Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"प्रणाली विरुद्ध सडकमा हुने प्रदर्शनमा जीत प्राय: भिड कै हुन्छ": युवराज घिमिरे

rabi lamichhane_nepali journalist_nepali supporters_

Rabi Lamichhane addressing his supporters after his release. Source: facebook/ Rabi Lamichhane

पत्रकार सालिकराम पुडासैनीलाईआत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेर रिहा भएको सम्बन्धमा विभिन्न किसिमका बहसहरूले स्थान पाइरहेका छन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


पत्रकार सालिकराम पुडासैनीलाईआत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेर रिहा भएको सम्बन्धमा विभिन्न किसिमका बहसहरूले स्थान पाइरहेका छन्।


रवि लामिछानेसँगै सोही अभियोगमा पत्रकार युवराज कँडेल र अस्मिता कार्की पनि पक्राउ परेका थिए।

"सिधा कुरा जनतासँग" नामक कार्यक्रमबाट लोकप्रियता कमाएका लामिछानेको पक्राउ लगत्तै सामाजिक सञ्जाल र सडकमा पनि उनको पक्ष र विपक्षमा बहस चलेका थिए ।

तीनै जनालाई चितवन जिल्ला अदालतले रिहाइ गरिसकेपछि पनि यो सम्पूर्ण घटना क्रमहरूले नेपालको सञ्चार क्षेत्रलाई एउटा नयाँ बहस भित्र प्रवेश गराएको छ।

yubaraj ghimire_nepali journalisat
Source: facebook/ Yubaraj Ghimire

वरिष्ठ पत्रकार युवराज घिमिरेसँग कुराकानी गरेका छौँ।

घिमिरेले कुराकानीका क्रममा विगत केही समयदेखि नेपालमा कुनै पनि परिवर्तनका लागी सडकमा भिड जम्मा हुनु सामान्य बन्दै गएको बताउँदै यस्ता प्रणालीको विरुद्धमा सडकमा उत्रने भिडकै नियन्त्रणमा सबै कुरा रहने पनि बताएका छन्।

कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा सडकमा जम्मा भएकाहरूका सम्बन्धमा उनले यो पूर्णतया नयाँ अभ्यास भने नभएको बताएका छन्।

rabi lamichhane_nepali journalist_nepali supporters_
Rabi Lamichhane posted in social media thanking his supporters. Source: facebook/ Rabi Lamichhane

यसै सन्दर्भमा नेपालको वर्तमान पत्रकारिता अभ्यास, सामाजिक सञ्जाल, सडकको भिड र यसको प्रभाव लगायतका विषयमा हामीले "सबै कुरा भिडले डिक्टेट गरेको छ यहाँ, अदालतलाई प्रभावित गर्ने काम रवि लामिछानेका समर्थकहरूले मात्र गरेको होइन"

उनी भन्छन्,"६३(साल) पछिको आन्दोलनमा माइतीघर मण्डलासम्म भिड जान्थ्यो र त्यहाँबाट तिनीहरू अदालतसम्म त्यही भिड लिएर जान्थे वकिलहरू पनि, त्यसले न्यायहरू प्रभावित गरेको छ।"

साथै, राजनीतिक दलहरूले पनि प्रक्रियालाई बेवास्ता गर्दै भिडकै पछि लागेर कति निर्णय गरेको उनको भनाइ रहेको छ।

युवराज घिमिरेसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now