चिनियाँ विदेशमन्त्री आउँदै
चिनियाँ विदेशमन्त्री वाङ् यी आइतबार नेपाल आउँदै छन्। उनको नेपाल भ्रमण दुई दिन लामो रहने बताइएको छ।
चिनियाँ विदेशमन्त्री नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निम्तामा नेपाल आउन लागेका हुन्। पाकिस्तानमा सम्पन्न पाकिस्तान, अफगानिस्तान र चीन त्रिदेशीय बैठक सेकर उनी नेपाल आउन लागेका हुन्।
उनले राष्ट्रपती र प्रधामन्मीलाई भेट्ने बताइएको छ।
असोजअन्ततमा चिनियाँ राष्ट्रपतिको संभावित नेपाल भ्रमणको चाँजोपाँचो मिलाउन उनी नेपाल आएको केहि नेपाली संचारमाध्यमा विवरण आएका छन्।
यसैबिच सत्तारुढ दल नेकपामा एकजना अध्यक्ष एवं पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लागीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
चिनियाँ दूतावासले काठमाण्डूमा शनिवार आयोजना गरको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा प्रचण्डले नेपालमा राजनीतिक स्थायीत्व भएसंगै लागनी मैत्री वातावरण बनेकोले अब नेपालको आर्थिक सम्बृद्धिका लागि चिनियाँ सरकार र नीजि क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए।
कृषिमन्त्रीलाई डेंगी
कृषिमन्त्री चक्रपाणी खनाल डेंगीबाट संक्रमित भएका छन्। उनी बुधबार अस्पताल भर्ना भएका हुन्।
देशभर डेंगीबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो समय केहि चिकित्सक र थुप्रै स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएका छन्।
हालसम्म ३ हजारभन्दा बढी मानिसमा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस वर्ष डेंगीका कारण चार जनाको ज्यान गइसकेको छ।
मन्त्री खानाललाई चाहिँ कपिलवस्तु भ्रमणका समयमा संक्रमण भएको बताइएको छ।

एटिम ह्याक गरि तीन करोडभन्दा बढि चोरी
गत शनिबार एटिएम प्रणाली ह्याक गरी ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको भेटिएको छ।उक्त घटना बारे अनुसन्धा गर्न राष्ट्र ब्याङ्कले गठन गरेको टोलीले यस्तो निस्कर्ष निकालेको हो।
घटनाको प्रविधिक पाटोबारे अध्ययन गर्न एक फोरन्सिक टोलीला विदेशबाट झिकाइएको छ।
राष्ट्र ब्याङ्कले गठन गरेको टोलीका संयोजक बमबहादुर मिश्रका अनुसार ती रकम नेपाल र भारतबाट चोरी भएका हुन्। "नेपाल र भारतमा पनि अघिपछि भन्दा धेरै पटक एटिएम घोटेको र रकम निकालेको भेटियो।"
"तर उक्त प्रतिवेदनका अनुसार काठमाण्डूका सातवटा ब्याङ्कका ६७वटा एटिएम बुथबाट एक करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी भएको हो। यस्तै भारतमा रहेका नेपालका ६ वटा ब्याङ्कबाट पनि ठूलो मात्रामा पैसा झिकिएको छ। त्यसरी झिकेका सबै रकम चोरीनै भएका हुन् भन्न सकिँदैन।"
भिसा नेटवर्क र नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (पेनेप्स)को प्रणाली नियन्त्रणमा लिई रकम चोरि भएको बताइएको छ।
उक्त टोलीले एटिएम प्रणालीलाई अझ चुस्ता बनाउन पनि सुझाव दिएको छ। प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको अनुसन्धान पनि जारि रहेको छ।

फेरी किशोरी माथी एयासीड आक्रमण
विरगन्जमा एक जना किशोरीमाथी एयासीड आक्रमण भएको छ। हाल उनको काठमाण्डू स्थित वर्न सेन्टरमा उपचार भइरहेको छ।
कक्षा ९मा अध्ययनरत १५ वर्षिया मुस्कान खातुनलाई सडकमा हिँडि रहेका समया १६ वर्षका सम्साद मियाँ हजामले तेजाब छ्यापिदिएका हुन्।
उनको प्रम प्रस्ताव अस्विकार गरेका कारण सम्सादले मुस्कानलाई एयासिड प्रहार गरेको बायन उनले प्रहरीलाई दिएको बताइएको छ।
"उनले साथीले दिएको सल्लाहा अनुसार तेजाव प्रहार गरेको बताएका छन्। हामीले यी दुव व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेका छौं,"डीएसपी अनन्तराम शर्माले बताए।
काबुलमा दुई नेपालीको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा भएको एक बम विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ।
काबुलस्थित ग्रीन भिलेज क्याम्पसमा सोमबार राती भएको हमलामा १६ जनाको मृत्यो भएको थियो। मृत्यु हुने दुवै नेपाली त्यहँ क्यानेडियन कम्पनीका लागि सुरक्षा गार्डको काम गरिरहेका थिए।

प्रधानमन्त्री स्वदेश फर्के
स्वास्थ्य परिक्षण गर्न सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्केका छन्।
करिब १२ वर्ष अघि मृगौला प्रत्यारोपण गराएको ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनले एक महिना भित्र दुई पटक सिंगापुर गएर स्वास्थ्य परिक्षण गराएका हुन्। उनी पछिल्लो समय १५ दिन बसेर फर्केका हुन्।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भएकाले उनले नियमित कामलाई निरन्तर्ता दिन सक्ने उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताएकि छन्।
प्रधामन्त्री स्वदेश फर्किएकै दिन उनले एक विज्ञप्ति जारी गर्दै प्रधामन्त्रीको शरिरमा बढिरहेको एन्टिबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया सिंगापुरस्थित नेसनल युनिभर्सिटि अस्पतालमा गरिएको र उनी अब नियमित कामा फर्कन सक्ने उल्लेख गरिएको छ।
त्रिभुवन विमानस्थल पुगेका संचारकर्मीहरूलाई कुनै प्रतिक्रिया नदिइकनै बालुवाटर पुगेका थिए।
यसैबिच प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सासंद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिन पर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले प्रधामन्त्रीको स्वास्थ्य अवस्था बारे संसदमा जानकारी नगराइएको बारे चिन्ता पनि व्यक्त गरे। संसदमा बोल्ने क्रममा सासंद थापाले प्रधामन्त्रीको इच्छा शक्तिको प्रसंशा गरेर तर देश चलाउन इच्छा शक्तिमात्र भएर पर्यापत नहुने भएको बताए। उनले सत्तारुढ दल नेकपाका नेताहरूलाई प्रधामन्त्रीलाई विश्राम दिन आग्रह गरे।
आफूले धेरै पटक नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीलाई बा भनी सम्बनोधन गरेको सुनेको बताउँदै उनले भने, "हामी हाम्रा बा बिरामी भएका भए के भन्थ्यौं? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्। हामी हाम्रो बालाई त्यस्तो भन्न सक्छौं तर प्रधानमन्त्री बालाई किन त्यस्तो भन सक्दैनौं?"
आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पनि कन्भेयर बेल्ट राखिएको छ। यसअघि यस्तो सुविधा अन्तराष्ट्रिय टर्मिनलमा मात्र रहेको थियो। संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रवार उक्त बेल्टको उद्घाटन गरेका हुन्।
सगरमाथाबाट ४५ टन फोहोर संकलन
यती एयरलाइन्स र तारा एयरले सगरमाथाबाट ४५ टन फोहोर संकल गरेका छन् र अब त्यसलाई काठमाण्डू ल्याइने बताइएको छ। साथै यी दुई वायुसेवा प्रदायक कम्पनीहरूले सेप्टेम्बर भरीमा थप ३० टन फोहोर संकलन गर्ने जनाएका छन्।
यी दुई कम्पनीले अन्य विभिन्न संघअसंस्थाहरुको सहयोगमा सरसफाइ काम गरेका हुन्।




