नेत्रहीन क्रिकेट सङ्घ नेपालले एक दशकभन्दा अघि देखि नेत्रहीन व्यक्तिहरूलाई क्रिकेट प्रशिक्षण दिँदै आएको छ र पुरुषहरूको टोलीले त विश्वकप नै खेलिसकेको छ। नेत्रहीन महिला क्रिकेट टोलीले पनि केही समय अघि पाकिस्तान विरुद्धको शृङ्खला उसकै मैदानमा जितेर फर्किएको हो। यही सिलसिलामा नेत्रहीन क्रिकेट सङ्घ नेपालका अध्यक्ष पवन घिमिरे जो नेपाली सेनाका मेजर समेत हुन् उनीसँग हामीले कुराकानी गरेका छौँ।
हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Share




