नयाँ सत्रका लागि विद्यालय सुचारु हुँदा कोभिड–१९ को सुरक्षा प्रति चिन्ता

Back to school

Back to school Source: Getty images

सरकारी खोप योजनाको प्राथमिकतामा कर्मचारी र शिक्षक नपर्दा विद्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने विषय यतिखेर सबैको चासो बनेको छ ।


गत वर्ष कोरोनाको सङ्क्रमण देखिएपछि दर्जनौ विद्यालयहरू सरसफाइका लागि बन्द भए ।

दशौँ हजार बिद्यार्थीहरु पहीलोपटक अनलाइनको माध्यमबाट पढ्न बाध्य पारिए ।

शिक्षकहरूको सङ्गठन भन्छ की यो वर्ष विद्यालय बन्द हुने अवस्थालाई रोक्न शिक्षक एवम् विद्यालयका कर्मचारीहरूलाई उपलब्ध हुना साथ खोप कार्यक्रममा समावेश गर्नु पर्दछ ।

अहिलेको सरकारी योजनामा हेर्ने हो भने विद्यालय शिक्षकहरू खोपको प्राथमिकता समूहमा परेका छैनन् ।

Preparing a daycare facility for returning to classes
Preparing a daycare facility for returning to classes Source: E+

यसको मतलब उनीहरूले सामान्य मानिसले जस्तै खोपको पालो पर्खनु पर्नेछ ।

स्वतन्त्र शिक्षा युनियनका सचिव मार्क नोर्थाम अस्ट्रेलियाको यो योजनामा परिवर्तन हुनु पर्ने बताउँछन् ।

“हामी विश्वास गएका छौ कि हाम्रा विद्यालयका सदस्यहरू सरकारी योजनाको पहिलो वा दोस्रो चरणमा समावेश गरिनु पर्छ , सन् २०२१ म शिक्षा क्षेत्र अवरुद्ध हुनु हुदैन् ।”

अन्य मुलुकहरूले यसमा फरक दृष्टिकोण अपनाइरहेका छन् ।

रसियाले स्पुतनिक ५ खोप कार्यक्रम लागु गर्दा शिक्षकहरूलाई प्राथमिकतामा राखेको छ । बेलायतमा पनि शिक्षकहरूलाई खोप कार्यक्रममा प्राथमिकतामा राख्न हस्ताक्षर कार्यक्रम नै सुरु भएको छ ।

नोर्थाम भन्छन् सन् २०२० मा महामारीका बिचमा शिक्षकहरूले अविश्वसनीय कार्य गरेका छन् । र यो त्यति सहज थिएन ।

शिक्षकहरू विद्यालय फर्कँदा सुरक्षाको विषयमा चासो राखेका छन् ।

“जादुगर झैँ उनीहरूले विद्यालयमा काम गरेका छन् ,तर विद्यालय भित्र शिक्षक पढाउँदै मास्क प्रयोग गर्दा कस्तो देखिएला हामी कल्पना गरौँ त ।”

अस्ट्रेलियाको खोप कार्यक्रममा सङ्क्रमणको जोखिममा रहेका मानिसहरू प्राथमिकतामा परेका छन् ।

Schools during COVID
Girl wears pretty mask Source: Getty Images Larissa Veronesi

अस्ट्रेलियन मेडिकल एसोसिएसनका क्रिस मोय शिक्षकहरूले समाजको अत्यावश्यक सेवामा सक्रिय भए पनि कोरोनाको सङ्क्रमणको जोखिममा भने नपर्ने बताउँछन् ।

अस्ट्रेलियाले सोमबार आफ्नो खोप योजनालाई संशोधन गरेको छ ।

जसमा १६ वर्ष भन्दा माथिका बालबालिकालाई दोस्रो चरणमा समावेश गर्ने जनाएको छ ।

यस अघि १८ वर्ष माथिका लागि मात्र खोप कार्यक्रम अनिवार्य हुने बताएको थियो ।

खोप योजनामा १६ वर्ष भन्दा मुनीकालाई चिकित्सकले आवश्यक ठाने मात्र खोप दिइने बताइएको छ ।

सरकारले फाईजर बायोनटेकको खोपलाई अनुमति दिँदा १६ वर्ष माथिका लागि मात्र भनेर अनुमति दिएको छ र त्यो भन्दा कम उमेरका बालबालिकाको हकमा नयाँ निर्णय को आवश्यकता रहनेछ ।

बालबालिकाको सङ्क्रमण रोग एवम् खोप अनुसन्धान एवम् निगरानी कार्यक्रमका प्राध्यापक क्रिस्टीन मार्कटनी बालबालिका लाई खोप लगाउने बर्षो लाग्ने बताउँछिन् ।

COVID-19. Teacher marks empty places in the classroom
Teacher measuring and marking places in the classroom for returning of students after the coronavirus pandemic. Source: Getty

यदि कर्मचारी एवम् बिद्यार्थीहरु खोप कार्यक्रममा प्राथमिकतामा पदैनन् भने विद्यालय कसरी सुरक्षित रहन्छ त ?

विद्यालयहरू राज्य र टेरीटरीबाट नियमन हुने भएकाले हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले देशभरका बिद्यालयहरुलाई निर्देशीकाहरु जारी  गरेको छ ।

जसमा स–साना कक्षाहरू बनाउने ,सामाजिक दुरी कायम गर्न आवश्यकता अनुसार फर्निचर मिलाउने, खाना खाने समयमा हेरफेर गर्ने लगायतका छन् ।

प्राध्यापक म्याकन्र्टी शून्य सङ्क्रमण रहँदा पनि विद्यालयहरूले सामाजिक दुरी कायम राख्नु पर्ने बताउँछन् ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now