अनगिन्ती अभियानहरूका माझ यस वर्षको जुन महिनासम्म अस्ट्रेलियाली सडकहरूमा सवारी साधन दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या ६३५ पुगेको छ र यो सन् २०१८ को तुलनामा १४ प्रतिशतको वृद्धि हो।
अस्ट्रेलियाका सडकहरूमा सन् २०१८ मा ११३७ जनाको सवारीसाधन दुर्घटनामा परि मृत्यु भएको थियो।
सरकारी तथ्याङ्कका अनुसार उक्त सङ्ख्यामा ५७२ जना सवारी चालक देखि ४४ जना साइकल चालकहरू सम्म रहेका छन्।
रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
गए वर्षको तुलनामा यस वर्ष सडक दुर्घटनामा आफ्नो ज्यान गुमाउनेहरूको सङ्ख्या झन्डै १४ प्रतिशतले बढेको छ।
अधिकारीहरूका अनुसार गए जुन महिना सम्म यो वर्ष ६३५ जनाले आफ्नो ज्यान गुमाएका थिए।
हाल सडक सुरक्षाका लागि अनगिन्ती प्रचार अभियान सञ्चालन हुने गरेता पनि सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्यालाई घटाउने लक्ष्यहरू चाहिँ पूरा नभई रहेको चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।





