डेभ शर्मा: के टर्नबुलले रोजेका उम्मेदवारले वेन्टवर्थमा लिबरल सीट जोगाउन सक्लान?

Prime Minister Scott Morrison and Liberal Party's new candidate for Wentworth Dave Sharma.

Prime Minister Scott Morrison and Liberal Party's new candidate for Wentworth Dave Sharma. Source: AAP

आगामी अक्टोबर २० तारिक सिड्नी सीट वेन्टवर्थमा उप-निर्वाचन हुन लाग्दा केही दिन अगाडी लिबरल पार्टीद्वारा इजरेलका लागि पूर्व अस्ट्रेलियाली राजदूत देवानन्द "डेभ" शर्मालाई उम्मेदवारको रूपमा छनौट गरिएको छ। तर स्वतन्त्र उम्मेदवारको रूपमा केरीन फेल्पस र लेबर पार्टीद्वारा म्यान्डरिन भाषा बोल्न सक्ने टीम मरीलाई उम्मेदवार बनाइए पछि शर्माले लिबरल पार्टीको लागि उक्त सीट कायम राख्न सफल होलान त?


पछिल्लो समयमा लिबरल पार्टी भित्र महिला सहभागिताको बिषय उठिरहेको समयमा महिलालाई नै उम्मेद्वारी दिनु पर्ने दवाबका बीच पनि शर्माले वेन्टवोर्थ उप- निर्वाचनका लागि लिबरल पार्टीको प्रतिनिधित्व गर्न लागेका हुन्।

गत महिना लिबरल पार्टी नेता र प्रधानमन्त्री पद बाट हटाइए पछि संघीय संसदबाटै पनि टर्नबुलले राजिनामा दिए पछि खाली भएको उक्त सीटका लागि भएको प्रारम्भिक चुनावमा अन्य सात उम्मेदवारका दावेदारहरुलाई पछि पार्दै शर्माले उप-निर्वाचनका लागि आफ्नो उम्मेदवारी पक्का गरेका हुन् ।

तर पनि शर्माका अगाडी वेन्टवर्थ सिट लिबरलकै बनाउन निकै कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ने देखिन्छ। 

म्याल्कल्म टर्नबुलले उक्त निर्वाचन क्षेत्रको प्राथमिक चरणको मतदानमा ६० प्रतिशत भन्दा बढी मत पाएका थिए, तर पछिल्लो जनमतलाई हेर्दा लिबरल पार्टीलाई प्रतिकूल असर पर्ने गरि मत परिणाम उल्टीन सक्ने देखिन्छ।

शर्मा भन्छन, उनी लड्नको लागि तयार छन्।

केही दिन अगाडी मात्र लिबरल पार्टीका निकै सम्भावना बोकेका उम्मेदवार एन्ड्रू ब्र्यागले संघिय संसदभित्र उक्त सीटमा पार्टीले महिला उम्मेदवारलाई मौका दिनुपर्ने भन्दै दवाब आएपछि आफु चुनाव नलड्ने बताएका थिए। उनले आफ्नो उक्त निर्णयले महिलाहरुका लागि मार्ग प्रसस्त गर्ला भन्ने सोचेको बताए।

प्रधानमन्त्री स्कट मोरिशनले पनि महिला उम्मेदवार नै हुनु पर्ने भन्दै क्याथरिन ओरीगनको नाम अगाडी सारेका थिए। तर प्रारम्भिक मतदानमा ओरीगनले १० प्रतिशत भन्दा कम मत पाएको बताइएको छ।

मोरिशनले आफ्नो पहिलो रोजाइ अरु नै भएता पनि डेभिड शर्मालाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन्। उक्त प्रतिष्पर्धाबाट बाहिरिन शर्मालाई पनि निकै दवाब आएको धेरैको बुझाई छ। तर टर्नबुलले न्यु योर्कबाट शर्मालाई सम्पर्क गरेर उक्त दौडमा सहभागी हुन आग्रह गरेको बताइएको छ। पुर्व प्रधानमन्त्रीले ट्विट् गरेर शर्मालाई बधाई दिएका छन्।

Kerryn Phelps announces her candidacy for the federal seat of Wentworth.
Kerryn Phelps announces her candidacy for the federal seat of Wentworth. Source: AAP

समलिंगी विवाहको वकालतमा संलग्न सिड्नी शहर कि काउन्सिलर केरीन फेल्पसले पनि स्वतन्त्र उम्मेदवारको रूपमा वेन्टवर्थमा उठ्ने पुष्टि गरेकी छिन्।

संघीय लेबर पार्टीले वर्तमान संसदमा सरकारको बहुमत अन्त्य गर्ने योजनाका साथ् टमारामा सर्फ लाइफसेभिङ्गका अध्यक्ष टिम मर्रेलाई उठाउने निर्णय गरेको छ।

एन्ड्रू ब्र्यागद्वारा संचालित मत संकलनले २० अक्टोबरको उप-निर्वाचनमा पुरुष भन्दा महिला उम्मेदवारले जित्ने सम्भावना रहेको देखाएको थियो।

लिबरल सांसद जुलिया ब्यांक्सले संसदलाई सम्बोधन गर्ने क्रममा लैंगिक आरक्षणको व्यवस्थाले पार्टी भित्रको संस्कारमा सुधार आउनुका साथै संसदमा पनि समान प्रतिनिधित्व हुने बताएकी थिइन।

त्यस पश्चात लिबरल पार्टी भित्र महिला आरक्षणको बिषय जोड तोडका साथ् उठिरहँदा शर्माको उम्मेदवारी आएको छ। तर अर्थ मन्त्रि मथियास कोर्मनले स्काई न्युजसंग कुरा गर्दै पार्टी भित्र महिला सम्बन्धि कुनै समस्या नरहेको बताएका छन्। 

महिलाहरुको नेतृत्व तहमा पहुँच पुर्याउन सहयोग गर्ने संस्था 'वुमन अन बोर्ड' कि प्रमुख निर्देशक क्लेर ब्रौन्ड भन्छिन देवानन्द शर्मा चुनिनु अचम्मको कुरा नभए पनि पुर्व छनौटमा महिलाहरुको उपस्थिति प्रशंसनीय छ।

स्कट मोरिशनले आफुले पनि संसदमा महिलाहरुको प्रतिनिधित्वका लागि प्रोत्साहित गर्न चाहेको तर आरक्षण नै सम्पूर्ण समस्याको समाधान नभएको बताएका छन्। तर ब्रौन्ड भन्छिन कुरामात्र गर्ने समय सकिएको छ। चाहेरमात्र केहि नहुने बरु त्यस्तो होस् भन्नको लागि बोल्ने भन्दा पनि काम गर्नतर्फ ध्यान दिनु पर्ने उनको भनाइ रहेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now