झण्डै १०० वर्ष अगाडि नेपाल-भारत सिमानाको हिमाली क्षेत्रमा मोपु भन्ने दरबारमा विद्यालय बनाउने उद्देश्यले पुगेका क्याथोलिक ननहरुको कथामा यो फिल्म केन्द्रित छ।
बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको र केही भाग नेपालमा छायाँकन गरिएको टेलिश्रृंखला 'ब्ल्याक नार्सिसस'को यसै हप्ता नेपालमा प्रिमियर गरिएको छ।
सन् १९३९ मा रुमर गोडेनले लेखेको उपन्यास ब्ल्याक नार्सिससमाथि सन् १९४७ मा चलचित्र बनेको थियो।
अस्करमा दुई वटा पुरस्कार जितेको त्यो चलचित्र हालसम्म पनि निकै प्रशंसित छ।
त्यही चलचित्रको यो रिमेक नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय रहेको छ।
झण्डै १०० वर्ष अगाडि नेपाल-भारत सिमानाको हिमाली क्षेत्रमा मोपु भन्ने दरबारमा विद्यालय बनाउने उद्देश्यले पुगेका क्याथोलिक ननहरुको कथामा यो फिल्म केन्द्रित छ।

सन् १९४७ मा बनेको चलचित्र पुर्णतया लण्डनको एउटा स्टुडियोभित्र छायाँकन गरिएको थियो, र हिमालयको पृष्ठभूमी नक्कली बनाएको लेखक रुमर गोडेनलाई मन परेको थिएन।
त्यसैले नयाँ सँस्करणमा आउटडोर छायाँकन हिमालयको पृष्ठभूमी सहित नेपालमा गरिएको थियो।
नेपालमा सुटिङको व्यवस्थापन लोकेसन नेपालले गरेको थियो।
यो सिरिज सन् २०२० को अन्त्यदेखि अमेरिका र बेलायतमा रिलिज भइसकेको छ र बिबिसी आइप्लेयरमा उपलब्ध छ।
नेपालमा हाल उपलब्ध नभएकाले नेपाली सञ्चारकर्मीका लागि विशेष प्रदर्शन गरेको लोकेसन नेपालका गौतम धिमालले बताएका छन्।
"यो हामीले गत वर्षको सेप्टेम्बरमा छायाँकन गर्यौं। भिजुअलहरु त्यही बेलामा खिच्यौं। यसमा दुई वर्षको तयारी थियो। दुई महिना जति हामी जोमसोम मै बस्यौं, सेटहरु बनाउनका लागि। खास छायाँकन चाहिँ पाँच दिनको थियो। त्यसपछि लण्डनको पाइनवुड स्टुडियोजमा बाँकी छायाँकन गरिएको हो।"
पाँच महिना लगाएर मुस्ताङमा यस फिल्मको सेट निर्माण गरिएको थियो भने दुई वर्षको तयारीपछि नेपाल आएको टोलीले मुस्ताङको तल्लो भेगमा सुटिङ गरेको धिमालले बताएका छन्।

फिल्ममा नेपाली कलाकारहरु सविन बस्नेत, दीपिका कुँवर, दीलिप राई आदिको अभिनय पनि रहेको छ।
यस फिल्ममा काम गरेर थुप्रै नेपाली कलाकारले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको अनुभव बटुल्नुका साथै यसमा देखिएको हिमाली क्षेत्रको सुन्दरताले नेपालको पर्यटन प्रवर्द्न गर्ने पनि अपेक्षा गरिएको थियो, जुन कोरोनाको महामारीका कारण पुरा हुन सकेको छैन।
तर यो फिल्मले डेलीमेल, गार्जियन, न्युयोर्क टाइम्स लगायतका थुप्रै सञ्चार माध्यममा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)