कार्यविधि लागु भएपछि जाली उद्धार घट्यो
हिमाल आरोहणका लागि गएका विदेशी पर्यटक विरामी भएको झुटो विवरण दिएर उनीहरुको उद्दार गर्ने क्रममा ९९ सय प्रतिशत कमि आएको सरकारले दावी गरेको छ।
झुटो उद्रदारलाई निरुत्साहित गर्न सरकारले गत सेप्ट्म्बर महिन देखि लागु गरेको पर्यटक खोज , उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि लागू भएपछि झूटो उद्दारका काम कम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताए।
झूटो उद्धार गर्नेहरु माथि सरकारले कारबाहि नगरे सेप्ट्म्बर द्खि नेपालमा भ्रमणमा आएने पर्यटकलाई बीमा सेवा उपलब्ध नगराउनर् अन्तराष्ट्रिय बीमा कम्पनीहरुले चतावनी दिपछि सरकारे उक्त कार्यविधि बनाएको हो।
बुघबार पर्यटन विभागको हलमा विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु र पर्यटन व्यवसयीहरुलाई बोलाएर मन्त्री अधिकारीले केहि समय अघि पर्यटन क्षेत्रमा व्याप्त रहको उक्त विकृति अन्त्य भएको सन्देश दिने प्रयास गर्द भने, 'समस्या समाधान गर्नका लागि हामीले कार्यविधि बनायौं र त्यसयता हामीले उनीहरुको कामको अनुगमन पनि गर्का छौं।
धेरैलाई कारबाही पनि भएको छ र त्यसयता गतल तरिकाबाट उद्धार गर्ने काम ९९ प्रतिशतले घटेको छ।'
उक्ता कार्यविधि अनुसार उद्धार गर्न हेलिक्पटरको प्रयोग गर्न परेको खणंडमा पर्यटन प्रहरी, राष्ट्रिय विषद् व्यवस्थापन विभाग लगायत विभिन्न निकायसंग समन्वय गर्नुपर्ने हुन्छ। तर आकस्मिक उद्धार जस्तो संवेदशिल र तुरुन्तै गरि हाल्न पर्ने कामका लागि थुप्रै निकायसंग अनुमति लिँदा महत्वपूरंय समय खेर जानसक्ने चिन्ता कतपियले गरेका छन्।
न्याय पाउन सकिएन
द्वन्द सकिएको लामो समय बिते पनि पीडितहरुले भने अझै न्याय पाउन नसकेको विषयलाई लिएर संघीय राजधानी काठमाण्डूमा एउटा चित्रकाला प्रदर्शनी गरिएको छ।
द्वन्दकालका बेला मारिएका वा बेपत्ता भएका व्यक्तीहरु विभिन्न व्यक्तिगत सामान र उनीहरुको परिवारले न्याय पाउन भोगेको दुखलाई कलाका विभिन्न माध्म मार्फत प्रदशर्न गरिएको छ। द्वन्दकामा महिला माथि भएका हिंसालाई आवाज मार्फत प्रस्तुत गरिको छ। यस्तो पिडितका परिवारको कथा श्रव्यदृश्य मार्फत देखाइएको छ।
संक्रमणकालिन न्यायका लागि बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारएका व्यक्तिको खोजि गर्न बनेको आयोगका अधिकारीहरु पनि उक्त प्रदर्शनीमा उपस्थित थिए।
गृहमन्त्रीलाई ज्ञापनपत्र
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या भएको ७० दिन बितिसक्दा पनि दोषि पत्ता नलागेको भन्दै सरकारप्रति आक्रोष बढ्न थालेको छ।
कन्जनपुरकी १२ वर्षिय बालिका पन्तलाई न्याय दिलाउन पहल गर्न भन्दै बुधबार प्रदेश नम्बर ७का अधिकारकर्मीहरुले त्यहाँका मूख्य मन्त्री त्रिलोचन भट्टलाई एक ज्ञापनपत्र बुझाए। यस्तै काठमाण्डूमा वभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरुले सिंहदरवार बाहिर प्रदर्शन गर्।
साथीको घरमा गएकी निर्मलाको शप ११ गते भेटिएको थियो। त्यस यता सकरकारले थुप्रै अनुसन्धान टोली गठन गरेपनि अपराधी पत्ता लगाउन सकेको छैन।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजनीनामा मागे गर्दे गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन्।
निर्मालाको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको बिहिबार बुझाएको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री थापाले एक साताभित्र बलात्कारपछि हत्यामा संलग्न दषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा अख्तियारको छानविन
लामो समय देखि विवादमा परेको नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको जनाएको छ।
बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार अख्तियारको काम कारबाहि बारे बुझ्न बोलाएको बैठकमा अख्तियार अनुसन्धान आयोगका प्रमुख नवीन कुमार घिमिरेले उक्त जानकारी दिएका हुन्।
महालेखा परीक्षकको कार्यालयले पनि उक्त खरिद प्रकृयाबारे प्रश्न उठाउँदै आएको छ। सो बैठकमा आयद्य निगमको जग्गा खरिद प्रकमणको बारे पनि प्रश्न उठेको थियो र विभिन्न सासंदहरुले अख्तियारको काम कारबाही पारदर्शी नभएको आरोप लगाएका थिए।
यस्तै अख्तयारले पप्पु कन्सट्रक्सनका तत्कालिन अध्ययक्ष र सासंद हरि नारायण र कन्सट्रक्सनका हालको अध्यक्ष समिति विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल निर्माण गर्दा गुणस्तर हिन सामाग्री प्रयोग गरेको आरोपमा १२ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो।
खसी बोकामा कर नलगाउन निर्देशन
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारलाई खसी, बोकामा व्यवसायीसंग कर नउठाउन निर्दर्शन दिएको छ।
दशैं नजिकिँदै गर्दा व्यवसायहीहरुले खसी,बोका खरिद गरेर बेच्न लैजाँदा स्थानीय सरकारले करलाएको भेटिएकोले यस्तो कर नलगाउन निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ।
यसैबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर सम्बन्धी अराजकता फैल्याउनेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रत पनि निजी क्षेत्रका ठेगान नलागेकोले करसम्बन्धी आराजकता देखिएको उल्लेख हो।" यसलाई छिट्टै समाधान गर्ने आश्वासन पनि उनले दिए।
आयल निगमको घाटा बढ्यो
नेपाल आयल निमगले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने जनाएको छ। निमगले गत साता एक विज्ञप्ति मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्का कारण उसको मासिक घाटा बढ्को निगमले जनाएको छ।
यसै बीच विदेशबाट आयाता हुने धेरै मध्ये पर्ने पेट्रोलियम पदार्थकको मूल्य बढ्दा यसले नेपालको अर्थतन्त्रमा ठूलो समस्याको रुपमा देखिएको व्यापार घाटा अझै बढाउने अर्थविदहरुल बताएका छन्।
यसका लागि वैकल्पिक इन्धन र वैकल्पिक इन्धमा चल्ने सवारी साधानलाई प्रोत्साहान गर्ने सरकारी नीति ल्याउन आवश्यक रहेको उनीहरुले बताएका छन्।
पछिल्लो १५ दिनमा ६४ करोढ ५७ लाख घाटा व्यहोरेको निगमले जनाएको छ। उसका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ, डिजलेमा चार रुपैयाँ ४३ पैसा र ना पकाउने एलपिजी ग्यसमा प्रति सिलिण्डर ४०४ रुपियाँ ७३ पैसा घाटा रहेको छ।
चितवन च्याम्पियन
पहिलो पटक बिदेशी खेलाडी र प्रशिक्षक समावेश गरेर खेलाइएको भलिवल प्रतियोगिता आधी- अवाधी एनभीएस महिला भलिवल प्रतियोगिता चितवन टाईग्रेसले जितेको छ।
दशरथ रंगशालाको कवर्डहलमा मंगलवार भएको फाइनल खेलमा चितवनले सशस्त्र प्रहरी बलको टोली एपीएफलाई ३-०को सोझो सेटमा हराउँदै उपाधी हात परेको हो। तीन अमेरिकी खेलाडी र प्रशिक्षक रहेका चितवनले विभागीय टोली एपिएफलाई शुरु देखि अन्तसम्म दबाबमा राख्यो। पहिलो सेट २५-२०ले जितेको चितवनले दोस्रो र तेस्रो सेटमा २५-१७ र २५-११ले विजयी भयो।
विजेता चितवनले ६ लाख रुपियाँको नगद पुरस्कार पायो। नेपालमा हुने भलिबल प्रतियोगितहरुमा यो निकै ठूलो धनराशी हो। उपविजेता एपिएफले तीन खाल रुपियाँ हात पार्यो भने तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार रुपियाँ पायो।
तेस्रो स्थानका लागि भएको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई २५-१८, २५-२१ र २५-१९को सोझो सेटले जितेको हो। चितवन टाइग्रेसकी अरुणा लामाले प्रतियोगिताकै उत्कृष्ठ खेलाडीको उपाधी र ५० हजार रुपियाँ पाइन्।