SKIP TO MAIN CONTENT

कोभिड–१९ सङ्क्रमण बढेता पनि सिड्नीको आतिसबाजीको कार्यक्रम यथावतै रहने

The midnight fireworks light up Sydney Harbour and the Sydney Harbour Bridge during New Year’s Eve celebrations
Sydney Harbour Bridge Source: AAP Image/Mick Tsikas

विश्वभर नै नयाँ बर्षको साँझ मनाउने कार्यक्रमहरू रद्द हुँदै गर्दा सिड्नीको प्रख्यात आतिसबाजीका लागी सिड्नीमा प्राबिधिकहरू तयारीमा जुटेका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

विश्वभर नै नयाँ बर्षको साँझ मनाउने कार्यक्रमहरू रद्द हुँदै गर्दा सिड्नीको प्रख्यात आतिसबाजीका लागी सिड्नीमा प्राबिधिकहरू तयारीमा जुटेका छन्।


न्यु साउथ वेल्समा कोभिड-१९ मामिलाहरू अत्याधिक बढिरहेको समयमा पनि यसरी हरेक बर्ष गरिने यो महोत्सवलाई निरन्तरता दिइने भएको छ।

विश्वभर नै ओमिक्रन भेरीएन्टका कारण कोभिड-१९ का मामिलाहरूको संख्या आकासिदा नयाँ बर्षको साँझ अर्थात न्यु इयर इभ मनाउने कार्यक्रमहरू रद्द गरिएको छ, तर सिड्नीमा भने प्रख्यात आतिसबाजी हेर्नका लागी हार्बर ब्रिज, ओपेरा हाउस क्षेत्रमा ठुलै भिड जम्मा हुने अनुमान गरिएको छ।

सिड्नीमा संक्रमण संख्या गत हप्ता भन्दा दोब्बर बढी रहँदा, आतिसबाजीका लागी अन्तिम तयारी गर्न प्राबिधिकहरू जुटिरहेका छन्।

पारिवारिक व्यवसाय फोटि इन्टरनेशनल फाएरवोर्क्सका ५० जनाको संख्यामा रहेको एक टोलिले छ टनको आतिसबाजीका सामाग्रीहरू दुई पटक गरिने प्रदर्शनमा प्रयोग गर्दै छन्, राती ९ बजे र अर्को मध्यरातमा।

Naca Feature, Coronavirus, COVID-19, New Year's Eve, Omicron Variant,
Fireworks Director Fortunato Foti holds a firework at a media event previewing preparations for the New Year's Eve fireworks display, Sydney. Source: AAP

कम्पनीका मालिक फर्टुनाटो फोटी भन्छन यससंगै उनीहरूले सिड्नी हार्बरमा आतिसबाजी प्रदर्शन गर्न थालेको २५ बर्ष पुग्ने छ।

उक्त कार्यक्रमको सुरुवातमा परम्परागत मालिकहरूको सम्मानमा पबित्र धुँवा उडाउने कार्यक्रम रहने छ भने त्यसपछि देशमा स्वागत गर्ने प्रदर्शनीहरू, संगीत र प्रस्तुतिहरूले भरिनेछ अनि मध्यरातको आतिसबाजी त छदैं छ।

आरिया अवार्ड बिजेता इलेक्ट्रोनिक संगीतका जोडी, द प्रिसेट्स द्वारा निर्मित धुनले मध्यरातको आतिसबाजीलाई सजाउने छ।

तर यस बर्षको महोत्सव पहिलेको भन्दा केहि फरक भने हुनेछ।

उक्त महोत्सब हेर्न मिल्ने ३१ वटा स्थानहरूमा टिकटको व्यवस्था गरिएको छ र त्यसका लागी पहिले नै बुक पनि गर्नु पर्नेछ। यस अर्थमा पहिले नै स्थान सुरक्षित नगरी त्यहि रात उपस्थित भएर दर्शकहरूले यो महत्सव हेर्न पाउने छैनन्।

सिटि अफ सिड्नीका प्रमुख कार्यक्रमहरूका कार्यकारी निर्माता स्टेफन गिल्बी भन्छन यी मापदण्डहरू मानिसहरूलाई सुरक्षित राख्नका लागी अख्तियार गरिएको हो।

"निसन्देह, नयाँ वर्षको पूर्वसन्ध्या मनन गर्ने एक मात्र समय हो। यस वर्ष, सिड्नीको नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले दुई अत्यन्तै कठिन वर्ष पार गर्न खोजेको उत्सव आएको छ, तर सबैलाई सुरक्षित राख्न यस वर्ष हाम्रो उत्सव केहि फरक हुनेछ," उनले भने।

सो कार्यक्रममा उपस्थित हुनेहरूलाई पूर्ण मात्राको खोप लगाउन प्रोत्साहित गरिने र सामाजिक दुरी कायम गर्न नसकिने अवस्थामा मास्क लगाउन भनिएको छ।

Australians Celebrate New Year's Eve 2019
I fuochi d'artiificio del 2019, tanta gente per le strade di Sydney. Un'immagine che quest'anno non vedremo. Source: Getty Images / Hanna Lassen

न्यु साउथ वेल्सका प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले कोभिड-१९ संक्रमण बढिरहेको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेकी छन्।

राज्यका प्रिमियर डोमिनिक पेरोटेले डिसेम्बरको सुरुवात देखि प्रतिबन्धहरू खुकुलो पार्ने आफ्नो निर्णयमा अडिग रहेको बताएका छन्।

उनि भन्छन अस्ट्रेलिया अब भाइरस संगै जीवन जिउन थालिसकेको छ।

"मानिसहरु अब बाहिर आएका छन्, खोप लगाएका छन्, अब हामी खोल्ने चरणमा छौ, अबको समस्या फरक हुने," उनले भने।

"म धेरै बिस्वस्त छु, खोप दरको आधारमा आज न्यु साउथ वेल्स जहाँ छ, सबैको प्रयासमा आधारित छ, हामी महामारीबाट निस्कन नेतृत्व गरिरहेका छौ।"

तर संक्रामक रोग सम्बन्धि विज्ञ रोबर्ट बोय आफू त्यस्तो संक्रमण फैलाउने कार्यक्रममा सहभागी नहुने र मानिसहरूले पनि स्वबिबेक प्रयोग गर्ने आशा ब्यक्त गर्छन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now