क्रिसमसको चाड नजिकै आई रहेको बेला, एक अस्ट्रेलियाली संस्थाले यहाँ बढ्दै गएको आवास-विहिनहरुको अवस्थाको बारेमा प्रकास पारेको छ।
अस्ट्रेलियन ईन्स्टिच्युट् अफ हेल्थ एण्ड वेलफेयरले हालै सार्वजनिक गरेको एक रिपोर्टमा आफ्नो बस्ने ठाउ नभएका कारण साथी-भाई र आफन्तमा गई बस्नेहरुको संख्या पनि निकै बढ्दै गएको उल्लेख गरेको छ।
उक्त रिपोर्टका अनुसार, गत आर्थिक बर्ष १७/१८मा आवासका लागि करिब ३ लाख मानिसहरुले वासस्थानको व्यवस्था गर्न सहयोग खोजेका थिए।
यो संख्या पाँच बर्ष अघिको तुलनामा ३५ हजारको संख्याले बढेको छ।
साथै, घर-विहिनहरुको संख्यामा, ६१ प्रतिशत महिला हरु रहेको र झण्डै ३० प्रतिशत चाहि १८ बर्षभन्दा मुनिका रहेका छन् भनि बताईएको छ।
होमलेसनेस अस्ट्रेलियाकी प्रमुख जेनि स्मिथ ले घर-बिहिनहरुको समुहमा महिलाको संख्या बढी भएकोमा आफूलाई आश्चर्य नलागेको बताउछिन्।
बिशेषगरी महिला बर्ग, आफ्नो बच्चाहरु स्याहार-सुसार गर्ने क्रममा व्यस्त रहन्छन्, र त्यो कारणले पनि उनीहरुको रोजगारीमा प्रवेश गर्ने मौका घट्दै जान्छ, अनि दुर्भाग्यवस, घर-विहिन हुन पुग्छन् भन्ने उनको बिचार रहेको छ।
यसै गरी, यस सम्बन्धमाम् काम गर्ने संस्था का सहायक कार्यकारी प्रमुख म्याथ्यु जेम्सले पनि पारिवारिक हिंसा र मानसिक स्वस्थ्य जस्ता समस्याहरुका कारण धेरैले आवासको सुबिधा माग्न बाध्य भएको बताउछन्।
यस संस्थाले प्रकाशित गरेको रिपोर्टमा- बाहिर नदेखिने, तर घर-विहिनताको समस्या भोग्दै आएका हरुको पनि उल्लेख गरिएको छ। “काउच सर्फर” नाम दिईएको यस बर्ग, साथी-भाई, आफन्त कहाँ गएर बसि समस्या टार्दै आएको- तर यो समस्या दिनँहु बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरिएको छ।
अधिकारी जेम्सका अनुसार, काउच सर्फरको समस्या बढदै गएको र यिनीहरु, सहयोग माग्ने अरुभन्दा कम उमेरको रहेको बताउछन्।
सम्बन्धित अधिकारिहरुको अनुसार, घर-विहिनताको समस्या सजिलै हल हुन निकै चुनौतिपूर्ण हुने बताउछन्। सरकारले उपलब्ध गराएको सुबिधा माग भन्दा निकै कम रहेक कारण आउदा दिनहरुमा यो समस्या झनै जटिल हुनै जान सक्ने स्मिथ बताउछिन्। यस्तो अवस्थामा कति मानिसहरुको शोषण पनि भएको उनी बताउछिन्।
अस्ट्रेलिया भरिको तथ्यांक हेर्ने हो भने, नर्दन टेरिटोरिमा आवासको सुविधा खोज्ने हरुको संख्या निकै रहेको बताईन्छ। यता न्यु साउथ वेल्स राज्यमा भने गत चार बर्ष देखि घर-बिहिनहरुको संख्यामा ७ प्रतिशतले वृदि भईरहेको देखिन्छ।
एन टि सेल्टरका एक अधिकारि, पिटर म्याकमिलन का अनुसार नर्दन टेरिटोरिको भागमा घर-विहिनहरुको संख्या १२ दोब्बर रहेको छ, तर सरकारि सहयोग कम रहेको छ।
म्याकमिलन का अनुसार, नर्दन टेरिटोरिमा रहेका एबोरिजिन जातिका मानिसहरुमा यो समस्या निकै चर्को रहेको छ। यसै कारण, त्यस क्षेत्रमा सानो घरमा पनि निकै मानिसहरु बसेको पाईन्छ, भन्दै म्याकमिलनले – सरकारले यसमा सहयोग बढाए- यो समस्याले केहि राहत पाउने बताए।





