रवि लामिछानेसँगै सोही अभियोगमा पत्रकार युवराज कँडेल र अस्मिता कार्की पनि पक्राउ परेका थिए।
"सिधा कुरा जनतासँग" नामक कार्यक्रमबाट लोकप्रियता कमाएका लामिछानेको पक्राउ लगत्तै सामाजिक सञ्जाल र सडकमा पनि उनको पक्ष र विपक्षमा बहस चलेका थिए ।
तीनै जनालाई चितवन जिल्ला अदालतले रिहाइ गरिसकेपछि पनि यो सम्पूर्ण घटना क्रमहरूले नेपालको सञ्चार क्षेत्रलाई एउटा नयाँ बहस भित्र प्रवेश गराएको छ।

वरिष्ठ पत्रकार युवराज घिमिरेसँग कुराकानी गरेका छौँ।
घिमिरेले कुराकानीका क्रममा विगत केही समयदेखि नेपालमा कुनै पनि परिवर्तनका लागी सडकमा भिड जम्मा हुनु सामान्य बन्दै गएको बताउँदै यस्ता प्रणालीको विरुद्धमा सडकमा उत्रने भिडकै नियन्त्रणमा सबै कुरा रहने पनि बताएका छन्।
कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा सडकमा जम्मा भएकाहरूका सम्बन्धमा उनले यो पूर्णतया नयाँ अभ्यास भने नभएको बताएका छन्।

यसै सन्दर्भमा नेपालको वर्तमान पत्रकारिता अभ्यास, सामाजिक सञ्जाल, सडकको भिड र यसको प्रभाव लगायतका विषयमा हामीले "सबै कुरा भिडले डिक्टेट गरेको छ यहाँ, अदालतलाई प्रभावित गर्ने काम रवि लामिछानेका समर्थकहरूले मात्र गरेको होइन"
उनी भन्छन्,"६३(साल) पछिको आन्दोलनमा माइतीघर मण्डलासम्म भिड जान्थ्यो र त्यहाँबाट तिनीहरू अदालतसम्म त्यही भिड लिएर जान्थे वकिलहरू पनि, त्यसले न्यायहरू प्रभावित गरेको छ।"
साथै, राजनीतिक दलहरूले पनि प्रक्रियालाई बेवास्ता गर्दै भिडकै पछि लागेर कति निर्णय गरेको उनको भनाइ रहेको छ।
युवराज घिमिरेसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।



