Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

बजेट २०२२: विपक्षी नेता एन्थनी एल्बनीजीद्वारा वृद्ध हेरचाह क्षेत्रमा २.५ अर्ब डलर लगानी गर्ने घोषणा

Federal Opposition Leader Anthony Albanese acknowledges the public galleries after delivering his Budget Reply Speech in the House of Representatives of Parliament House in Canberra, Thursday, March 31, 2022. (AAP Image/Lukas Coch)

Federal Opposition Leader Anthony Albanese acknowledges the public galleries after delivering his Budget Reply Speech in Canberra. Source: AAP

सङ्घीय सरकारले घोषणा गरेको बजेटको जवाफ भाषणका क्रममा विपक्षी नेता एन्थनी एल्बनीजीले वृद्ध हेरचाहका क्षेत्रमा २.५ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेका छन्।


Published

Updated

By Arianna Lucente

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


सङ्घीय सरकारले घोषणा गरेको बजेटको जवाफ भाषणका क्रममा विपक्षी नेता एन्थनी एल्बनीजीले वृद्ध हेरचाहका क्षेत्रमा २.५ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेका छन्।


विपक्षी नेता एन्थनी एल्बनीजीले बजेट जवाफका क्रममा वृद्ध हेरचाहको क्षेत्रमा अरबौँ डलरको कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

सङ्घीय सरकारको नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गरेको दुई दिन पछि विपक्षी दलको बजेट प्रतिको जवाफ बाहिर आएको हो।

नेता एल्बनीजीले वृद्ध हेरचाहको क्षेत्र सङ्कटमा रहेको पनि बताएका छन्।

उनले पाँच चरण गरेर वृद्ध स्याहारको क्षेत्रमा साढे दुई अर्ब अस्ट्रेलियन डलर लगानी गर्ने घोषणा गरेका हुन्।

“राम्रो खाना र सफा कपडा बिनै कटिरहेका दिनहरूको अब अन्त्य हुनेछ, हाम्रो योजनामा २४ घण्टा रजिस्टर्ड नर्सहरू त्यहाँ उपस्थित हुनेछन् , हेरचाहका लागि धेरै कर्मचारी हुने छन् ” उनले भने।

“वृद्ध हेरचाह कर्मचारीहरूको तलब वृद्धि, बासिन्दाहरूका लागि राम्रो खाना- यसरी हामीले वृद्ध हेरचाहको क्षेत्रको समस्या समाधान गर्नेछौँ।”

लेबरले घोषणा गरेको वृद्ध स्याहार कोष अन्तर्गत प्रत्येक एजेड केयर होमहरूमा २४ घण्टा रजिस्टर्ड नर्सको व्यवस्था हुनु पर्ने र प्रत्येक बासिन्दाले कम्तीमा पनि दैनिक २१५ मिनेट हेरचार प्राप्त गरेको हुनै पर्ने उल्लेख छ।

राम्रो खाना र सफा कपडा बिनै कटिरहेका दिनहरूको अब अन्त्य हुनेछ।

गत वर्ष शाही अयोगले दिएको सुझावमा पनि यी कुराहरू उल्लेख गरिएका छन्।

उनले सुलभ दरमा बाल हेरचाह र मौसम परिवर्तनलाई कम गर्न नवीकरणीय ऊर्जामा लगानी र चुनावमा जित हासिल गरे कामदारको ज्याला वृद्धिको पनि वाचा गरेका छन्।

“मेरा अस्ट्रेलियन मित्रहरू, हामीसँगै काम गरेर, भविष्य निर्माण गर्न सक्छौ, सुरक्षित काम र बलियो ज्यालाबाट,” उनले भने।

“अस्ट्रेलियाली सिप,रोजगारी र उत्पादनमा लगानी, स्वच्छ ऊर्जालाई समर्थन गर्दै देशभर नयाँ पूर्वाधार निर्माण, बाल हेरचाह र बिजुलीको बिल सस्तो बनाई जीवन गुजारालाई सहज बनाइनेछ।”

 Ambulance attendants wearing full protective clothing prepare a gurney to transport residents to hospital at the Wyoming Nursing Home on August 2, 2021 in Sydney, Australia.
کارمندان آمبولانسی در حال انتقال یکی از ساکنان یک خانه سالمندان به شفاخانه در سیدنی Source: Getty Images

उनले प्रशिक्षणका लागि थप अवसरहरू प्रदान गर्ने सडक, रेल, बन्दरगाह, उच्च गतिको इन्टरनेट लगायतका पूर्वाधारहरूका लागि ठुलो बजेट निर्धारण गर्ने लगायतका वाचाहरू पनि गरेका छन्।

सरकारले दैनिक गुजाराको समस्यालाई समाधान गर्न भन्दै नगद भुक्तानी गर्ने भन्ने घोषणाको पनि विपक्षी नेताले आलोचना गरे।

अस्ट्रेलियाली सिप, रोजगारी र उत्पादनमा लगानी, स्वच्छ ऊर्जालाई समर्थन गर्दै देशभर नयाँ पूर्वाधार निर्माण, बाल हेरचाह र बिजुलीको बिल सस्तो बनाई जीवन गुजारालाई सहज बनाइनेछ।

एल्बनीजीले लेबरको नीति र दृष्टिकोणलाई समर्थन गर्न पनि मतदाताहरूसँग आग्रह गरेका छन्।

“महामारी, बाढी, डँडेलो जस्ता चुनौतीहरू पछि अस्ट्रेलियालीहरूलाई राम्रो बजेटको खाँचो छ, र उनीहरू यसका लागि योग्य छन्,– यस्तो भविष्य जहाँ कोही पछि पर्दैन,” उनले भने।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now