१६ औं अनशन सुरु गर्ने डाक्टर केसीको चेतावनी र दुई कथित बाल अपहरणकारीको "इन्काउन्टरमा" मृत्यु - गत ७ दिने नेपालमा

Dr Govinda KC meeting Nepal's Prime Minister KP Sharma Oli over his demands to reform medical education sector in the country on 11 August 2018.

Dr Govinda KC meeting Nepal's Prime Minister KP Sharma Oli over his demands to reform medical education sector in the country on 11 August 2018. Source: RSS

नेपालको स्वास्थ्य शिक्षाको सुधारका आफ्ना माग सम्बोधन नभए पुनः आमरण अनशन सुरु गर्ने भन्दै डाक्टर गोविन्द केसीले प्रधान मन्त्री केपी शर्मा ओलीलाई दिए चेतावनी र अपहरित ११ वर्षीय बालकको हत्या गरेको आरोप लागेका दुइ कथित अपहरणकारीको प्रहरी "इन्काउन्टरमा" मृत्यु। गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।


१६ औं अनशन बस्न नपरोस् ः डा. केसी

प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रधानमन्त्री ओली र डा. केसीबीच वार्ता भएको थियो ।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नौं बुँदे मागहरुलाई सम्बोधन गर्ने प्रतिक्रिया दिएको जानकारी डा. केसीले गराएका थिए ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न नौं बुँदे माग राख्दै उनी गत असार १६ बाट जुम्लामा १५ औं अनशन सुरु गरेका थिए ।

काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज स्थापना गर्न स्वीकृति नदिने लगायत नौ बुँदे सहमति भएपछि उनले गत साउन ९ मा अनशन तोडेका थिए।

Dr Govinda KC meeting Nepal's Prime Minister KP Sharma Oli over his demands to reform medical education sector in the country on 11 August 2018.
Dr Govinda KC meeting Nepal's Prime Minister KP Sharma Oli over his demands to reform medical education sector in the country on 11 August 2018. Source: RSS

...

अब पासपोर्ट ६ प्रकारका

नेपाल सरकारले ६ प्रकारका पासपोर्टहरु जारी गर्ने भएको छ । यसै साता संसदमा पेस गरिएको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको थियो ।

सरकारले हाल कूटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट र कालो) गरी चार प्रकारका राहदानी जारी गरेका छ।

विधेयकमा दुई प्रकारका सर्भिस पासपोर्टसिम्यान्स पासपोर्टथपिएका छन् । कूटनीतिक कर्मचारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट र पानीजहाजमा काम गर्नेहरूका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टका रूपमा लग बुक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

...

गणेश लामालाई एक वर्ष कैद

स्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतले गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामालाई एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रुपमा आर्जन गरेको भन्दै कैद र उक्त रकम जफत गर्ने सँजाय सुनाएको थियो ।

सम्पत्ति शुद्धिकरण विभागले ५ वर्षअघि लामा र उनका परिवारका पाँच सदस्यविरुद्ध २७ करोडको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनका परिवारका अन्य सदस्यलाई भने अदालतले सफाइ दिएको थियो।

...

कलाकार मिश्रको निधन

चित्रकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार हृदयाघातका कारण निधन भएको छ । काठमाडौंको महांकालस्थित निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको थियो ।

उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्केका थिएनन् ।

उनको आत्मकथा हर्मिताजः अढाइ दशक गुफामादुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका बुबा हुन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Nepali artist and author Manujbabu Mishra passed away at the age of 83.
Nepali artist and author Manujbabu Mishra passed away at the age of 83. Source: Supplied

...

अपहरित बालकको हत्या गर्ने दुई अपहरणकारी इन्काउन्टरमा मारिए

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको हत्या गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेरा नजिकबाट अपहरणमा परेका बालकको शव भक्तपुरको मध्यपुर थिमीस्थित निर्माणाधीन घरको कम्पाउन्डमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो ।

त्यस्तै अपहरणकारीहरु खोजी गर्ने क्रममा सूर्यविनायक मन्दिरको जंगलमा भएको इन्काउन्टरमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङको मृत्यु भएको प्रहरीले जनाएको थियो ।

सिन्धुपाल्चोकको ज्यामिरे घर भई काँडाघारीस्थित टाउन प्लानिङमा बालक खड्का आमाको साथमा बस्थे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेका थिए। त्यस्तै अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

Alleged child kidnapper killed in Bhaktapur during a "police encounter".
Alleged child kidnapper killed in Bhaktapur during a "police encounter". Source: RSS

..

सीपीएलमा सन्दीपको डेब्यु

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा डेब्यु गरेका छन् । शुक्रबार सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएलमा डेब्यु गरेका उनले पहिलो बलमा विकेट लिएका थिए ।

पहिलो खेलमा सन्दिपको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले गुयाना एमेजन वारियर्ससँग ६ विकेटको पराजय भएको थियो । सेन्ट किट्सले निर्धािरत २० ओभरमा ५ विकेट गुमाई १ सय ४६ रन बनाएको थियो ।

सेन्ट किट्सले १० ओभर बलिङ गर्दा आफ्नो ४ ओभर पूरा गरेका सन्दीपले १२ रनमात्र खर्चेर २ विकेट लिँदै बलिङ गरेका थिए ।

यसअघि दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग खेलिसकेका उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ६ महिनाअघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।

...


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now