SKIP TO MAIN CONTENT

अशक्तहरूको सेवा प्रदायकहरूबाट गम्भीर लापरवाही भएको एक प्रतिवेदनको ठहर

Greens Senator Jordan Steele-John is seen during Senate Question Time at Parliament House in Canberra, Monday, November 12, 2018. (AAP Image/Sean Davey) NO ARCHIVING
Greens Senator Jordan Steele-John is seen during Senate Question Time at Parliament House in Canberra. (AAP Image/Sean Davey) Source: AAP

अशक्त हेरचाह व्यवस्था अनुसार सेवा लिइरहेका मानिसहरूको मृत्यु पश्चात् सेवा प्रदायकहरूलाई आपराधिक अनुसन्धानको लागी भन्दै प्रहरी कहाँ सिफारिस गरिएको छ। भिक्टोरियाको अशक्त सेवा सुविधाहरूका आयुक्तको प्रतिवेदनमा ती घटनाहरूको बारेमा उल्लेख गरिएको छ। उनले राष्ट्रिय शाही आयोगले ती मृत्युहरूका सम्बन्धमा छानबिन गर्नु पर्ने बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अशक्त हेरचाह व्यवस्था अनुसार सेवा लिइरहेका मानिसहरूको मृत्यु पश्चात् सेवा प्रदायकहरूलाई आपराधिक अनुसन्धानको लागी भन्दै प्रहरी कहाँ सिफारिस गरिएको छ। भिक्टोरियाको अशक्त सेवा सुविधाहरूका आयुक्तको प्रतिवेदनमा ती घटनाहरूको बारेमा उल्लेख गरिएको छ। उनले राष्ट्रिय शाही आयोगले ती मृत्युहरूका सम्बन्धमा छानबिन गर्नु पर्ने बताएका छन्।

भिक्टोरियाका अशक्त सेवाहरूका आयुक्तको प्रतिवेदनले अशक्त सेवा प्रदान गर्न सेवा प्रदायकहरूउ चुकेको र वर्ष २०१७/१८ मा भएका मृत्युहरूको कारण बनेको जनाएको छ।

गएको वर्ष मात्र आयुक्तलाई ती मृत्युहरूको परिस्थितिहरूका बारेमा अनुसन्धान गर्न नयाँ अधिकारहरू प्रदान गरिएको थियो। जस अन्तर्गत प्रत्येक घटनालाई परीक्षण गरेर सेवा र हेरचाह प्रदान गर्नमा कसरी चुक्यो भन्ने बारे व्यवस्थित रूपमा चित्रित गर्न भनिएको थियो।

आयुक्त आर्थर रोजर भन्छन् गएको वर्ष भिक्टोरियाको संसदीय समितिद्वारा गरिएको अनुसन्धानमा देखिएको स्तरीय सेवा दिन चुकेको भन्ने कुरा निश्चित भएको छ। अन्य राज्यहरू र अन्तर्राष्ट्रिय स्तरबाट सो विषयमा गरिएको अनुसन्धानबाट पनि एउटै नतिजा आएको थियो।

प्रतिवेदनले आधि भन्दा धेरै मुटु रोगबाट पीडितहरू जसको मृत्यु मुटुमा समस्या भएका कारणले भएको हुन सक्ने अनुमान गरिएको छ उनीहरूले बितेका वर्षहरूमा न त मुटु रोग विशेषज्ञ न त डाइटीशियनलाई नै भेटेको देखिएको छ।

प्रतिवेदनले कमजोर अभिलेखीकरण, साथै मूल्याङ्कनमा कमी र सहयोग योजना र कर्मचारीहरूले पनि उक्त योजना अनुरूप काम नगरेको जस्ता कमजोरीहरूलाई आंसिक रूपमा मृत्युको कारणका रूपमा देखाएको छ।

आयुक्त रोजर यो कुनै पनि हिसाबले स्वीकार्य नभएको बताउँछन्।

भिक्टोरियाका ८८ वटा घटनालाई छानबिन गरिएकोमा आधा सरकार अन्तर्गत रहेका सेवा प्रदायक छन् भने आधा गैर सरकारी।

तिन वटा मृत्युका कारणहरूमा खाना सर्किएर भएको बताइएको थियो र अन्य सात वटा स्वासप्रस्वास सम्बन्धी निमोनिया भएको भनिएको थियो जुन घातक त हुन्छ तर सावधानी अपनायर यसबाट बच्न सकिन्छ। यो विशेष गरी खाना, तरल पदार्थ, र्‍याल आदि फोक्सोमा पुग्ने गरी निल्दा हुने गर्दछ।

प्रतिवेदनले आधि भन्दा धेरै मुटु रोगबाट पीडितहरू जसको मृत्यु मुटुमा समस्या भएका कारणले भएको हुन सक्ने अनुमान गरिएको छ उनीहरूले बितेका वर्षहरूमा न त मुटु रोग विशेषज्ञ न त डाइटीशियनलाई नै भेटेको देखिएको छ।

उनी भन्छन् "तपाइले के बुझ्न जरुरी छ भने वृद्ध स्याहार केन्द्रहरूमा शाही आयोग भन्नेमा अशक्तताको भाग समुदायबाट दबाब आएपछि मात्र राखिएको हो।र यहाँ धेरै त्यस्ता अशक्तता भएका मानिसहरू छन् जो वृद्ध स्याहार प्रणालीको हिस्सा छैनन्। "

बौद्धिक अशक्तता भएका मानिसहरूमा निल्न समस्या हुने कारण खाना वा तरल पदार्थ निल्दा सर्किएर मृत्यु हुन सक्ने जोखिम उच्च हुने गर्दछ, तर प्रतिवेदनले खाना खुवाउँदा हतार गरिएको वा खाना राम्रोसँग काटेर नखुवाइएको बारेमा जोड दिएको छ।

५ मध्ये ४ मृत्यु सगोलमा बस्नेहरूको भएको प्रतिवेदनले देखाएको छ। सामान्य जनसङ्ख्यामा मृत्यु हुनेहरू भन्दा ३० वर्ष कम रहेकाहरूको मृत्युदर अशक्त जनसङ्ख्यामा देखिएको छ जसमा औसत मृत्यु भएको उमेर पुरुषहरूको ५२ र महिलाहरूमा ५४ रहेको छ।

बौद्धिक अशक्तता भएका मानिसहरूमा निल्न समस्या हुने कारण खाना वा तरल पदार्थ निल्दा सर्किएर मृत्यु हुन सक्ने जोखिम उच्च हुने गर्दछ, तर प्रतिवेदनले खाना खुवाउँदा हतार गरिएको वा खाना राम्रोसँग काटेर नखुवाइएको बारेमा जोड दिएको छ।

भिक्टोरियाको अशक्तता भएका व्यक्तिहरूको लागि वकालत गर्ने भ्यालिड (VALID ) नामक संस्थाका प्रमुख कार्यकारी केभिन स्टोन भन्छन् उक्त प्रतिवेदनमा उल्लेख गरिएका जानकारीहरू आपत्तिजनक छन् र यथाशीघ्र यसका लागी कदम चाल्नु पर्दछ।

प्रतिवेदनले आधि भन्दा धेरै मुटु रोगबाट पीडितहरू जसको मृत्यु मुटुमा समस्या भएका कारणले भएको हुन सक्ने अनुमान गरिएको छ उनीहरूले बितेका वर्षहरूमा न त मुटु रोग विशेषज्ञ न त डाइटीशियनलाई नै भेटेको देखिएको छ।

स्टोनले प्रतिवेदनमा उल्लेख गरिएका विषयहरूलाई हेर्दा फेब्रुअरीबाट सुरु भएको वृद्ध स्याहार केन्द्रहरूमा शाही आयोगको अनुसन्धान बाहेक छुट्टै आयोग बनाएर अशक्तता भएकाहरूका लागि पनि अनुसन्धान सुरु गर्नु पर्ने आवश्यकता देखिएको बताएका छन्।

हिँडडुलमा प्रभाव पार्ने सेरेब्रल पल्सी बाट पीडित कलाकार र अधिवक्ता कृष् भ्यान इन्गेन उक्त आव्ह्वानलाई समर्थन गर्छन्।

उनी भन्छन् "तपाइले के बुझ्न जरुरी छ भने वृद्ध स्याहार केन्द्रहरूमा शाही आयोग भन्नेमा अशक्तताको भाग समुदायबाट दबाब आएपछि मात्र राखिएको हो।र यहाँ धेरै त्यस्ता अशक्तता भएका मानिसहरू छन् जो वृद्ध स्याहार प्रणालीको हिस्सा छैनन्। "

प्रतिवेदनमा उल्लेख भएको अर्को समस्या भनेको सञ्चार वा सूचना आदान प्रदानमा कमी रहेको छ।

यसबारे व्यक्त भएका चिन्ताहरुमा अशक्तता भएका मानिसहरूको आफ्नो आवश्यकतालाई लिएर सूचना आदान प्रदान गर्ने क्षमता बारे न कुनै मूल्याङ्कन भएको छ न कुनै योजना नै देखिएको छ।

प्रतिवेदनमा जनाइए अनुसार बोल्न नसक्नेहरूका लागी प्रविधि वा अन्य प्रक्रिया द्वारा उनीहरूको स्वास्थ्य अवस्थामा आएको गिरावट र व्यायामहरूका लागि छनौटको सुविधा र आफ्नो जीवन आफ्नै ढङ्गले जिउने रोजाइ दिन चुकेको देखिएको छ।

भ्यान इन्गेनले आफैंलाई पनि हेरचाहमा रहेकाहरूले हतार गर्दा र उनको खानाको आवश्यकतालाई ध्यान नदिँदा खाना सर्किएको बताएका छन्।

तर उनले भने भाग्यबस म मेरो अवस्था बारे बोल्न र आफ्ना कुरा राख्न सक्थेँ।

वर्षको सुरुवात तिर सिनेटर जोर्डन स्टिली- जोन ले एउटा भावुक भाषण दिदैं हेरचाह गर्न खटिएका कर्मचारीहरूकै लापरबाही र गाली गलौज र शारीरिक हिंसाका कारण ज्यान गुमाउने अस्ट्रेलियालीहरूको नामहरूको सुची प्रस्तुत गरेका थिए।

उनले एउटा छुट्टै शाही आयोगको आवश्यकतामा जोड दिएका थिए। 

लेबर पार्टीले यदि आगामी निर्वाचनमा आफ्नो जित भए उसले दोस्रो र छुट्टै शाही आयोग आशक्तहरुको हेरचाहका लागी बनाउने बताएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now