कुलमान माथि भ्रष्टाचार गरेको आरोप
नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सासंद अमनलाल मोदीबीच संसदको एउटा समितिमा चर्का चर्की पर्यो।
मंलगवार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिंङले कडा स्वरमा त्यसको प्रतिवाद गरे। "मैलै भ्रष्टाचार गरेको छैन। यदि मैलै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डेर मर्न पनि तयार छु," उनले भने।
लोडसेडिङका बेला डेडिकेटेड फडर र ट्रक लाइन मार्क्ष उद्योगीहरुलाई उपलब्ध गराएको विद्युत सुविधाबापत करोडौ रुपैयाँ असुलि नभएको विषयमा दुई जनाबीच चर्चकचर्की चलेको हो।
लामो समय चलेको लोडसेडिङलाई हटाएका कारण घिसिङ निकै लोकप्रिय बनेका छन् र सासंद मोदीले घिसिङले त्यही लोकप्रियताको आडमा रहेर अनिमितता गरेको आरोप लगाएका हुन्।
यस विषयमा थप छानविन गर्न लेखा समितिले एक उप सिमिति गठन गरिने जनाएको छ।

एकै रात दुई परिवारका ९ जनाको हत्या
पाँचथरको मिक्लाजुङ्कमा मंगलवार बमबहादुर फियाएक र धनराज शेर्माका परिवारका ९ जनाको हत्या भएको छ।
हत्यामा संगलग्न रहेको भनी प्रहरीले आशंका गरेको मानबहादुर घटनास्थलभन्दा डेढ घण्टा परको लिम्बा गाउँमा झुण्डीएको अवस्थामा फेला परेका छन्।
सुनसन रातमा मुकुन्डो लगाएका व्यक्तिले बमबहादुरको घरमा छिरेर त्यहाँ रहेका चार जनाको हत्या गरेको र त्यस लगत्तै बमबहादुरको ज्वाईँ धनराजको घरमा गइ त्यहाँ रहेका पाँचजनाको हत्या गरिएको प्रहरीले जनाएको छ।
बमबाहुरको १२ वर्षिया नातिनि सिता खजुमले भने घटना स्थलबाट भागेर ज्यान बचाउन सफल भइन्। उक्त घटना पछि पुरै गाउँ अझै त्रासमा रहेको बताइएको छ। गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुन्धान भइरहेको बताएका छन्।
बालगृह खोल्न अनुमती नदिनु
यस्तै संसदको महिला तथा सामाजिक समितिले एकिकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाका नयाँ अनार्थालय वा बालगृह दर्ता गर्न नदिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।
हाल संञचालनमा रहेका मध्ये अधिकांश यस्ता बालगृहहरुले सामान्य मापदण्ढ पालना नगरेको उनीहरुको भनाइ छ।
यस्तै समितिले हाल संचालनमा गरेहका गैररकारी बालगृहरुको नामावली संकलन गरि तिनको प्रगति विवरण सहितको सूचि महिना दिन भित्र बुझाउन समाज कल्याण परिषदलाई निर्देशन दिएको छ।
नक्कली भारु सहित पक्राउ
प्रहरीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका तीन जना पाकिस्तानी नागरिकलाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
उनीहरुबाट नक्कली भारतीय ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै उनीहरुलाई विमानस्थलमा लिन गएका तीन जना नेपाली पनि पक्राउ परेका छन्।
जसमध्ये एक नक्कली भारु प्रकरणमा पटक पटक समातिएका युनुस अनसारी पनि रहेको बताइएको छ।

चीनले गर्यो बीआरआईको बचाउ
चीनले बीआरआई मार्फत ऋणको पासोमा पर्छ भनी आएका टिकाटिप्पणी गलत भएको जनाएको छ। केहि साताअघि अमेरिका भ्रमणमा रहेका एकजना उच्च अमेरीकी अधिकारीले चिनियाँ ऋणले पासोमा पार्ने भन्दै बीआरआई सम्झौता नेपालको हितमा रहेकमात्र अघि बढाउनु पर्ने बताएका थिए।
त्यसको जवाफमा बिहिबार काठमाण्डौं स्थित चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलना चिनियाँ राजदूत होउ याङ्छीले त्यसको खण्डन गरिन्।
"केहि मुलुकले बीआरआईले ऋणको पासोमा पार्ने भन्दै प्रश्न उठाइरहेका छन् त्यो गलत हो," उनले भनिन्। "बीआरआइङमा कसैले घाटा खानु पर्दैन। यसम योगदान दिने सबैपक्षले समान लाभ पाउनेछन्।"
बीआरआइले प्रचलित कानुन अनुसार काम गर्ने भन्दै उनले यसमा आर्थिक क्षति बेहोर्नुपर्ने स्पष्ट पारिन्।

बढ्यो भिसा शुल्क
विदेशीका लागि भिसा शुल्कमा बृद्धि भएको छ। विदेशी पर्यटकलाई यस अघि न्यूनतम १५ दिनको भिसाका लागि ३० अमेरिकी डलर पुर्याइएको छ।
यसअघि त्यसका लागि २५ डलर तीर्नु पर्थ्यो। साथै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट बढाएर ५० पुर्याइएको अधिकारीहरुले बताएका छन्।
नेपाल सरकार झण्डै एक दशकपछि पर्यटक भिसा शुल्क बढाएको हो।




