SKIP TO MAIN CONTENT

रक्षा सम्बन्धी पछाडि परेका परियोजनालाई तदारुकताका साथ सरकारले अगाडि बढाउने

South China Sea Dispute
Credit: Royal Australian Navy

रक्षा सम्बन्धी पछाडि परेका अर्बौँ डलरका विभिन्न परियोजनालाई अगाडी बढाउन सरकारले तदारुकता देखाएको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

रक्षा सम्बन्धी पछाडि परेका अर्बौँ डलरका विभिन्न परियोजनालाई अगाडी बढाउन सरकारले तदारुकता देखाएको छ।


सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलले उत्साहित हुदै, हन्टर क्लास नाभल फ्रिगेक्ट्स अर्थात् सैनिक पानी जहाज साउथ अस्ट्रेलियामा निर्माण गर्ने घोषणा गरेका थिए।

“अस्ट्रेलियाली सुरक्षाका लागि यो एक ठुलो दिन हो,” तत्कालीन समयमा निकै उत्साहित हुदै उनले भनेका थिए।

तर चार वर्ष बितिसक्यो, उक्त सैनिक पानी जहाजले सेवा दिन अझै दसकौँ लाग्ने पो हो कि भन्ने देखिन्छ।

यो र यस्तै विभिन्न परियोजनाहरु आफ्नो टाउको दुखाईको विषय बनिरहेको उपप्रधानमन्त्री रिर्चड मार्ल्सले बताएका छन्।

“हामी सरकारमा आएपछि सेनाका लागि खरिद सम्बन्धी भएका यस्ता थुप्रै गडबडीलाई भोगिरहेका छौ,” उनले भने।

करिब ६९ अर्ब डलरका यस्ता २८ वटा कार्यक्रमहरू अहिले लगभग शताब्दी पछाडि धकेलिएका छन्।

दि हन्टर क्लास फ्रिगेट्सको लागत अहिले ४४ अर्ब पुगेको छ।

Australian warships
Australian warships Source: AAP

परियोजना निर्माण हुन चार वर्ष ढिलाइ हुँदा करिब १५ अर्ब अतिरिक्त लागत थपिएको छ।

यसै गरी १.४ अर्ब अस्ट्रेलियन डलर बराबरको सी–२७जे स्पार्टन व्याटलफिल्ड एयर लिफ्टर भनिने सैनिक विमानमा पनि ढिलाइ भयो र अहिलेसम्म युद्ध मैदानमा उड्न सकेको छैन।

यसै गरी ३.७ अर्ब डलरको अपतटिय गस्तीका लागि प्रयोग हुने पानी जहाजको निर्माण पनि तोकिएको समयभन्दा निकै पर पुगी सक्यो।

रक्षा एवम् उद्योग मन्त्री पाट कोनरे अगाडीको समय निकै मुस्किल रहेको बताउँछन्।

“समय ढल्किसकेपछि यसको मिलान गर्न निकै गार्‍हो हुन्छ, अझै बढी समय बर्बाद नहोस् भन्नका लागि उद्योग र रक्षा विभागसँग मिलेर सुर्धानका लागि कोसिस हुनेछ,” मन्त्री कोनरेले बताए।

तर यी मन्त्रीहरू विभागलाई नभई यसको दोष गठबन्धन माथी थोपारिरहेका छन्।

“विभिन्न घोषणा र प्रेस विज्ञप्ति निकाल्नका लागि मात्रै व्यस्त पूर्व सरकार परियोजनाहरूको व्यवस्थापनमा चाहिँ इतिहासमै खराब रह्यो,” मन्त्री मार्ल्सले भने।

तर विपक्षी नेता पिटर डट्टन भने यसलाई अस्वीकार गर्छन्।

“यो हास्यास्पद छ, हामीले लेबर सरकारले कहिल्यै नराखेको बजेट रक्षाका लागि राखेका छौ,” उनले भने।

तर सरकारले यी परियोजनाहरू स्थगन गर्ने साटो सही व्यवस्थापन गरी चाँडो अगाडी बढाउनका लागि रक्षा भित्र नयाँ कार्यालय स्थापन गर्ने भएको छ।

“रक्षामा खर्च भएका रकमको उचित जवाफ दिनु पर्छ, त्यसैले हामी यहाँ छौ,” मार्ल्सले भने।

यता अस्ट्रेलिया नेशनल विश्वविद्यालयका रक्षा सम्बन्धी विज्ञ जोन ब्ल्याक्सल्यान्ड भने अहिले अस्ट्रेलियाली सेनाले कमजोरीहरूको सामना गरिरहेकाले, भविष्यका योजनाहरूका बारेमा शङ्का व्यक्त गर्छन्।

“हामी त रोल्स रोयस जस्तो महँगो समाधानको बाटोमा गइरहेका छौ, कति पर्छ वा कति समय लाग्छ भन्ने कुरामा हामीलाई वास्ता छैन, यस्ता दिन अब गए नि” उनले भने।

यसमा अकस अन्तर्गतको आणविक पनडुब्बीको लागत भने जोडिएको छैन, उक्त परियोजना र यसको संरचनाका बारेमा अर्को वर्ष मात्र सार्वजनिक गरिने बताइएको छ।

अस्ट्रेलिया परिपरीका क्षेत्रमा चलखेल र जोखिमका बढ्दो अवस्था रहँदा, अस्ट्रेलियाली सेनाको समीक्षा हुनु जरुरी रहेको मागहरुका बीच जोन ब्ल्याक्सल्यान्ड सेनाका कमजोरीमा ध्यान दिन सल्लाह दिन्छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now