लगातार दोश्रो पटकको स्टिभ स्मिथ सतकका साथ् एक दिवसिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गर्न अस्ट्रेलिया सफल भएको छ।
भारत विरुद्ध सिड्नी क्रिकेट मैदानमा भएको दोश्रो एक दिवसिय म्याचमा पनि स्मिथले, ६२ बलमै १०४ रन बनाउन सफल भएका थिए।
र लगातार दोश्रो पटक पनि सतक पार गर्न सफल भएका स्मिथले, अस्ट्रेलियालाई २ - ० को लीडका साथ् उक्त सिरिजमा भारतको हार सुनिश्चित गराउन महत्वपूर्ण भूमिका निभाएका छन्।
आइतबारको दोश्रो एक दिवसिय खेलमा टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले चार विकेट गुमाउँदै कुल ३८९ रन बनाएको थियो। एक दिवसिय म्याच अन्तर्गत एससीजी मा अस्ट्रेलियाले बनाएको यो अहिले सम्मकै सबै भन्दा धेरै रन हो।
त्यसको जवाफमा भारतले नौ विकेट गुमाउदै ३३८ रन मात्र बनाउन सफल भएका थिए।
यसबारे थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्





