Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

चन्द्रकला थापा: विदेश जान बाध्य भएकी पूर्व ओलम्पिक खेलाडी

Former Nepali Olympian Chandrakala Thapa takes a break from sports to work in Dubai.

Former Nepali Olympian Chandrakala Thapa takes a break from sports to work in Dubai. Source: Supplied

चन्द्रकला थापा लामो समयदेखि एथलेटिक्सको १०० मिटर दौड विधामा एक क्षत्र राज गरेकी खेलाडी हुन्। उनले सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व पनि गरेकी थिइन्। तर गतसाता उनले प्रहरीको जागिर र खेलकुदलाई छोडेर दुबईको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्न गइन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


चन्द्रकला थापा लामो समयदेखि एथलेटिक्सको १०० मिटर दौड विधामा एक क्षत्र राज गरेकी खेलाडी हुन्। उनले सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व पनि गरेकी थिइन्। तर गतसाता उनले प्रहरीको जागिर र खेलकुदलाई छोडेर दुबईको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्न गइन्।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

२०६८ सालमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा लागेको चोटपछि उनी खलाडीलाई प्रशिक्षण दिन थालेकी थिइन्। खेलाडी भएकै कारण प्रहरीमा जागिर पनि खाइन्।तर गतसाता उनले प्रहरीको जागिर र खेलकुदलाई छोडेर दुबई तर्फ प्रस्थान गरिन।

किन खेलक्षेत्र छाडेर जान लागेको?

मैले मेरो भविष्य हेरेर जान लागेको हो। तर मेरो अहिलेको सोच चाहिँ केही  समयको लागि मात्र जाने रहेको छ। फर्केर खेलकुद क्षेत्रलाई सहयोग गर्न मन छ।

भनेपछि तपाईँले केही समयको लागि मात्र छोड्नु भएको हो की संधैका लागि?

मलाई मन पर्ने क्षेत्र भनेको खेल क्षेत्रनै हो। यसैमा फर्कने मेरो चाहना छ। खेलाडी उत्पादन गर्न होस् वा राम्रो प्रतिभा भएका खेलाडीहरुलाई केही  सहयोग गरेर पनि म मेरो चाहान पुरा गर्नसक्छु।

कत्तिको सजिलो हुन्छ होला एक दशकभन्दा बढी समय बिताएको क्षेत्र ह्वात्तै छाड्न?

अवश्य पनि गाह्रो हुनेछ। तर मैले आफ्नो भविष्य पनि हेर्नु पर्ने हुन्छ। केही कमाउन सके भनेँ पो मैले अरु खेलाडीहरुलाई पनि सहयोग गर्न सक्छु त।

के काम गर्नु हुन्छ विदेशमा ?

सुरक्षा गाडको काम गर्ने हो।

खेलाडी भएर के पाउनु भयो र के गुमाउनु भयो जस्तो लाग्छ?

खेलाडी भएकै कारणले त सबैले मलाई चन्द्रकला भनेर चिन्छन्। यहि नै हो मैले पाएको। यहि कारण मैले ओलम्पिकमा पनि सहभागि हुने मौका पाएँ र विश्वका थुप्रै चर्चीत खेलाडीहरुसंग तस्विर लिने अवसर पनि माएँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now