विवेकशील साझा पाटीकी नेतृ रञ्जु दर्शना डा. गोविन्द केसीको मागहरु सम्बोधन गराउन आयोजित विभिन्न आन्दोलनमा सक्रिय भएर देखिएकी छन्। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धीको गरेकी उनी, हाल नेशनल कलेजमा स्नातक तहमा अध्ययरत छिन्।यसै विषयमा केन्द्रित रहेर उनीसँग एसबिएस नेपालीले गरेको कुराकानी ।
रञ्जु दर्शनासँग को हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) रञ्जु दर्शनाका लागि १५ औं पटक अनशनरत डा. गोविन्द केसीका मागहरु किन जाहेज छन् ? सरकारले उनकामाग सम्बोधन गर्न किन ढिलाई गरिरहेको होला?
अधिकांश मागहरु मध्यम र निम्नवर्गीय आम जनताका हितमा छन् । उहाँले उठाउनु भएको धेरै माग प्राविधिक भएकाले अधिकांशले बुझ्न सक्नुभएको छैन् ।
सात बुदें मागहरु नेपाली जनताको लागि भएकाले जाहेज छन् । उहाँले पटक पटक अनशन बसिरहँदा जुस पिउनदिएर माग पुरा गर्ने सम्झौता गरेपनि सरकारले कार्यान्वयनमा ल्याउन नसक्दा गाह्रो भएको हो ।
पछिल्लो समय अध्यादेशका मुख्यबुँदाहरु संसादमा विधेयक प्रतिस्थापन गर्दा हटाइयो । विज्ञहरुको टोलीमार्फत छलफल गराएर संशोधन गरेर त्यहीअनुसार अघि बढ्नुपर्ने अवस्थामा सरकारले एकोहोरो शैली देखाउँदा यो समस्या बल्झिएको हो।
२) नेपालमा हुने अधिकांश भ्रष्टाचार र आपराधिक गतिविधिविरुद्ध विवेकशील साझाले सक्रियता देखाउनुको कारण के हो ?
ठुला राजनैतिक दलका भातृ संगठन र युनियनहरु सक्रिय भएकाले आफ्ना कार्यकताहरुको बचाउन लाग्दा भ्रष्टाचार लगायतका घटनाहरु नेपालमा मौलाएका छन्।
विवेकशील साझाको भातृ संगठन, युनियन र गुठ उपगुठहरु नभएकाले हामी स्पष्ट छौं । त्यसैले हामी निडर भएर अघि बढ्न सकेका छौं ।
३) स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा प्रतिस्पर्धा गर्नुभएको तपाईले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई अहिलेको अस्तव्यस्त र दुर्षित काठमाडौंलाई कसरी व्यवस्थित बनाउन सुझाव दिनुहुन्छ ?
उहाँले मेयर पदमा विजयी हुन भएपछि ‘सय दिन–एक सय एक दिन’ भन्ने अवधारणसहित आउनु भएको थियो । यही ‘सय दिन–एक सय एक’ले सबै कामहरु बिगार्दै गएको हो। सय दिनमा काम नभएको देखेपछि मानिसहरु निराश हुन थाले। उहाँले प्रतिवद्धता गर्नुभएको कामहरु बिस्तारै रोकिदैं गएको जस्तो महशुस गरेको छु ।
रानीपोखरी पुर्न निर्माणदेखि फोहोर व्यवस्थापनलगायत कामहरु बिग्रदै गएको छ । मैले सहयोग गर्ने प्रयास गरेपनि उहाँले कुनै प्रकारको प्रतिक्रिया दिनुभएको छैन् । विवादित रानीपोखरीको लागि विज्ञ र सल्लाहकार समूह बनाउनु भयो। म उक्त समूहमा छु। अहिले रानीपोखरीको पुर्न निर्माण नेपाल आर्मीले गर्न लाग्यो भन्ने हल्ला व्यापक छ ।
त्यस्तै फोहोर व्यवस्थापनको लागि एउटा स्थान तोक्नुभन्दा फोहोरको प्रकृति छुट्याउन सके अझ सजिलो हुन्थ्यो । उहाँमा रिसको मात्रा धेरै भयो, जसले गर्दा उहाँको भूमिकाचाँहि खासै देखिन सकेको छैन् ।
४) स्थानीय तहको निर्वाचनपछि रञ्जु दर्शनाको राजनैतिक गतिविधि शून्य भयो भनिन्छ । यो कुरा सत्य हो कि अध्ययनमा व्यस्त भएर हो ?
राजनीतिबाट कहिल्यैपनि सुस्ताएको थिइन् । स्थानीय तहको निर्वाचनपछि नाम र कामले अझ बढी चर्चा पाए । त्यसपछि काठमाडौं बाहिरका अधिकांश जिल्लाहरुमा पुगेर विभिन्न खालका कामहरुमा युवाहरुसँग हातेमालो गर्ने अवसर पाइरहेको छु ।
त्यसबाहेक पाटीको प्रसारमा व्यस्त भएको छु । पाटीको ३२ वटा वडामा वडा–कमिटी गठन गर्न लागि परेका छौं ।

५) नेपालमा युवा नेतृहरुको संख्या तुलनात्मक रुपका सबै पाटीमा कम हुनुको कारण के जस्तो लाग्छ ?तपाई आफैले चाँहि अन्य नेतृहरुलाई कत्तिको प्रोत्साहन गर्ने गर्नुभएको छ ?
विभिन्न पाटीमा लाग्न नेतृहरुलाई स–साना भूमिकाबाट प्रोत्साहित गरिरहेको छु । सामाजिक संञ्जालमा आएका विभिन्न कार्यक्रर्यहरुको फोटोहरुमा महिला सहभागि देखिन भने तत्काल आयोजकलाई ‘कोही महिला भेटाउनु भएन ?’भनेर प्रश्न गरिहाल्छु । त्यसपछि आयोजकहरुले महिला सहभागितामा जोड दिएका छन् ।
मैले नेतृत्व गरिरहेको गतिविधिहरुमा महिलाहरुलाई सहभागि गराउन लागि रहेको हुन्छु । विस्तारै सम्पूर्ण जिम्मेवारी उहाँहरुलाई दिएर प्रोत्साहित गरिरहेको हुन्छु । त्यसबाहेक मैल भेटेका महिला नेतृहरुसँग सहकार्य गर्न फोन नम्बरहरु लिने गरेको छु ।
६)महिला हिंसाका विभिन्न खालका समाचारहरु दिनँहूजस्तो आइरहेको छ । यस विरुद्ध तपाई जस्तो युवा नेतृ कतिको सचेत हुनुहुन्छ ?
जब महिला हिंसाका कुरा आउँछन्, नेतृहरु अगाडी आएर बोल्नुस् । किनभने तपाईहरु प्रतिनिधि पात्र हो भनिन्छ मलाई सही लाग्छ । हामीलाई प्रोत्साहन गर्न पुरुषहरुले पनि बोलिदिनु हुन्छ भने अझ राम्रो हुन्छ ।
महिला हिंसाविरुद्ध हामीले धेरै अगाडीदेखि लड्दै आएका हौं । मौन सडक नाटकदेखि महिला हिंसाको मुद्धामाथि सम्बन्धित अधिकारकर्मीहरुमार्फत समाधान गर्न पुलको काम गरिरहेका छौं । अझ विवेकशील साझाले महिला हिंसाविरुद्ध महिलाहरुका लागि आच्म सुरक्षासम्बन्धी प्रशिक्षण र पुरुषहरुको लागि रिस र क्रोध नियन्त्रण गर्न योग प्रशिक्षण गर्ने तयारी भइरहेको छ ।
मेरो व्यस्तताका कारण दुवै प्रशिक्षण शिविरहरु सुरु हुन सकेका छैनन् ।
७) डा. गोविन्द केसीको अनसनरत रहनु हुँदा एक्कासी बंगलादेशमा अध्ययरत नेपाली छात्राहरुलाई निराश तुल्याउने दुर्गा प्रसाँई र कानुनमन्त्री शेरबहादुर तामाङका अभिव्यक्तिबारे कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
दुर्गा प्रसाँई र कानुनमन्त्री शेरबहादुर तामाङका अभिव्यक्तिहरु एकै पटक सामाजिक सञ्जालमा भाइरल भएका थिए । यसविरुद्ध कोहीपनि चुप बस्नु हुन्नथ्यो । सरकारले यो गलत भयो भनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले नैतिकताको कारण देखाउँदै पदबाट राजिनामा दिनुभएको थियो ।
यो सकारात्मक पक्ष हो । यदि बंगलादेशमा अध्ययरत नेपाली छात्राहरुको विषयमा उठेका कुरा साँच्चिकै हो भने, त्यसबारे सरकारले अनुसन्धान गर्नुपर्छ । यसअघि कृषिमन्त्रीको पनि भिडियो भाइरल भएर राजिनामा दिनुपरेको थियो ।
८) राजनीतिबाहेक तपाईको रुचि केमा धेरै छन् ?तपाई समाजको कुन पक्षले सबैभन्दा बढी चिन्तित बनाउने गरेको छ ?
मलाई फिक्सनसम्बन्धी पुस्तक र कविताहरु लेख्न र पढ्न मनपर्छ । मलाई शैक्षिक प्रणालीले अहिले धेरै चिन्तित बनाउँछ । विभिन्न विश्वविद्यालयबाट निस्किएका विद्यार्थीहरुको शैक्षिण गुणस्तरले देशको भविष्य निर्धारण गर्छ ।
विभिन्न विश्वविद्यालयबाट निस्किएका विद्यार्थीहरुको शैक्षिण गुणस्तरले देशको भविष्य निर्धारण गर्छ । सुशासन र महिला हिंसाका विषयले पनि पीडा दिइरहेको हुन्छ ।





