SKIP TO MAIN CONTENT

कोयाग बैठक: आप्रवासी सङ्ख्या निर्धारण विषयमा राज्य र सङ्घीय सरकारको एकै स्वर

Prime Minister Scott Morrison and NSW Premier Gladys Berejiklian
The PM has a "population framework" in mind for COAG but Gladys Berejiklian wants a slowdown for NSW (AAP) Source: AAP

राज्य र सङ्घीय सरकारहरू बिचको कोयाग बैठक अस्ट्रेलियामा आप्रवासीहरूको मापदण्डका विषयमा केन्द्रित भएको छ। जहाँ सङ्घीय सरकार कतिको सङ्ख्यामा आप्रवासीहरू लिने भनेर मापदण्ड स्थापित गरिरहेको समयमा उक्त विषयमा स्टेट र टेरिटरी सरकारहरूको चाहना र आवश्यकता पनि अगाडी आएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

राज्य र सङ्घीय सरकारहरू बिचको कोयाग बैठक अस्ट्रेलियामा आप्रवासीहरूको मापदण्डका विषयमा केन्द्रित भएको छ। जहाँ सङ्घीय सरकार कतिको सङ्ख्यामा आप्रवासीहरू लिने भनेर मापदण्ड स्थापित गरिरहेको समयमा उक्त विषयमा स्टेट र टेरिटरी सरकारहरूको चाहना र आवश्यकता पनि अगाडी आएको छ।


अस्ट्रेलियाली सरकारहरूको परिषद् अर्थात् कोयाग बैठक प्राय तनावपूर्ण हुने गर्दछ।

प्रधानमन्त्री स्कट मोरिशनले एडिलेडमा जारी बैठकमा जम्मा भएका स्टेट र टेरिटोरीका नेताहरूसमक्ष थप १.२५ अर्ब डलर स्वास्थ्य लगानी दिने घोषणा गर्दै बैठकको सही सुरुवात गरेका छन्।

सो घोषणाका वावजुद पनि पश्चिम अस्ट्रेलियाली प्रिमियर मार्क म्याकगोवन प्रधानमन्त्रीले प्रत्यक्ष घोषणा नगरेर ट्विटर मार्फत उक्त घोषणाका बारेमा आफूले जानकारी पाएकोमा असन्तुष्टि व्यक्त गरे।

population plan
Source: AAP

तर राष्ट्रिय नेताहरूको लागी पछिल्लो समयमा छलफलको लागी प्रमुख मुद्दा भनेको अस्ट्रेलियामा कति सङ्ख्यामा आप्रवासीहरू भित्र्याउने भन्ने नै रहेको छ।

प्रधानमन्त्री मोरिशनले देशमा आप्रवासीहरूको सङ्ख्या घटाउने योजना अगाडी बढाएका थिए।

तर आप्रवासीहरूको प्रवेशमा नियन्त्रण गर्नेबारे मोरिशनद्वारा प्रस्तुत जुन कुनै लक्षले कडा विरोधको सामना गर्नु परिरहेको छ। यहाँसम्म कि उनका आफ्नै सल्लाहकार, अस्ट्रेलियन नेशनल विश्वविद्यालयका जनसंख्याविद पिटर म्याकडोनाल्डले समेत आप्रवासीहरूको सङ्ख्यामा कटौती गर्न नहुने बताएका छन्।

प्रोफेसर म्याकडोनाल्डले सङ्ख्यामा कटौती गर्नु भन्दा पनि पूर्वाधार विकासमा जोड दिनु पर्ने आवश्यकता औँल्याएका छन्।

प्रधानमन्त्री मोरिशनले आफू कुनै उत्तरका लागि प्रतिबद्ध नभएको भए ता पनि सिड्नीमा आफूले गरेको सम्बोधनले धेरै राम्रोसँग सङ्केत दिएको बताएका छन्।

"जहाँ यो रहेको छ त्यो तय गरिएको सङ्ख्या भन्दा कम छ र हामीले त्यतिमा नै सीमित राख्नु ठिक हुन्छ।"

अहिले अस्ट्रेलियाले वार्षिक १ लाख ६० हजार आप्रवासीहरूलाई भित्र्याउने गरेको छ। जुन १ लाख ९० हजार को सरकारले तय गरेको सङ्ख्या भन्दा ३० हजारले कम हो।

Prime Minister Scott Morrison welcomes the Premiers to the COAG meeting in Adelaide
Prime Minister Scott Morrison welcomes the Premiers to the COAG meeting in Adelaide Source: AAP

कोयाग बैठकमा, नेताहरू अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिलाई व्यवस्थापन गर्न राष्ट्रिय ढाँचा बनाउनेमा आफ्नो सहभागितालाई लिएर सहमत देखिएका छन्।

आप्रवासन बैठकको मुख्य मुद्दा बन्नुको पछाडि न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियिन को मेहनत प्रमुख रहेको छ।

उनले सङ्घीय सरकारले निर्धारण गरेको आप्रवासीहरू भित्र्याउने सङ्ख्या र वास्तविकतामा उनीहरू आएपछि के हुन्छ भन्ने बिचको असमाञ्जस्यता प्रस्ट्याएकि थिइन्।

बेरेजिक्लियिन भन्छिन् उनीहरू राज्य सरकार द्वारा लगानी गरिएको सेवा र सुविधाहरूमा निर्भर हुन्छन्, जस्तै कि सडक, विद्यालय, सार्वजनिक यातायात सेवा।

“मेरो राज्यले आप्रवासीहरूको अनुचित भार लिनु परेको छ।"

यसले राज्यको पूर्वाधार सेवाहरूमा धेरै चाप पुर्‍याउने भन्दै उनले राज्य र टेरिटोरीलाई आप्रवासीको सङ्ख्या निर्धारण र आप्रवासीहरू कहाँ आवश्यक छ भन्ने बारेमा बोल्न प्राथमिकता दिएकोमा खुसी व्यक्त गरिन।

Victorian election 2018
Premier Daniel Andrews says his government will embark on a multi-billion dollar infrastructure blitz. Source: AAP

भिक्टोरियाका प्रिमियर ड्यानिएल एन्ड्रुज लेबर पार्टी नेतृत्व पन्थीका महत्त्वपूर्ण व्यक्ति र राज्यमा अवस्थित सङ्घीय गठबन्धनका प्रमुख आलोचकका रूपमा चिनिन्छन्।

तर कोयाग बैठकमा लिइएको कदमको भने उनले आलोचना गरेनन्। उनले जे जस्तो निर्णय लिइएको छ त्यो ऐतिहासिक छ भनेका छन्।

तर पनि एन्ड्रुजले सोही दिन केही समय अगाडी आप्रवासीहरूको चाप रहेका राज्य र टेरिटरी का प्रमुख सहरहरूमा समस्या देखिनुको पछाडि सङ्घीय सरकारले राज्य र टेरिटोरीलाई प्रदान गरिने लगानीमा कटौती गर्नुलाई प्रमुख कारण भनेका थिए।

साना राज्य र टेरिटोरीहरूले भने पूर्वाधारमाथि बोझ हुनु भनेको त टाढाको कुरा हो भन्दै आप्रवासीहरूले कामदारहरूको आवश्यकता पूर्ति गर्ने र उनीहरूको स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएका छन्।

दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टेभन मार्सल भन्छन्, “प्रत्येक राज्य र टेरिटोरीका आ-आफ्नै आवश्यकता हुन्छन् हाम्रो राज्यमा भने अझै धेरै आप्रवासीहरू चाहन्छ।“


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now