कोरोना संकट: नेपाल सरकारको अन अराइभल भिसा कडाइले अस्ट्रेलियाका नेपाली पनि प्रभावित हुने

New data from the Department of Home Affairs on who has been allowed to leave Australia, which countries they are going to, and why, has revealed some "concerning trends".

Data from the Department of Home Affairs on who has been allowed to leave Australia, which countries they are going to, has revealed some "concerning trends". Source: AAP

केहि दिन पछि नेपाल जाने योजना बनाएका अस्ट्रेलियामा रहँदै आएका नेपालीहरूलाई बिहीबार सरकारले जारी गरेको अन अराइभल भिसा प्रदान नगर्ने निर्णयले प्रभाव पार्ने भएको छ।


कोभिड-१९ को जोखिम न्यूनीकरणका निम्ति भन्दै अन अराइभल भिसा प्रदान गर्ने व्यवस्थामा नेपाल सरकारले थप कडाइ गरे पछि तत्कालका लागी अत्यावश्यक बाहेक नेपाल जाने योजना बनाउँदा केही झन्झटिलो हुने देखिएको छ।

बिहीबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले विश्वभर कोभिड -१९ अर्थात् कोरोना सङ्क्रमण बढ्दै गर्दा सो निर्णय गरेको हो।

यही शनिवार राति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि विदेशीहरू साथै गैर आवासीय नेपालीहरूका लागी पनि नेपाल प्रवेश विन्दुमा भिसा प्रदान नगरिने बैठकले निर्णय गरेको छ।

Nepal migrant workers
(PRAKASH MATHEMA/AFP/Getty Images) Source: Getty

विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना सङ्क्रमणलाई विश्वव्यापी महामारीका रूपमा व्याख्या गरेपछि नेपाल प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने समितिले निर्णय गरेको हो।

सुरुवातमा पाँच वटा राष्ट्रहरूबाट आउनेहरूलाई मात्र भिसा नदिने गरिएकोमा सङ्क्रमण बढ्ने क्रम नरोकिए पछि अन अराइभल भिसा प्रदान नगर्ने सुचीमा थप राष्ट्रहरूलाई राखिएको हो।

जसलाई चाहिँ अर्जेन्ट रूपमा नेपाल जानु पर्नेछ, उनीहरूले विदेशमा रहेका नेपाली नियोगहरू अस्ट्रेलियाको हकमा क्यानबेरामा रहेको राजदूतावास र विभिन्न सहरहरू जस्तै सिड्नी, मेलबर्न, एडिलेड, पर्थमा रहेका कन्सुलेटहरू बाट भिसा लिएर जान सक्छन्।

क्यानबेरा स्थित नेपाली दूतावासलाई अन अराइभल भिसा प्रदान नगरिने बारे नेपाल सरकारले शुक्रवार आधिकारिक जानकारी गराएको  उपनियोग प्रमुख दुरापदा सापकोटाले बताएकी छन्।

शनिवार मध्यरातबाट लागू हुने उक्त नियम अनुसार नेपालको भिसा पहिले नै लिएकाहरूले नेपाल जानू अघि स्वाब परीक्षण गरेको प्रमाण पत्र पेस गर्नु पर्ने सापकोटाले जानकारी दिइन्।

Durapada Sapkota
Source: facebook/ Durapada Sapkota

त्यस्तै नेपालको भिसा प्राप्त गरेर नेपाल प्रवेश गरिसके पछि पनि सबैले आफूलाई १४ दिन सम्म क्वारेन्टिनमा राख्नु पर्ने हुन्छ।

पर्वतारोहण गर्ने सिजन भएका कारण पहिले नै सम्पूर्ण बुकिङ गरेकाहरूलाई नेपाल प्रवेश गर्न केही मापदण्ड पुरा गर्नु पर्ने र नेपाल जानु पूर्व आफ्नो ट्राभल एजेन्टहरूसँग सम्पर्क गर्न पनि सापकोटाले सुझाव दिएकी छन्।

साथै सापकोटाले आधिकारिक जानकारी आई नसकेको भए पनि अप्रिल ३० सम्मको अवधिमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट नदिने प्रक्रिया थालिएको बताएकी छन्।

"जसलाई चाहिँ अर्जेन्ट रूपमा नेपाल जानु पर्नेछ, उनीहरूले विदेशमा रहेका नेपाली नियोगहरू अस्ट्रेलियाको हकमा क्यानबेरामा रहेको राजदूतावास र विभिन्न सहरहरू जस्तै सिड्नी, मेलबर्न, एडिलेड, पर्थमा रहेका कन्सुलेटहरू बाट भिसा लिएर जान सक्छन्।"

भिसा प्राप्त गरिसकेकाहरूले नेपाल जानु पूर्व बढीमा सात दिन अगाडी गरेको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नु परे पनि नियम लागू भए पछि नेपाल जान चाहने जो कहिले भिसा आवेदन हाल्दा स्वास्थ्य परीक्षण गरेको प्रमाण पेस गर्न सक्ने छन्।

गैर आवासीय नेपालीका लागी

दुरापदा सापकोटाले गैर आवासीय नेपाली परिचय पत्र लिएकाहरूले नेपालमा अन अराइभल भिसा सँगै भिसा शुल्क पनि तिर्नु नपर्ने व्यवस्था रहने गरेकोमा अब उनीहरूले पनि काठामाण्डु विमानस्थलमा अन अराइभल भिसा पाउने छैनन्।

तर उनीहरूले पनि विदेशमा रहेको नेपाली नियोगबाट भिसा प्राप्त गर्दा पनि निःशुल्क नै प्रदान गरिने जानकारी दिएकी छन्।

शुक्रवार बिहान उक्त भिसा कडाइका बारेमा समाचारहरू प्रसारण भए पछि यसबारे बुझ्न धेरैले  दूतावासमा फोन गरेको उनको भनाई छ।

"खास हामीलाई आधिकारिक रूपमा चाहिँ (जानकारी)आइसकेको थिएन। … समाचार धेरै फैली सकेको रहेछ र त्यसैको आधारमा धेरै जनाले भेरिफाइ गर्न बिहान देखि फोन, इमेलहरू आएको आएकै छ।"    

तत्काल नेपाल जानु पर्ने परिस्थितिमा पनि एक हप्ता भित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाण पत्रका साथ नेपाली नियोगमा भिसा आवेदन हाल्न सकिने छ।

Campaign against corona virus in Nepal
Source: RSS

यस अघि बुधवार नेपालमा कोरोना भाइरसलाई  लिएर साझा धारणा बनाउने उद्देश्यले बोलाइएको प्रमुख राजनीतिक दलहरूको छलफलमा हवाई तथा स्थल मार्गका नाकाहरूमा अपनाइएको सुरक्षाका प्रबन्ध पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको थियो।

बिहीबार  ढिलो गरी बसेको उच्च स्तरीय समितिको बैठकले पैदल मार्गबाट नेपाल प्रवेश गर्ने विदेशीहरूका हकमा पनि केही निश्चित भारतीय नाकाहरूबाट मात्र नेपाल प्रवेश गर्न पाइने निर्णय गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now