Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण र नेपाली सङ्गीत विश्वमा चिनाउने प्रयास: साप्ताहिक नेपाल सन्दर्भ

Chinese Foreign minister Wang Yi visits Nepal.

Chinese Foreign minister visits Nepal. Source: RSS

चिनियाँ विदेश मन्त्री वाङ तीन दिने भ्रमणका लागी शुक्रवार नेपाल आइपुगेका छन्। यसअघि पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरिसकेका वाङको यो भ्रमण दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणको को एक हिस्सा हो। यस सँगै पछिल्ला सात दिनका प्रमुख समाचार र नेपाली सङ्गीतलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित साङ्गीतिक महोत्सवका बारेमा गरिएको विशेष कुराकानी सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


चिनियाँ विदेश मन्त्री वाङ तीन दिने भ्रमणका लागी शुक्रवार नेपाल आइपुगेका छन्। यसअघि पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरिसकेका वाङको यो भ्रमण दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणको को एक हिस्सा हो। यस सँगै पछिल्ला सात दिनका प्रमुख समाचार र नेपाली सङ्गीतलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित साङ्गीतिक महोत्सवका बारेमा गरिएको विशेष कुराकानी सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा:

  • आगामी स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले बताएको छ। आगामी मे महिनामा हुने चुनावका लागि आयोगले जारी गरेको आचार संहितमा त्यस्तो नियम राखिएको छ। प्रादेशिक र सङ्घीय चुनावका लागि त्यसरी राजीनामा दिनुपर्ने नियम नभएको हुँदा यस नियमका विरुद्धमा रिट पनि दर्ता गरिएको छ, र राजनीतिक दलहरू भने यस  नियमका बारेमा विभाजित देखिन्छन्। उम्मेदवारले राज्यका स्रोतसाधनको प्रयोग नगरुन् भनेर त्यसो गरेको निर्वाचन आयोगले बताएको छ।
  • चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रवार नेपाल आई पुगेका छन्। दक्षिण एसियाली मुलुकहरूको भ्रमणका क्रममा उनी नेपाल आई पुगेका हुन्। यीले विभिन्न सरकारी र राजनीतिक उच्च पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ र उनको भ्रमणका क्रममा नेपाल र चीनले विभिन्न आर्थिक र प्राविधिक परियोजनाका सन्धिहरूमा हस्ताक्षर गर्ने योजना रहेको छ। यस भ्रमणको अवधिमा काठमान्डु उपत्यकामा सुरक्षा व्यवस्था कडा गरिएको छ।
  • कोरोना भाइरसको नयाँ प्रकार डेल्टाक्रोन विश्वमा पहिचान गरिएपछि नेपालले पनि त्यसका लागि परीक्षण गर्न सुरु गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा यो प्रकार देखिएको छैन भने नेपालमा कोरोना भाइरसको सङ्क्रमण पनि निकै कम भइसकेको छ। 
  • दुई वर्षको महामारी पछि काठमान्डु उपत्यकामा इकोज् इन द भ्याली नामक लोकसंगीतको उत्सव फेरी सञ्चालन हुन गइरहेको छ।

शनिवार काठमान्डु र कीर्तिपुरका विभिन्न स्थानमा आयोजना गरिएको यो उत्सवका बारेमा मैले यसका सह आयोजक रिजु तुलाधरसँग कुराकानी गरेकी छु।

 

सन् २०१७ मा सुरु भएको इकोज् इन द भ्याली पहिलो वर्षमा काठमान्डुको असनदेखि इन्द्रचोकसम्म आयोजना गरिएको थियो, जसमा २०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारले एथ्निक, लोक, फ्युजन र विश्वको सङ्गीत प्रस्तुत गरेका थिए।

 

काठमान्डु विश्वविद्यालयमा सङ्गीत पढाउने र आफ्नो ब्यान्डसँग विश्वभर टूर पनि गर्ने रिजु तुलाधरले विश्वमा नेपाली सङ्गीत ओझेल परेको देखिएकोले यस्तो उत्सव आयोजना गरेको बताउँछन्।

पुरा सामाग्री सुन्नुहोस्: चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण र नेपाली सङ्गीत विश्वमा चिनाउने प्रयास: साप्ताहिक नेपाल सन्दर्भ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

"बाहिरबाट नेपालतिर फर्केर हेर्दा भारतको सङ्गीत धेरै हाबी देखिन्छ। यसको कारण के हो त भनेर जिज्ञासा उठ्दा सबभन्दा पहिला नेपालमै यस्ता सङ्गीत प्रस्तुत गर्ने र विकास गर्ने मञ्च हुनुपर्‍यो भन्ने निचोडमा हामी पुग्यौँ। र त्यस्तो मञ्च दिनका लागि यो उत्सव सुरु गर्‍यौँ," तुलाधर भन्छन्।

 

"नेपालमा रक र मेटल उत्सव हुन्छन्, र्‍याप ब्याटल पनि हुन्छन्, तर लोकगीत उत्सव भइरहेको थिएन। त्यस्तो अवस्थामा इकोज् इन द भ्याली सुरु गरिएको थियो। यसबाट लोकगीत बजाउने मानिसहरू निस्कन्छन् भन्ने हाम्रो आशा छ। समय लाग्न सक्छ, तर यसबाट लोकसंगीतको विकास हुन्छ जस्तो लाग्छ।" 

he Bisket festival is celebrated to mark the Nepali New Year 2076, especially in the ethnic Newar communities in Bhaktapur. During the festival ethnic newar devotees carrying a chariot of Hindu gods and goddesses and smear vermilion-color powder on each o
Nepalis sing and dance to traditional music smearing vermilion colour powder during the 'Sindoor Jatra'. Source: EPA/NARENDRA SHRESTHA

१०० भन्दा बढी भाषा र जातीहरू भएको नेपालमा हरेक समुदाय र हरेक भाषीका आ आफ्नै सङ्गीत छन्। विगतका उत्सवहरूमा यस्ता विविध जाती र भाषाका सङ्गीतमा काम गर्ने विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन्।

 

"उत्सवमा नाइट र कुटुम्ब जस्ता ब्यान्डका साथै च्याब्रुङ, नौमती, जस्ता बाजा र स्थानीय भजन र दाफा खलहरू, काठमान्डु विश्वविद्यालयका विद्यार्थी, लगायतले भाग लिएका छन्," तुलाधर भन्छन्।

"यस्ता सङ्गीतलाई प्रवर्द्धन गर्नलाई, कलाकारहरूलाई यी सङ्गीतहरू विकास गर्नका लागि ट्रेनिङ ग्राउन्ड पनि प्रदान गर्ने यो उत्सवको उद्देश्य हो। बाहिर संसारमा पनि नेपालको सङ्गीत सीमित नभएर धेरै देखियोस् भन्ने पनि हाम्रो उद्देश्य हो।"

महामारीका दुई वर्षको समयमा यो उत्सव अनलाइनका माध्यमबाट आयोजना गरिएको थियो, र विश्वभरका नेपालीहरूलाई खुला गरिएको थियो। त्यस समयमा डायस्पोरामा छरिएर रहेका नेपालीहरूले प्रस्तुत गर्ने हरेक विधाका सङ्गीतले उत्सवमा ठाउँ पाएका थिए।

 

"दुई वर्ष पछि भौतिक रूपमा उत्सव आयोजना गर्दा निकै उत्साह छ। सुदूर पूर्वकी झुमा लिम्बु र सुदूर पश्चिमकी दिक्रा वादी सहित थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै हुनुहुन्छ। स्थानीय सङ्गीतकार देखि लिएर पेरु र स्पेन लगायत विश्वभरका कलाकारको उपस्थिति रहेको छ," तुलाधर भन्छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now