आउँदो हप्ता सङ्घीय बजेट सार्वजनिक हुन गइरहेको समयमा त्यसले आगामी सङ्घीय निर्वाचनमा असर पार्ने हो कि भन्ने चिन्ताका बीच सिड्नीको उत्तर तर्फ रहेको हर्न्स्बीका पार्टी समर्थकहरूले आफ्ना फोहोर फ्याल्ने बिनलाई राजनीतिक सूचक रहेका स्टिकरहरूले ढाकेका छन्।
उक्त क्षेत्रका मेयर फिलिप रडकले त्यस्ता बिनहरूलाई काउन्सिलले नउठाउने बताएका छन्।
यसैबिच प्रधानमन्त्री टाउन्स्भिलको बन्दरगाहमा पुगेका छन् , जहाँ उनले क्वीन्सल्याण्डमा सिड्नी हार्बरभन्दा चार गुणा ठुलो बाँध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तर अहिलेसम्म यो योजना अगाडी बढ्छ भन्ने निश्चित भने छैन।
प्रधानमन्त्री मोरिसनको भनाइ सहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: निर्वाचन अगाडी सङ्घीय सरकारले गर्यो आर्थिक सहायता योजनाको घोषणा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सरकारका अनुसार यो योजनाले सात हजार जागिर निर्माण गर्छ भने कृषिका अवसर पनि खोल्छ।
प्रधानमन्त्री मोरिसनले यसलाई एक प्रमुख राज्यमा हुने निर्वाचन लडाइँको तयारी स्वरूप सङ्कोच बिना खर्च गरेको भन्ने भनाइको खण्डन गरेका छन्।
स्वतन्त्र सांसद बब क्याटरले यो विषयलाई वर्षौँ देखि उठाइरहेका थिए, तर उनी भन्छन् क्यानबेराको बाँध निर्माणको खाकालाई भने उनी समर्थन गर्दैनन्।

उनले अहिले आफ्नो समर्थनलाई फिर्ता लिने समेत धम्की दिइरहेका छन्, र उनको समर्थन निकै महत्त्वपूर्ण हुन्छ किनभने यो समर्थनबिना बहुमतको संसद बन्ने सम्भावना कम हुन सक्छ।
तर अहिले सम्म यो विशाल बाँध सम्बन्धी प्रतिबद्धता कहिले सम्म पुरा हुन्छ भन्ने समय सीमा तोकिएको छैन।
यो व्यवसाय सम्बन्धी मुद्दामा भर पर्छ, जुन निर्वाचन पछि सम्मको लागि थाती राखिएको छ।
सङ्घीय निर्वाचनको समय झन् नजिकिँदै जाँदा गठबन्धनले खाली खल्तीको पिडा महसुस गरेकाहरूलाई केही राहत दिने इङ्गित गरिरहेको छ।
तर लेबरका आवास मन्त्री जेसन क्लेयरले यसको बारेमा थप जानकारी उपलब्ध गराउन माग गरेका छन्।

इन्धनमा लाग्ने करलाई कम गर्ने वा अस्थायी रूपमा यो वृद्धिलाई सन्तुलनमा राख्ने विषयलाई पनि प्रयोग गरिन सकिने केही अनुमानहरू आएका छन्। साथै न्यून र मध्यम आय भएकाहरूलाई एकमुष्ट आर्थिक सहायता गरेर महँगीको प्रभाव कम गर्ने योजना रहेको भन्ने पनि हल्ला फैलँदै छन्।
उता अस्ट्रेलियाली सामाजिक सेवा सम्बन्धी परिषद्की प्रमुख कार्यकारी अधिकृत क्यासेन्ड्रा गोल्डीले यसले आवास अभावको समस्यालाई ठिक नपार्ने बताएकी छिन।
यसैबिच लेबर नेता एन्थनी अल्बनिजीले आफ्नै पार्टीको दृष्टिकोणलाई बढावा दिएका छन्, जसमा बाल स्याहार केन्द्रको खर्च कटौती, विद्युत् शुल्कमा कमी लगायतका विषयहरू राखिएका छन्।
लेबरले यदि आफ्नो नेतृत्वको सरकार बने, बजेट यस वर्षको अन्त्यभन्दा अगाडी नै सार्वजनिक गरिने बताएको छ।
यो पनि पढ्नुहोस्:

अन्तर्राष्ट्रिय यात्रुहरूलाई आकर्षित गर्ने अस्ट्रेलिया सरकारको योजना








