मेलबर्नको समुन्द्रीमा तटमा रहेको ह्याम्पटन सहरमा आजभोलि टील अर्थात् बेरूज रङ्गको चम्किलो टी-सर्टहरू लगाउने मानिसहरू धेरै देखिन थालेका छन्।
यो निलो र हरियो जस्तो देखिने रङ्गले आउँदो संसदमा राजनीतिक परिवर्तन ल्याउने तोकेको छ।
यस भिडमा यही रङ्गको टिसर्ट लगाएका मध्य गोल्डस्टाइन क्षेत्रकी स्वतन्त्र उम्मेदवार जोई डानियल पनि एक हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी एक वैदेशिक संवाददाताको रूपमा काम गर्दथिन्।
जलवायु परिवर्तन सम्बन्धी यस अभियानले अहिलेसम्म आठ लाख डलर भन्दा बढी उठाएको छ। यस लगभग आधा रकम क्लाइमेट २०० नामक संस्थाबाट आएको छ।

उक्त संस्था भने साइमन होल्म्स आ कोर्ट नाम गरेका गरेका करोडपति जलवायु अभियान कर्ताको आर्थिक कोष बाट चल्ने गरेको छ।
क्यानबेराको राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै उनले बताए कि आफूले नाम कमाउन पैसा दिएको होइन। यसका साथै, अस्ट्रेलियालीहरूले जाली स्टेगाली र हेलेन हेन्स जस्ता अरू पनि स्वतन्त्र उम्मेदवारहरू उठेको हेर्न चाहने उनले भनाइ छ।
गोल्डस्टाइन लिबरल दलको लागि एउटा मुख्य मतदान क्षेत्र रहेको छ। त्यसैले, जोईको स्वतन्त्र भएर उठ्ने निर्णय मानिसहरूको लागि नौलो छ र अर्को विकल्प पाएकोमा उनीहरू खुसी छन्।
बासिन्दाहरूको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: लिबरल सांसदहरूलाई चुनौती दिँदै यी स्वतन्त्र महिला उम्मेदवारहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उक्त क्षेत्रको सिटमा सन् २०१६ देखि लिबरलका टिम विल्सन रहेका छन्। यो भन्दा पहिलेको चुनावमा उनले ८ प्रतिशतले जितेका थिए।
उनी लिबरल दलका उदारवादी सांसद हुन् र भन्छन् उनका सामाजिक रूपमा प्रगतिशील र आर्थिक रूपमा रुढीवादी विचारहरू त्यस क्षेत्रका बासिन्दाहरूको सोचसँग मिल्दोजुल्दो छ।
यी सम्पन्न मतदान क्षेत्रका स्वतन्त्र उम्मेदवारहरू भन्छन् कि लिबरल दलमा उदारवादी आवाजहरू घट्दै छन्।
स्वतन्त्र उम्मेदवारका अभियानहरूमा यो एक साझा विषय हुने गरेको अस्ट्रेलियन नेशनल विश्वविद्यालयकी डाक्टर जिल शेपर्डले बताइन्।
यता न्यु साउथ वेल्समा भने, सिड्नीका पूर्वी सबअर्बहरूमा वेन्टवर्थलाई लिबरल दलको केन्द्रबिन्दु मानिन्छ।
तर यसपालि भने, लिबरलका डेभ शर्माको ठाउँ लिनका लागि अलेग्रा स्पेन्डर अघि आएकी छिन्। उनी स्वर्गीय अस्ट्रेलियाली फेसन डिजाइनर कार्ला जाम्पाटीकी छोरी हुन्।
डेभ शर्मा इजरायलका लागि अस्ट्रेलियाका पूर्व राजदूत हुन्, र उनले सन् २०१९ मा स्वतन्त्र उम्मेदवार केरिन फेल्पसबाट वेन्टवर्थको सिट जितेका थिए।

यस रिपोर्टको लागि अन्तर्वार्ता दिन उनले अस्वीकार गरेका छन्।
त्यस्तै यता उत्तरी सिड्नी अर्थात् नर्थ सिड्नीमा पनि यस्तै अर्को प्रतिस्पर्धा चलिरहेको छ।
पहिला जनसम्पर्क कार्यकारीको रूपमा काम गरेकी काइलिया टिङ्क भन्छिन् कि जलवायु परिवर्तनको विषयमा र संसदीय अखण्डताको विषयमा केही ठोस कदम कदम नचालिएको अति भइसक्यो।
उनले पनि सन् २०१५ देखि सिट ओगटेका लिबरल सांसद ट्रेन्ट जिमरम्यानलाई चुनौती दिँदै छिन्।

ट्रेन्ट जिमरम्यान र टिम विल्सन जस्ता सांसदहरूले एसबीएस न्युजलाई बताए कि, त्रिशुंक संसद भएमा स्वतन्त्र उम्मेदवारहरूले लेबरलाई जित हासिल गराउने छन्।
उता स्वतन्त्र उम्मेदवार हरू मध्य भने, कसैले पनि कुन दललाई समर्थन गर्ने भनेर स्पष्ट रूपमा भनेका छैनन्।
आफूहरू दुवै दलसँग वार्ता र सहकार्य गर्न तयार रहेको भन्दै उनीहरूले मतदाताहरूलाई समर्थनको आग्रह गर्दै छन्।
यो चरणमा कुनै एक पार्टीलाई प्राथमिकता दिनु मूर्खता हुने डाक्टर शेपर्डले बताइन्।








