SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको टिप्पणी प्रति चीनको जवाफ; 'सार्वभौम निर्णयमा औला उठाउनु अस्वीकार्य'

Taiwan's navy vessel anchored at a harbour (AAP).jpg

ताइवान वरिपरि चीनको बढ्दो सैन्य अभ्यासको विषय माथि अस्ट्रेलियाले टिप्पणी गरेपछि चिनिया दूतावासले एक विज्ञप्ति जारी गर्दै चीनको सार्वभौम निर्णयमा औला उठाउनु अस्वीकार्य रहेको बताएको छ।


Published

Updated

By Claire Slattery

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

ताइवान वरिपरि चीनको बढ्दो सैन्य अभ्यासको विषय माथि अस्ट्रेलियाले टिप्पणी गरेपछि चिनिया दूतावासले एक विज्ञप्ति जारी गर्दै चीनको सार्वभौम निर्णयमा औला उठाउनु अस्वीकार्य रहेको बताएको छ।


चीनले पछिल्ला केही दिन यता ताइवान नजिक सैन्य अभ्यास गर्नु 'उत्तेजक र गैरजिम्मेवारपूर्ण' कार्य भन्दै अमेरिका र जापानले निन्दा गरिरहेका छन्।

अस्ट्रेलियाले पनि गत शुक्रवार चीनको कदम प्रति असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएपछि चीन अस्ट्रेलिया प्रति रुष्ट बनेको छ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण पछि चीनले आफ्नो गतिविधिलाई तीव्र बनाएको छ, र यो रोकिने सङ्केत पनि देखिएको छैन।

यद्यपि न्यान्सीको भ्रमणप्रति चुपचाप बसी रहेको अस्ट्रेलियाले भने शुक्रबार मुख खोलेको हो।

जापान र अमेरिकी भनाइको समर्थन गर्दै, 'अस्थिर र असमान' गतिविधिको उपमा दिएपछि अस्ट्रेलिया स्थित चिनिया दूतावासले विज्ञप्ति मार्फत निन्दा गरेको छ।

सार्वभौमसत्ताको रक्षा गर्न चीनको न्यायसङ्गत कार्यहरूमा औला उठाउनु बिलकुल अस्वीकार्य छ, अस्ट्रेलियाले कसैको पक्ष लिनु हुँदैन र अन्धाधुन्ध अनुचित टिप्पणी गर्नु हुदैन, हामी विश्वास गर्छौ, अस्ट्रेलियाका तर्फबाट चीन– अस्ट्रेलिया सम्बन्ध थप बिगार्ने कुनै कारण बन्ने छैन।
चिनिया दुतावासद्धारा जारी वक्तव्य

चिनिया दूतावासले विज्ञप्ति निकालेर अस्ट्रेलियालाई हस्तक्षेप नगर्न भने तापनि, अस्ट्रेलिया भने आफ्नो अडानमा छ।

ऊर्जा मन्त्री क्रिस बावेनले नाइन नेटवर्कसँग कुरा गर्दै, अस्ट्रेलियासँग आफ्नो अभिव्यक्ति स्वतन्त्रता रहेको बताएका छन्।

चीनको यो कार्य असमान र अस्थिर छ, एल्बनिजी सरकार अन्तर्गत हामी जे देख्छौ, त्यही बोल्छौ, हामी अस्ट्रेलियाको राष्ट्रिय हितमा बोल्छौ, हाम्रो मूल्य र मान्यता अनुसार
ऊर्जा मन्त्री क्रिस बावेन

यता नेशनल्सका नेता डेभिड लिटरप्राउडले पनि सरकारले सही दृष्टिकोण लिइरहेको भन्दै सरकारको समर्थन गरेका छन्।

तर यता चार्ल्स स्टर्ट विश्वविद्यालयका चीन सम्बन्धी विज्ञ क्लाइभ ह्यामिल्टन अस्ट्रेलिया थप तनावका लागि तैयार हुनु पर्ने धारणा राख्छन्।

मलाई लाग्छ कि, कुनै न कुनै तरिकाले चीनले ताइवानमा आक्रमण गर्ने सम्भावना रहन्छ, बेईजिङ्ग अप्रत्याशित छ, सी जिनपिङ्ग ताइवानलाई फिर्ता लिन कटिबद्ध छन्।
क्लाइभ ह्यामिल्टन

गत हप्ता सरकारले रक्षा बल समीक्षा अगाडी बढाउनुको पछाडि पछिल्लो समय बढ्दो विश्वव्यापी तनाव पनि एक भएको बताइन्छ।

विपक्षी दलले पनि रक्षा बललाई बलियो पार्ने बेला आएको बताएको छ।

गठबन्धनका रक्षा प्रवक्ता एन्ड्रु हेस्टीले सरकारले आफ्नै मिसाइल कार्यक्रम सञ्चालन गर्नु पर्ने साथै आणविक पनडुब्बी भित्राउने प्रक्रियालाई समेत चाँडो गर्नु पर्ने बताए।

चिनिया राजदूत सियो चेनले आगामी बुधवार नेशनल प्रेस क्लबमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now