जन्ममा आधारित नागरिकता: कुन देशमा कस्तो व्यवस्था ?

A file image of President Donald Trump

Donald Trump has flagged scrapping the constitutional right to citizenship for babies of non-citizens. Source: AAP

संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंपले जन्मजात पाउने नागरिकताको अधिकार अन्त्य गर्नु पर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले दिएको सुझावका सम्बन्धमा मात्र होइन तर उनले उक्त सुझाव कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा प्रस्तुत गरेको प्रस्तावलाई लिएर पनि चासो बढेको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप सार्वजनिक रूपमा नै नीति निर्माणबारे आफ्नो धारणा राख्न हिच्किचाउँदैनन्।
र त्यसको पछिल्लो उदाहरण भनेको विवादास्पद आप्रवास र नागरिकताको विषय रहेको छ।

उनले अमेरिकामा जन्मिएको बच्चाहरूले बाबुआमाको अमेरिकी नागरिकता नभए पनि स्वतः अमेरिकाको नागरिकता पाउने अधिकारको अन्त्य हुनुपर्ने प्रस्ताव गरेका छन्।

यो विषय आफैँमा विवादास्पद रहेको छ।

र त्यस माथि पनि ट्रंपले अमेरिकाको टेलिभिजन सञ्जाल एचबिओ को एक शृङ्खलामा अन्तर्वार्ताकर्तालाई आफूले राष्ट्रपतिय अधिकार प्रयोग गरेर निर्देशन दिएमा मात्र पनि उक्त अधिकार अन्त्य गर्न सक्ने भनी बताएका छन्।
डोनाल्ड ट्रंपले भने, "मलाई जहिले पनि भनियो त्यसका लागी संविधान संशोधन गर्नु पर्छ, तर अनुमान गर्न सक्नु हुन्छ? त्यस्तो गर्नु पर्दैन। एक नम्बरमा त्यस्तो गर्नु पर्दैन। कङ्ग्रेसको अधिनियम अनुसार पनि निश्चित रूपमा त्यस्तो गर्न सकिनेछ। तर उनीहरूले अहिले भनिरहेका छन् कि मात्र राष्ट्रपतिको कार्यकारी अधिकार प्रयोग गरेर पनि निर्देशन दिन सकिन्छ। "
राष्ट्रपति ट्रंपले यस सम्बन्धमा कानुनी सल्लाह पनि लिइरहेको र ह्वाइट हाउसका वकिलहरूले पनि उनको प्रस्तावको समीक्षा गरिरहेको बताएका छन्।

तर ट्रंपले दाबी गरे अनुसार जन्मको आधारमा नागरिकता पाउने अधिकारलाई कार्यकारी निर्देशनबाट अन्त्य गर्न नसकिने देखिएको छ।

संयुक्त राज्य अमेरिकाको जन्मको आधारमा नागरिकता पाउने अधिकार अर्थात् योस् सोली, राष्ट्रिय संविधानको १४ औँ संशोधन मार्फत सुनिश्चित गरिएको छ र उक्त व्यवस्था १५० वर्ष अगाडी देखि रही आएको छ।

अमेरिकाको संविधानमा नै उल्लिखित उक्त विषय संशोधन गर्न सङ्घीय सरकारको विधान सभा, कङ्ग्रेस, द्वारा पारित हुनु पर्दछ।

अमेरिकाको संविधानमा उल्लिखित व्यक्तिगत अधिकारको बचाउ गर्ने संविधान परियोजना नामक अमेरिकाको एक मुनाफा रहित संस्थाकी निर्देशक हुन् सारा: टर्बरभिल।

र उनी भन्छिन्, जन्मको आधारमा नागरिकता पाउने अधिकारका बारेमा सही र गलत भन्ने धेरै टाढाको विषय हो, डोनाल्ड ट्रंपको आफूले कार्यकारी अधिकार प्रयोग गरी उक्त व्यवस्था हटाउने भन्ने दाबी संयुक्त राज्यको आधारको विरुद्ध रहेको छ।

र टर्बरभिलले ट्रंपले उक्त कानुन परिवर्तन गर्नेबारे सोचेको भन्ने कुरा नै चिन्ताजनक भएको बताएकी छन्।
"यो बारेमा मेरो लागी सबैभन्दा चिन्ताको विषय भनेको सम्भवतः यसमा कार्यकारी निर्देशन दाबीलाई व्याख्या गरिएको विषय हो, जहाँ राष्ट्रपतिले विश्वास गरेका छन् कि १५० वर्ष देखिको नजिरलाई उनको एक वाख्याले परिवर्तन गर्न सक्छ। र उक्त एक निर्देशनले १४ औँ संशोधनका संस्थापक वा अनुमोदन कर्ताहरूको उक्त संशोधनले नागरिक अधिकार सुनिश्चित गर्ने विश्वासलाई परिवर्तन गर्न सक्छ।"
एचबिओ सँगको अन्तर्वार्ताका क्रममा ट्रंपले अमेरिका नै विश्वमा एउटा यस्तो राष्ट्र हो जहाँ यो व्यवस्था छ।

"अब यो कति हास्यास्पद विषय हो कि हामी नै विश्वमा एउटा राष्ट्र हौँ जहाँ एउटा व्यक्ति आउँछ बच्चा जन्माउँछ र उक्त बच्चा तत्काल अमेरिकाको नागरिक बन्छ र ८५ वर्ष सम्म अमेरिकाको नागरिकका रूपमा प्राप्त हुने सम्पूर्ण लाभ लिन्छ। यो हास्यास्पद छ। यो हास्यास्पद छ र यसको अन्त्य हुनु पर्छ।"

तर २०१० मा आप्रवास सम्बन्धी अध्ययन गर्ने केन्द्र जसले आप्रवास नियन्त्रणको समर्थन गर्दछ, र उक्त केन्द्रको अध्ययनबाट ट्रंपको दाबी गलत भएको देखिन्छ। कम्तीमा ३० राष्ट्रहरूमा जन्मको आधारमा नागरिकता पाउने अधिकार रहेको छ।

एसबीएसको अनुसन्धानबाट उक्त सङ्ख्या ४० को हाराहारीमा रहेको देखिएको छ। जस मध्ये संयुक्त राज्य अमेरिका को उत्तर तर्फको छिमेकी राष्ट्र क्यानडा र दक्षिण तर्फ रहेको मेक्सिको पनि रहेका छन्।

तर अस्ट्रेलिया भने ती राष्ट्रहरूमा पर्दैन।
Hands giving Australian passport
Hands giving passport - vintage tone Source: Getty Images
१९८६ को अस्ट्रेलियाली नागरिकता नियमावली माथिको संशोधनले जन्मन साथ नागरिकता पाउने अधिकारलाई प्रतिबन्ध गरेको छ।एउटा व्यक्तिले जन्मको आधारमा अस्ट्रेलियाको नागरिकता पाउन उसको कम्तीमा एक अभिभावक अस्ट्रेलियाको नागरिक अथवा स्थायी बासिन्दा हुनु पर्ने छ।अथवा बाबुआमाको नागरिकताको अवस्था जस्तो भए पनि जन्मे पश्चात् १० वर्ष निरन्तर अस्ट्रेलियामा नै रहेमा पनि उक्त व्यक्तिले अस्ट्रेलियाको नागरिकता पाउने व्यवस्था रहेको छ।
नेपालमा दुई अभिभावक मध्ये एक नेपाली नागरिक भएको अवस्थामा बच्चाले नागरिकता पाउन सक्ने छन् ।

तर वंशजीको आधारमा सन्तानले नागरिकता पाउने अधिकार सुनिश्चित भएको भए पनि नेपालको संविधान र मुलुकी ऐन महिलामाथि विभेदकारी भएको महिला अधिकारकर्मीहरूको आरोप रहेको छ।

बाबुको नाममा नागरिकता पाउन खासै समस्या नदेखिए पनि आमाको नाममा नागरिकता लिन धेरै कठिनाइ रहेको विज्ञहरू बताउँछन्।

अधिकारकर्मी दिप्ती गुरुङले एसबीएस नेपाली सँग कुरा गर्दै नेपालको संविधानमा नागरिकता विभेद रहेको बताएकी छन्।

आमाको नामबाट नागरिकता दिलाउन महिलाले भोग्नु पर्ने कठिनाइ बारे आफ्नो अनुभव सुनाइन्।
"मेरो छोरीहरूलाई नेपालको नागरिकता दिलाउन त अदालतको सहारा लिनु पर्‍यो नै जन्म दर्ता गर्ने समयमा पनि बाबुको नाममा श्री ठेगान नभएको बाजेको नाममा पनि श्री ठेगान नभएको भनी लेखिएको थियो।"
नेपालको छिमेकी राष्ट्र भारतमा २००४ मा योस् सोली अर्थात् जन्म पश्चात् नागरिकता पाउने अधिकार हटाएर नागरिकता पाउन कम्तीमा एक अभिभावक भारतीय नागरिक हुनै पर्ने कानुन बनाइएको छ।

भारतले छिमेकी राष्ट्र बङ्गलादेशबाट गैरकानुनी रूपमा भारत आउने गरेका कारण उक्त निर्णय लिएको बताइन्छ।

अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंपले आगामी हप्ता हुन गइरहेको विधानसभाको मध्यावधि निर्वाचनका लागी यो मुद्दालाई अगाडी बढाएको हुन सक्ने देखिन्छ।

यो विषय अमेरिकाको लागि नयाँ भने होइन , गैरकानुनी रूपमा अमेरिकामा रहेका बाबुआमाबाट जन्मिएका बच्चाहरू अमेरिकाको नागरिक हुने धेरै अगाडी देखि नै चासोको विषय बनेको छ।

मेक्सिकोबाट आउने आप्रवासीहरूको कथित क्याराभानहरु ले अमेरिकाको चिन्ता थपेको छ।

ट्रंपको उक्त भनाई आइरहँदा आप्रवासलाई लिएर राजनीतिक र सम्भवतः: कानुनी लडाई अझ केही समयसम्म रहने देखिएको छ।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand