Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

श्रीमानको सम्झना र एकल महिलाहरूका लागि उदाहरण बन्नका लागि सगरमाथा चढ्ने अठोटमा निमा डोमा शेर्पा

Nima Dawa Sherpa

निमा डोमा शेर्पा र फूर्दिकी शेर्पा सगरमाथा आरोहण गर्ने तयारीमा छन्। केही वर्ष अघि उनीहरू दुवैका श्रीमानको मृत्यु सगरमाथामा भएको थियो। फूर्दिकीका श्रीमान् आइस फल डाक्टर थिए र आरोहीहरूका लागि डोरी मिलाउने क्रममा उनको सन् २०१३ मा मृत्यु भएको थियो। यस्तै निमाका श्रीमानको सन् २०१४ मा गएको हिम पहिरोमा परी मृत्यु भएको हो। श्रीमानको सम्झना र एकल महिलाहरूका लागि उदाहरण बन्नका लागि सगरमाथा चढ्नु अठोट गरेको उनीहरूको भनाइ छ। आज हामीले दुई सन्तानकी आमा ३४ वर्षीय डोमासंग कुराकानी गरेका छौँ।

Published

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

निमा डोमा शेर्पा र फूर्दिकी शेर्पा सगरमाथा आरोहण गर्ने तयारीमा छन्। केही वर्ष अघि उनीहरू दुवैका श्रीमानको मृत्यु सगरमाथामा भएको थियो। फूर्दिकीका श्रीमान् आइस फल डाक्टर थिए र आरोहीहरूका लागि डोरी मिलाउने क्रममा उनको सन् २०१३ मा मृत्यु भएको थियो। यस्तै निमाका श्रीमानको सन् २०१४ मा गएको हिम पहिरोमा परी मृत्यु भएको हो। श्रीमानको सम्झना र एकल महिलाहरूका लागि उदाहरण बन्नका लागि सगरमाथा चढ्नु अठोट गरेको उनीहरूको भनाइ छ। आज हामीले दुई सन्तानकी आमा ३४ वर्षीय डोमासंग कुराकानी गरेका छौँ।

उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

सगरमाथा चढ्ने सोच कसरी आयो?

मेरो श्रीमान् हुँदा हिमाल चढ्छु भन्ने सोच कहिले पनि आएको थिएन। त्यति बेला म घरभित्रकै काम गरेर बस्थेँ। तर जब मेरो श्रीमानको हिम पहिरोमा परेर मृत्यु भयो त्यसपछि घर र बच्चा सबैको जिम्मेवारी मेरो माथि आयो त्यसपछि यो सोच पनि मनमा आयो।

कत्तिको सजिलो छ जस्तो लागेको छ हिमाल चढ्न?

एकदम गाह्रो छ। शारीरिक रूपमा तयारी गरेर मात्र पुग्दैन रहेछ। हामीलाई सहयोग गर्ने मानिसहरूको पनि खाँचो हुँदो रहेछ। त्यस्तै आर्थिक रूपमा सहयोग पनि चाहिएको छ। त्यसैले हिमाल आरोहणको तयारी गर्न सजिलो चाहिँ छैन। 

पर्वतारोहण सम्बन्धी कुनै तालिम वा अनुभव विना सगरमाथा आरोरहण गर्ने सोच बनाउन भएको हो?

हो, सुरुमा हामीले यो कुरा गर्दा हामीसँग केही अनुभव वा तालिम  थिएन। हामी दुई जना साथीको सल्लाह मात्र थियो। तर अहिले हामीले चाहिने प्रशिक्षण लिइरहेका छौँ। 

सगरमाथाको सफल आरोहण गर्न सक्नु भयो भने पर्वतारोहणलाई नै पेसा बनाउने सोच राख्नु भएको जस्तो देखिन्छ नि?

हाम्रो उद्देश्य त्यही हो। महिलाहरू किन घरको काममा मात्र सीमित रहने भन्ने सन्देश दिन चाहन्छौँ। त्यसो भनेर सबैले सगरमाथा चढ्नुपर्छ भनेको हैन तर कसैले होटेल व्यवसाय वा पैदल यात्रा जे गरे पनि हुन्छ भन्ने हाम्रो कुरा हो। हामी एकल महिलाहरूका लागि उदाहरण बन्न चाहन्छौँ। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now