Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'चिनियाँ दूतावास र नेपाली मिडिया विवाद: दुई देशको प्रेस स्वतन्त्रताको फरक बुझाई'

China Expels 3 Wall Street Journal Reporters as Media Relations Sour

चिनियाँ दूतावासले आफ्नो कूटनीतिक मर्यादा विपरीत नेपालको प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेको नेपाली पत्रकारहरूको आरोप बिच पत्रकारितामा विद्यावारिधि गरेका डा. भरत राज पौडेलले दुई देश बिच प्रेस स्वतन्त्रलाई बुझ्ने तरिका फरक हुनाले यस्तो विवाद आएको बताएका छन्।


Published

Updated

Source: SBS



Share this with family and friends


चिनियाँ दूतावासले आफ्नो कूटनीतिक मर्यादा विपरीत नेपालको प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेको नेपाली पत्रकारहरूको आरोप बिच पत्रकारितामा विद्यावारिधि गरेका डा. भरत राज पौडेलले दुई देश बिच प्रेस स्वतन्त्रलाई बुझ्ने तरिका फरक हुनाले यस्तो विवाद आएको बताएका छन्।


कोरोना भाइरस सङ्क्रमणलाई लिएर चीनले उपयुक्त कदम नचालेको बिचार राख्ने विदेशी पत्रकारहरूलाई सजाय स्वरूप चीन बाट निकालिएको समाचार आइरहेका छन्।

चिन प्रति विभेद राख्ने मनसायले समाचारहरू सम्प्रेषण गरिएको भन्दै चीनबाट निकालिने तिन जना पत्रकारहरू मध्ये एक अस्ट्रेलियाली फिलिप वेन पनि परेका छन्।

वाल स्ट्रिट जर्नलमा कार्यरत ती तिनै जना पत्रकारहरूले रङ्ग तथा जाति भेदी हेडलाइनहरूका साथ समाचार सम्प्रेषण गरिएको र यसका लागी कुनै आधिकारिक माफी पनि नमागिएको भन्दै चिनिया विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग सुवाङ्गले उक्त पत्रिकाको आलोचना गरेका छन्।

"चीन एसियाको साच्चिकै बिरामी मान्छे हो" शीर्षकमा समाचार आए पछि तिन जनाले चीनमा बसेर समाचार सङ्कलन गर्न नपाउने गरी प्रेस कार्ड खारेज गरिएको जनाइएको छ।

चीन विरोधी देखिने समाचारहरू प्रति चीनको कडा प्रतिक्रिया वाल स्ट्रिट जर्नल माथि मात्र नभएर एक नेपाली राष्ट्रिय दैनिक माथि पनि देखिएको छ।

फेब्रुअरी १८ मा नेपाली अङ्ग्रेजी पत्रिका 'द काठमान्डु पोस्ट' मा प्रकाशित एक विषयलाई लिएर यति बेला सामाजिक सञ्जाल तातिएको छ।

कोरोना भाइरसलाई लिएर चीनले उपयुक्त कदम चाल्न नसकेको भन्दै एक जना अमेरिकी सुरक्षा तथा विदेश मामिला विज्ञद्वारा लेखिएको लेख प्रकाशित गरे पछि उक्त लेख र त्यसमा प्रयोग भएको फोटोलाई लिएर नेपाल स्थित चिनियाँ दूतावासद्वारा वक्तव्य नै जारी गरिए पछि यो विषयले सामाजिक सञ्जालहरूमा निकै ठुलो स्थान पाएको छ।

समाचार साझेदारी गर्ने अभ्यास अन्तर्गत विचार पृष्ठमा इभो डाल्डर द्वारा लेखिएको 'चीनले गोप्य राख्नाले कोरोना भाइरस झन् खराब भयो' भन्ने शीर्षकको लेखमा चिनियाँ नोटमा नेता माओत्सेतुङ्गले मास्क लगाएको तस्बिर द काठमान्डू पोस्टले प्रकासित गरेकोमा दूतावासले आपत्ति जनाएको हो।

दूतावासले कूटनीतिक मर्यादा नाघेर सञ्चार गृह र प्रधान सम्पादकको नाम तोकेरै वक्तव्य निकाल्नु गलत भएको भन्दै नेपालका प्रमुख सञ्चार गृहका १७ जना सम्पादकहरूले आफ्नो नाम सहित एक संयुक्त वक्तव्य निकाले।

nepali media and chinese embassy spar
Source: Facebook/ Ameet Dhakal

यस सम्बन्धमा कतिपयले अन्य पश्चिमा राष्ट्रहरूको सिको गर्दै चीनको आलोचना गर्न नेपाललाई नसुहाउने बिचार राखेका छन् भने कतिपयले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको चिनियाँ दूतावासले बेवास्ता गरेको भनेका छन्।

त्यस्तै द काठमान्डु पोस्टले पनि आफ्नो सम्पादकीय मार्फत विदेशी सञ्चार मध्यमहरूलाई लिएर चिनियाँ चिडचिडाहट बढेको भन्दै वाल स्ट्रिटका पत्रकारहरू माथिको प्रतिबन्ध उल्लेख गरेको छ।

र दूतावासको उक्त वक्तव्यलाई 'जसले खुवाउँछ त्यसकै हात नटोक्नु' भन्ने सन्देश दिने प्रयास हो भनेको छ।

जसको अर्थ चिनियाँ सहयोगहरू लिए पछि चीन विरोधी कुनै पनि सामाग्री प्रकाशित गर्न नमिल्ने पाठ पढाउन सो विज्ञप्ति निकालिएको द काठमान्डु पोस्टको बुझाई छ।

nepali media and chinese embassy spar
Source: screenshot from The Kathmandu Post
यही सन्दर्भमा हामीले पत्रकारितामा विद्यावारिधि गरेका ब्रिसबेन निवासी भरत राज पौडेलसँग यो सम्पूर्ण विवादका बारेमा कुराकानी गरेका छौँ।

उनीसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now