईमेट काउन्सिलले चेतावनी दिएको छ कि पेरिस सम्झौताले विश्वको तापक्रमलाई दुई डिग्री कम राख्न सक्ने भए पनि अहिलेकै अवस्था रहे

अस्ट्रेलियाकै कैयन खेलहरू गर्मी याममा खेल्न योग्य रहनेछैनन् ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now